समाचार

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

पर्सा, ३१ वैशाख । आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए । भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता… पुरा पढौ

बाँकेमा थप ८ संक्रमितकाे मृत्यु

काठमाडौँ, ३१ वैशाख । बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। मृतक मध्ये ५ जना बाँके, १/१ जना बर्दिया, सल्‍यान र कैलालीका छन्। योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २सय २२ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ। पुरा पढौ

चितवनमा निषेधाज्ञा जेठ १३ सम्म थप

चितवन, ३१ वैशाख । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए। निषेधाज्ञाको… पुरा पढौ

संघ र प्रदेश सरकारले उपलब्ध गरायो खोटाङलाई स्वास्थ्य सामग्री

खोटाङ, ३१ वैशाख । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे । सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई रु तीन लाख… पुरा पढौ

दुर्घटना गराई फरार वडाअध्यक्ष यादव फक्राउ

सर्लाही, ३१ वैशाख  । सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु… पुरा पढौ

मुख्यमन्त्री गुरुङद्वारा इद–उल–फित्रको शुभकामना

पाेखरा, ३१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन्। मुस्लिम समुदायको सांस्कृतिक पर्व इद–उल–फित्र–२०७८ को उपलक्ष्यमा विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका हुन्। मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, वहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र… पुरा पढौ

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पाेखरा, ३१ वैशाख । गण्डकी प्रदेश सरकारले आज शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए। पुरा पढौ

विवाहभोज खाएपछि संक्रमण, एकै घरका बाबु र २ छाेराको मृत्यु

बागलुङ, ३१ वैशाख । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् । उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१… पुरा पढौ

४२ औं प्रधानमन्त्री बने ओली, आज दिउँसो २ बजे सपथ ग्रहण

काठमाडौं, ३१ वैशाख । ''आफ्नो मान्छे आफ्नै हुन्छ'', यो पंक्ति निकै चर्चित, मननयाेग्य, बलियो र निकै भावनात्मक रहेको छ । अन्ततः आइपरेको बेलामा, तमाम् मतभेद, दुःख, कष्ट र अफ्ठेरो परेको बेलामा साथ दिने आफ्नै हुने रहेछन् भन्ने मान्यता प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनमा लागु भएको छ । ओली आफ्नैको सहयोगको कारण अर्थात वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहको सहयोगको कारण मुलुकको ४२ औं प्रधानमन्त्री बन्न सफल भएका छन् । प्रधानमन्त्री ओलीले ४२ औं प्रधानमन्त्रीको रुपमा आज शुक्रबार… पुरा पढौ

राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता

काठमाडौं, ३१ वैशाख । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय कर्मचारीलाई आचारसंहिता लागू हुने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका… पुरा पढौ