समाचार

स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

वाग्मती, ८ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौंडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो । साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले… पुरा पढौ

बगरफाँटका युवाद्धारा हेल्थ डेस्क सञ्चालन

गलेश्वर, ८ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका युवाको पहलमा कोरोना सङ्क्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्र भवनमा जेठ १ देखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना सङ्क्रमित भै उपचाररत १९ सङ्क्रमितले सेवा पाउनुका साथै सङ्क्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु… पुरा पढौ

वीर अस्पताललाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने

काठमाडौं, ८ जेठ । सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा बनाउने भएको हो । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रुपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औंँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा जनाइएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले कोभिड–१९ स्क्रिनिङ क्लिनिक, फिभर क्लिनिक तथा परामर्श सेवा सञ्चालन गर्ने छ… पुरा पढौ

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा

काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेकी छन् । शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को सिफारिसमा उनले प्रतिनिधिसभाको चुनाव २ चरणमा गर्ने गरी कात्तिक २६ र मंसिर ३ का लागि तोकेकी छन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानको धारा ७६ (५) अनुरुप प्रधानमन्त्री नियुक्तिका लागि शुक्रबार परेको दुवै दाबी राष्ट्रपतिले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार… पुरा पढौ

सरकारद्वारा संसद विघटन सिफारिस

काठमाडौं, ८ जेठ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार अबेर राति सरकार गठनका लागि राष्ट्रपतिबाट दुबै पक्षको दाबी खारेज भएपछि केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए । सो बैठकले संसद विघटन गर्दै चुनावको मिति समेत पस्ताव गरेको छ । यसअघि ओलीले पुस ५ मा भंग गरेको संसद सर्वोच्च अदालतले बदर गरिदिएको थियो । पुरा पढौ

प्रधानमन्त्रीमा परेको दुवै दाबी खारेज

काठमाडौं, ७ जेठ। प्रधानमन्त्रीमा परेको दुवै दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरिदिएकी छिन् । शुक्रबार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए। राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएकी छन् । राष्ट्रपति कार्यालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार दुबै दावीकर्ताले प्रस्तुत गर्न नसकेकाले प्रधानमन्त्रीमा नियुक्ति… पुरा पढौ

७८९० जना निको, १७७ को मृत्यु

काठमाडौं, ७ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० कोरोना संक्रमित निको भएका छन। शुक्रवार सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै हालसम्म मुलुकभर कोरोना निको हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना पुगेको छ । मुलुकमा हार १ लाख १६ हजार १ सय ९२ कोरोना संक्रमित रहेका छन । पछिल्लो २४ घन्टामा मुलुकभर ८ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिए । २३ हजार २… पुरा पढौ

ओली र देउवामा को बन्ला प्रधानमन्त्री ?

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी गर्न दिएको समय शुक्रबार साँझ ५ बजेदेखि सकिएको छ । सो अवधिभित्र नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् । अब को प्रधानमन्त्री बन्छ भन्ने निकै रोचक विषय बनेको छ । ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन्… पुरा पढौ

प्रधानमन्त्रीमा ओलीको दाबी, राष्ट्रपतिसमक्ष बुझाए १५३ हस्ताक्षर

काठमाडौं, ७ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्। विपक्षी गठबन्धन शीतल निवास पुग्नु अगावै ओलीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सहित १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन् । ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफू पुनःप्रधानमन्त्री हुनुपर्ने दाबी गर्दै हस्ताक्षर बुझाएका हुन् । उता, १ सय ४९ सांसदको… पुरा पढौ

चिकित्सक भन्छन्-तन, मन थाक्यो भन्ने छुट छैन

पोखरा, ७ जेठ । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ। लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम… पुरा पढौ