समाचार

निषेधाज्ञालाई थप कडाइ गर्न गृहकाे निर्देशन, ७७ जिल्लाका सिडियाेलाई परिपत्र गरियाे

काठमाडौं, ८ जेठ । सरकारले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने भएकाे छ । गृहसचिव महेश्वर न्यौपानेले शनिबार गृह मन्त्रालयमा नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग छलफल गर्दै निषेधाज्ञालाई कडा पार्न निर्देशन दिएका हुन । गृहसचिव न्यौपानेसँगकाे छलफल लगतै निषेधाज्ञालाई थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिइसकेकाे सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनालले सफल आवाजलाई बताएका छन । सचिवको निर्देशनपछि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र… पुरा पढौ

वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन दुःखद: डा कोइराला

काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन्। महामन्त्री डा कोइरालाले विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाए। निवर्तमान सांसद डा कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् । कांग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार… पुरा पढौ

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र संवैधानिक प्रतिवाद गर्छाैं : विपक्षी गठबन्धन

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले)को नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको ती राजनीतिक दलको संयुक्त बैठकले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै असंवैधानिक तरिकाले प्रतिनिधिसभाको विघटन गरिएको जनाउँदै विपक्षीले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन् । बैठकपछि ती राजनीतिक दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको… पुरा पढौ

निर्वाचनको तयारीमा जुट्न आयोगलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन्।… पुरा पढौ

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

दमक, ८ जेठ । झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गएराति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत थिए । यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा… पुरा पढौ

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

वाग्मती, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य… पुरा पढौ

महामारीमा चुनाव ! आयोगको मात्र खर्च ८ अर्ब : कोभिड नियन्त्रणमा कति ?

काठमाडौं, ८ जेठ। कोरोना भाइरस (कोभिड-१९) महामारीले नागरिक आक्रान्त भएका बेला शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेकी छन्। कोरोना महामारीले नागरिक उपचार नपाएर छटपटाइरहेका बेला भएको चुनाव घोषणाले नागरिकमा संक्रमण बढ्ने चिन्ता बढेको छ। आफू अनुकुल संविधानको व्याख्या गर्दै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन र चुनावको सिफारिस गरेको एक घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई स्वीकृत गरेपछि यसको चौतर्फी आलोचना भएको छ। यसअघि पुस ५ गते विघटित प्रतिनिधिसभालाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले… पुरा पढौ

करिब १७ अर्ब लागतकाे नारायणगढ-बुटवल सडक विस्तारको काम धमाधम हुँदै

नवलपुर, ८ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिए । “निषेधाज्ञा अगाडि दैनिक ५०० मजदुर सडक विस्तारको काममा खटिएका थिए”, आचार्यले भने, “निषेधाज्ञामा दैनिक ३०० मजदुर काममा छन् ।” निषेधाज्ञाका बेला घर गएका… पुरा पढौ

आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

काभ्रेपलाञ्चोक, ८ जेठ । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । “अन्य स्थानीय… पुरा पढौ

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होमआइसोलेसनमा

भक्तपुर, ८ जेठ । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६… पुरा पढौ