समाचार

७ मन्त्रालयको कार्यभार प्रम ओलीलाई

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकेकी छन् । सर्वोच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै काम कारबाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश… पुरा पढौ

प्रधानमन्त्रीकाे दावी पेश गर्न देउवा पुगे शीतल निवास

काठमाडौं, ७ जेठ। विपक्षी दलहरु संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतल निवास पुगेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समुह र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकाे भनिएकाे छ। तर माधव नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन त्यस्ताे कुनै हस्ताक्षर नगरेकाे बताएका छन।… पुरा पढौ

अर्काे सरकार बने रचनात्मक सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ७ जेठ । ‘‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्काे उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ ।’’ देशमा कोभिङ–१९ को महामारी नियन्त्रण, नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने जटिल समय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको स्पष्ट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष ओलीले आज… पुरा पढौ

नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकासँग माग

काठमाडौं, ७ जेठ । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् । एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् । अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउन खर्च गर्नुपर्नेमा… पुरा पढौ

एउटै बस्तीमा १३ को मृत्यु

महोत्तरी, ७ जेठ । महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले… पुरा पढौ

विश्वासको मत लिने समय नभएकाले नयाँ प्रक्रिया चालें : प्रधानमन्त्री

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको तर त्यसबीचमा सरकारले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकाे भोलिपल्ट आज उनले प्रधानमन्त्री निवासमा पत्रकार भेटघाट गर्दै उक्त धारणा राखेका हुन । प्रधानमन्त्रीले… पुरा पढौ

सञ्चारमाध्यममा अपाङ्गतामैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह

पोखरा, ७ जेठ । कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले कोभिड महामारीमा अपाङ्गता भएका व्यक्तिको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागीले विभिन्न कारणले अपाङ्गगता भएकाको अधिकारलाई स्थापित गर्न सञ्चारमाध्यमले अपा¬ङ्गमैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् । दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा अझै पनि… पुरा पढौ

संविधान जोगाउने दुई सूत्र- ‘राष्ट्रपतिलाई आजै महाअभियोग र वैकल्पिक सरकार’

काठमाडौं, ७ जेठ। प्रधानमन्त्री पद रिक्त नहुँदै बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि आह्वान गरेपछि संविधानविद्ले यसलाई गैरसंवैधानिक कदम भनेका छन्। प्रधानमन्त्री केपी ओलीको अनुरोधमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि २१ घण्टाको समय दिएपछि संविधानविद्को यो धारणा आएको हो। प्रधानमन्त्री र राष्ट्रपतिको यो प्रक्रिया नै गलत भएको संविधानविद्को ठहर छ। संविधानविद्ले राष्ट्रपति र प्रधानमन्त्री असंवैधानिक प्रक्रियामा अगाडि बढ्दा मुलुक नै दुर्घटनातर्फ गएको बताएका हुन्। यसले भोलिका दिनमा राष्ट्रपतिले संकटकाल घोषणा गरेर… पुरा पढौ

स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

बनियानी, ७ जेठ । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा काम रोकियो

पर्वत, ७ जेठ  । कोभिड–१९ को प्रकोपका कारण निषेधाज्ञा भए पनि निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माणकार्य रोकिएको छ । तनहुँबाट कास्की हुँदै निर्माण सामग्री आपूर्तिमा प्रहरीले अवरोध गरेपछि सडक कालोपत्र गर्ने काम प्रभावित भएको हो । कालोपत्रका लागि डिबिएसडी गिट्टी ढुवानी गर्न नसक्दा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ । कास्की प्रहरीले पोखराको सिमपानीबाट निर्माण सामग्री ढुवानी गर्न सवारी साधनलाई जिल्ला प्रवेश गर्न नदिएपछि पर्वतबाट पठाएका टिपर पोखराको सिमपानीमा रोकिएका छन् । कालोपत्रका लागि चिप्स… पुरा पढौ