समाचार

विपद्मा जनताको साथमा रहने कांग्रेसकाे विश्वास

पाेखरा, ७ जेठ । कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । कोराना महामारी र वर्षा यामसँगै बढ्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भन्ने सम्बन्धमा पार्टी गम्भीररूपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए । कांग्रेस कास्की… पुरा पढौ

कांग्रेस पदाधिकारी बैठक बस्दै

काडमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न शुक्रबार पार्टीको केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्दैछ। बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि बिहीबार प्रकाशित विज्ञप्ति सम्बन्धमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको… पुरा पढौ

सङ्क्रमण दर बढ्दो, निषेधाज्ञा उल्लङ्घन कायमै

काठमाडौं, ७ जेठ । विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ । मुलुकभर आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छन् । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन… पुरा पढौ

राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि यही जेठ ७ गते आज साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् । गत वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि संविधानको धारा… पुरा पढौ

नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् । नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताए । “एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन”, नेता पौडेलले… पुरा पढौ

काेभिड केयर अस्पताल निमार्णका लागी नमस्ते सामुदायिक प्रतिष्ठानकाे ३० लाख सहयोग

पाेखरा, ६ जेठ । नमस्ते सामुदायिक प्रतिष्ठानले काेभिड केयर अस्पताल निमार्णका लागी ३० लाख सहयोग गर्ने भएकाे छ । गण्डकी क्षेत्रमा कोरोनाका विरामीहरु अत्यन्तै बढिरहेको र उपचारको लागी अक्सिजन मेसिन सहितको कोभिड केयर बेडको अभावकाे महसुस गर्दै लायन्स अन्तराष्ट्रीय डिस्ट्रीक्ट ३२५ बि १ नेपाल र पोखरा महानगरपालिको सहकार्य संयोजनमा लेखनाथस्थित पुरानो नगरपालिका भबनमा स्थापित कोभिड अस्पताललाइ अक्सिजन मेसिन सहितको कोभिड केयर बेड नमस्ते सामुदायिक प्रतिष्ठान नामक संस्थाका संस्थापक तथा अध्यक्ष समाजसेवी एवं व्यवसायी भिष्मराज पौडेलले संस्थागत रूपमा ३० लाख सहयाेग… पुरा पढौ

हुण्डी कारोवारका अभियुक्त पक्राउ

विराटनगर, ६ जेठ । हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ वर्षीय अमृतकुमार साह पक्राउ परेका हुन् । निजहरुलाई विभिन्न बैंकका चेक, रसिद र नगदसहित राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरी… पुरा पढौ

भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्ने

मध्यपुर थिमी, ६ जेठ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालको कोभिड युनिटमा अक्सिजन प्लान्ट राखिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले युनिटमा अक्सिजन दिनुपर्ने संक्रमित बिरामी बढिरहेकोले नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेको जानकारी दिए । कोरोना नियन्त्रणका लागि नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले आर्थिक र भौतीक सहयोग गर्ने भएको भन्दै उनले बिरामीलाई अक्सिजन अभाव हुन नदिन प्लान्ट सञ्चालन गर्न लागेको बताए । सहकारी संस्थाले आफ्ना सदस्यका लागि सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गर्न… पुरा पढौ

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी

काठमाडौं, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार २ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को बैठकको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम ‘शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनको लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मार्ग प्रशस्त गरेको थियो। पुरा पढौ

नेपालमा ८३०५ संक्रमित थपिँदा १९० को मृत्यु,

काठमाडौं, ६ जेठ । गएको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु भएको छ । यस अवधिमा ८ हजार ३ सय ५ जना संक्रमित थपिँदा ६ जहार ५ सय ४३ जना संक्रमणमुक्त भए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ जहार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय… पुरा पढौ