गलेश्वर, ९ जेठ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् । कोरोनाको पहिलो लहरमा…
पुरा पढौ