समाचार

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

पाँचथर, १३ जेठ । दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल… पुरा पढौ

पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले भने-मतदाता प्रभाव पर्ने गरी बजेट नल्याउनू

काठमाडौं, १३ जेठ । कामचलाउ सरकारले मतदाता प्रभाव पार्नेगरी बजेटमा नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले ठहर गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले यस्तो बताएका हुन्। संयुक्त विज्ञप्तिमा पूर्वप्रमुख आयुक्तले ‘मतदाता प्रभावित बजेट’ नल्याउन सरकारलाई सुझाव दिएका छन्। कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभा निर्वाचन गराउने भूमिकामा रहेको कामचलाउ सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्यउनु नहुनेमा उनीहरुको जोड छ। त्यस्तो बजेट आएमा समान प्रतिस्पर्धा, स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित हुनसक्ने भन्दै उनीहरुले… पुरा पढौ

तीन दिनको मौसम पूर्वानुमान : ‘यास’ चक्रवातको असर शनिबारसम्म रहने

काठमाडौं, १३ जेठ। नेपालमा ‘यास’ चक्रवातको असर शनिबार बेलुकीदेखि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन्। बंगालको खाडीमा बनेको चक्रवात यासको प्रभावले देशभर कै मौसम बदली भई धेरै ठाउँमा पानी पारिरहेको छ। यो क्रम शनिबार बेलुकीसम्म नै रहने मौसमविद् मन्जु बासीको अनुमान छ। ‘शनिबार बेलुकीदेखि यो प्रणाली कमजोर हुने देखिएको छ’, उनले भनिन्, ‘त्यसअघि बिहीबार, शुक्रबार र शनिबार देशभर कै मौसम बदली भई केही ठाउँमा भारी वर्षा हुने र तराईमा हावाहुरी चल्ने देखिएको छ।’ बंगालको खाडीमा रहेको ‘यास’ चक्रवातको आंशिक प्रभाव… पुरा पढौ

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

गलेश्वर, १३ जेठ । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो । काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख… पुरा पढौ

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा

दाङ, १३ जेठ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं. ३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेल चढेको गाडी बुधबार साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो । गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी थिए । गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल… पुरा पढौ

चीनले नेपाललाई १० लाख डोज खोप उपलव्ध गराउने

काठमाडौं, १२ जेठ । छिमेकी देश चीनले नेपालको कोरोना भाइरस विरुद्धको रोकथाम तथा नियन्त्रणको अभियानमा सघाउन १० लाख डोज खोप अनुदान दिने भएकाे छ । खोपका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपलव्धताका लागि चिनिया समकक्षि राष्ट्रपति सी जीनपिङसंग टेलिफाेनमा कुराकानी गरेपछि राष्ट्रपति सी ले नेपालको लागि १० लाख डोज खोप उपलव्ध गराउने घोषणा गरेका हुन । यसका बारेमा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले ट्वीट गर्दै राष्ट्राध्यक्ष सी ले खोप उपलव्ध गराउने घोषणा गरेको जानकारी दिएकी हुन । पहिले पनि चीनले… पुरा पढौ

काँग्रेसद्वारा कोभिड नियन्त्रणका लागि सरकारको पुनः ध्यानाकर्षण

काठमाडौं, १२ जेठ  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ । सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बँुदे सुझावपत्र बुझाएको थियो । बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः… पुरा पढौ

मानव कल्याण र शान्तिकाे मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढाैं-मुख्यमन्त्री गुरुङ

पाेखरा, १२ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाउनुभएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । २५६५औँ बुद्ध जयन्तीका अवसरमा उनले आज जारी गरेकाे शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन । नेपालको राजनीतिमा देखिएको उथलपुथलका कारण जनअपेक्षा पूरा गर्न बाधाव्यवधान आइपरेको बताउँदै उनले यस अवसरमा बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो… पुरा पढौ

गण्डकीमा थप ७ कोरोना संक्रमितको मृत्यु

पोखरा, १२ जेठ । पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ७ कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी सो पुष्टि गरेको हो। योसहित गण्डकी प्रदेशभर कुल मृत्यु हुनेको संख्या ५ सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । मृत्यु हुनेमध्ये कास्कीका ४, स्याङ्जाका २ र लमजुङका १ जना छन् । पोखरा २६ का २९ वर्षीय पुरुषको सोमबार पोखराको… पुरा पढौ

एसइई सञ्चालन विकल्पबारे सुझाव तयार गरिँदै

काठमाडौं, १२ जेठ । कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको जनाउँदै एसईईबारे एकदुई हप्ताभित्र निर्णय गरिने बताए । ‘गल्लीगल्ली डटइन्फो’ ले बुधबार भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा प्रवक्ता शर्माले शिक्षक र अभिभावक तम्तयार र उनीहरुबीचको जीवन्त सम्पर्क… पुरा पढौ