समाचार

सरकारद्वारा १ हजार सिलिण्डर फिर्ता

काठमाडौं, २ जेठ । सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिए । एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन् । उनका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार… पुरा पढौ

काभ्रे पोखरा मिलन समाजकाे बार्षिकाेत्सवमा लायन्स काेभिड अस्पताललाई ६० हजार सहयाेग

पाेखरा,२ जेष्ठ । काभ्रे जिल्लामा जन्मेर हाल पाेखरामा बसाेबास गर्ने काभ्रेलीहरूकाे संस्था काभ्रे पोखरा मिलन समाजले लेखनाथमा निर्माणाधिन लायन्स काेभिड अस्पताललाई ६० हजार सहयाेग गर्ने भएकाे छ । समाजकाे २१औं बार्षिकाेत्सवका अवसरमा याे सहयाेग गर्न लागिएकाे हाे । कास्की लेखनाथ स्थित साबिक लेखनाथ नगरपालिका भबनमा पाेखरा महानगरपालिकासंगकाे सहकार्यमा निर्माण हुन लागेकाे १०० बेडकाे उक्त लायन्स काेभिड अस्पताललाइ रू ६० हजार आर्थिक सहयाेग गरिएकाे र उक्त रकम भाेली साेमबार लायन्स काेभिड अस्पताल निर्माण सहयाेग संकलन समितिका संयाेजक माेहनबाबु खड्कालाइ हस्तान्तरण गरिने… पुरा पढौ

कार्यदल गठनका लागि ओली र नेपालबीच भेटवार्ता

काठमाडौं, २ जेठ । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने नेता नेपाल पक्षको अडानलाई कसरी सम्बोधन गर्न भन्ने विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुँदै आएको छ । अध्यक्ष ओली र नेपालले कार्यदल गठन गरी विवाद समाधानको उपाय निकाल्ने… पुरा पढौ

चलचित्रकर्मी चेतन कार्कीको निधन

पोखरा, २ जेठ । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा आइतबार काठमाडौंमा निधन भएको हो । गत वैशाख १६ मा भारतको देहरादूनबाट काठमाडौं आएका उनमा ज्वरो आएपछि वीरेन्द्र सैनिक अस्पताल काठमाडौमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा गत साता कोरोना संक्रमण पुष्टि भएको थियो । चलचित्रकर्मीसहित कवि, गीतकार एवं उपन्यासकारको फराकिलो परिचय बनाएका कार्कीको जन्म स्याङ्जाको आरुखर्कमा भएको हो । उनी धेरै भाषामा ज्ञाता थिए । उनले करिब ५० बढी फिल्ममा कथा, पटकथा, संवाद,… पुरा पढौ

कोरोना सङ्क्रमणका कारण पत्रकार कार्कीको निधन

काठमाडौं, २ जेठ । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार साँझ ८ः०० बजे निधन भएको हो । झापा निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए । जनता टाइम्स डटकमका सम्पादक कार्की प्रेस चौतारी नेपालको केन्द्रीय… पुरा पढौ

एक लाख पाँच हजार नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौं, २ जेठ । नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद… पुरा पढौ

‘भेन्टिलेटर, एचडियू र आइसियूका श्यया चाहिए बिएण्डसी आउनू’

काठमाडौं, २ जेठ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको दाबि गरिइएको छ । अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलाली लगायतका जिल्लाका सङ्क्रमित उपचाररत् छन् । महङ्गो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका… पुरा पढौ

लागुऔषध चरेससहित दुई पक्राउ

बैतडी, २ जेठ । लागुऔषध चरेससहित बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो । मोटरसाइकलमा सवार उनीहरुबाट ७०० ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सुपप्र४००१प ००१५ नंको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको… पुरा पढौ

कोरोनाबाट अर्का पत्रकार साईको मृत्यु

राझा, २ जेठ । नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादक साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित भावपूर्णा श्रद्धाञ्जलि व्यक्त गरेका छन्… पुरा पढौ

कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लागौं : प्रधानमन्त्री

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उनले कोरानाको सामना गर्न सरकार सक्षम रहेको बताए। “हामी कोरोना सामना गर्न सक्षम छौँ, सरकारले थुप्रै विषय कार्यान्वयन गरेको छ, नियन्त्रणका उपाय गर्न तयार र उत्सुक छ, आगामी दिनमा पनि निरन्तर हुन्छ”, उनले भने, “सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैरसरकारी संस्था, गैरआवासीय नेपाली सबैका आआफ्ना ठाउँबाट संगठित प्रयासको खाँचो छ ।”… पुरा पढौ