समाचार

१४६ निवर्तमान सांसदले दिए सर्वाेच्च अदालतमा रिट निवेदन

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन्। कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन । संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै… पुरा पढौ

अध्यादेश जारीपछि खुशियालीमा मैनबत्ती प्रज्वलन

सप्तरी, ९ जेठ । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आइतबार साँझ यहाँ मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश जारी भएका खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ। गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रजवलन गरेका छन् । कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो । जसपाको… पुरा पढौ

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण

काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए । “उहाँहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि… पुरा पढौ

देशभरबाट १० हजार अक्सिजन सिलिण्डर संकलन

काठमाडौं, ९ जेठ । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ। नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा हालसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै २ सय ३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ।तीमध्ये २ सय ४ भरिएका र… पुरा पढौ

संकट निकासका लागि निर्वाचन : युवा संगठन

काठमाडाैं, ९ जेठ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी निकट युवा सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सङ्कटको दीर्घकालीन समाधानका लागि निर्वाचनको घोषणा गरिएकामा स्वागत गरेका छन् । प्रतिनिधिसभामा दलहरुले संविधानअनुसार अर्काे सरकारको विश्वासिलो दाबी पेश गर्न नसकेपछि यही जेठ ८ गते प्रतिनिधिसभामा विघटन भएको थियो । राष्ट्रिय यूवा सङ्घ नेपालका अध्यक्ष वचनबहादुर सिंह र यूवा सङ्घका अध्यक्ष मुकेश झाले आज संयुक्त वक्तव्य जारी गर्दै यो कदम संविधानलाई सफलतापूर्वक उतार्ने अभ्यासको नमूना भएको उल्लेख गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा निर्वाचन संवैधानिक… पुरा पढौ

विपक्षीहरुद्वारा भोलिमात्र रिट दायर

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिपक्षी दलहरुले सर्वोच्च अदालतमा आइतवार रिट दर्ता गर्ने तयारी रहेपनि आज रिट दर्ता नहुने भएको छ । रिट तयार गर्दा गर्दै समय नपुगेकाले आज रिट दर्ता गर्न नभ्याइएको नेकपा एमालेका नेता भीम रावलले जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेर अधिवक्ताहरूले रिट तयार गरेका थिए । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बिहान रिट दर्ता गरिने जानकारी गराए । अधिवक्ता गोविन्द बन्दी, सतीशकृष्ण खरेल, मुक्ति प्रधान योगेन्द्र कार्की लगायतले… पुरा पढौ

रेग्मी र खड्का राजदूत नियुक्त

काठमाडौं, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आइतबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाए। पुरा पढौ

एकै दिन १५० आरोही सगरमाथामा

काठमाडौ‌, ९ जेठ । वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए । “मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ,… पुरा पढौ

आफ्नो नेतृत्वमा चुनाव गर्नुपर्छ भन्ने ढिपी छाड्न काँग्रेसलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको नेतृत्वमा मात्र चुनाव गर्नुपर्छ भन्ने ढिपी छाड्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । ओलीको नेतृत्वमा चुनावमा जाँदैनौ भन्ने कांग्रेस नेताहरूको भनाइ सुन्दा आफूलाई आश्चर्य लागेको उनको भनाइ छ । प्रेस चौतारी नेपालले बालुवाटारमा आइतबार दिउँसो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगीकार गरेर कुँदेजस्तो देखिएको तर्क गरे । ओलीले एमालेका केही तत्वलाई उकासेर, केही सही गराएर र केही किर्ते सही… पुरा पढौ

मौसम अनुकूल भएपछि २ सय आरोही शिखरतर्फ

काठमाडौं, ९ जेठ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आइतबार शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन । सगरमाथा आधारशिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आइतबार एकै दिन करीब २ सय आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका… पुरा पढौ