समाचार

नागरिकमैत्री नगर बनाउन सूचना पारदर्शी गर्न आवश्यक

बनेपा, ११ पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिकमैत्री नगर बनाउनका लागि सूचना पारदर्शी गर्न आवश्यक रहेको बताएका छन । राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उनले नागरिकले मागेको सूचना उपलब्ध गराउनु नगरको दायित्व भएको बताए । सूचना मागेको कारणबाट नभई पारदर्शिता होस् भन्ने हिसाबबाट पनि कहिलेकाहीँ राष्ट्रिय सूचना आयोगले आदेशसमेत गर्ने गरेको उनको भनाइ छ । “सूचना… पुरा पढौ

आँखा उपचार केन्द्र सञ्चालन

मुग्लिन, ११ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो । अध्यक्ष गीताकुमारी गुरुङले अब आँखाको सामान्य समस्या आउँदा पनि भरतपुर जान पर्ने समस्याको समाधान भएको बताइन । भरतपुर आँखा अस्पतालमा पाउने सम्पूर्ण सुविधा दिने गरी यस उपचार केन्द्रलाई आँखा अस्पपताका रुपमा विकास गरिने बताइन । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानाले इच्छाकामना गाउँपालिकामात्र नभई छिमेकी जिल्ला… पुरा पढौ

साढे पाँच लाख निजी आवास पुनःनिर्माण

काठमाडौं, ११ पुस विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । एक लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनःनिर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएकाे छ । लाभग्राही सूचीमा रहेका भूकम्प पीडितले चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । प्राधिकरण… पुरा पढौ

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकार:मुख्यमन्त्री गुरुङ

कास्की, ११ पुुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताएका छन । राष्ट्रिय युवा सङ्घ गण्डकीले हिजाे पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उनले संसद् विघटन सबैभन्दा लोकतान्त्रिक, संवैधानिक र गणतन्त्रात्मक कुरा रहेको जिकिर गरे । उनले भने, “बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले दिएको म्याण्डेटअनुुसार काम गर्ने वातावरण रहेन भने प्रधानमन्त्रीले नयाँ जनमतका लागि संसद् भङ्ग गरेर निर्वाचन घोषणा गर्न सक्दछ, यो संसदीय मूल्य र मान्यताको… पुरा पढौ

नयाँ मन्त्रीहरूले आजै लिए पद तथा गोपनियताको सपथ, केहीकाे जिम्मेवारी हेरफेर(सूची)

काठमाडाैं, १० पुस । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।प्रतिनिधि सभा विघटन गरेपछि रिक्त स्थानमा  प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरेका हुन । । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाइ बिदा गरिएकाे छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीलाई उर्जा मन्त्रालय दिईएको छ । मणि थापा खानेपानी, प्रभु साहलाई शहरी विकास, प्रेम आलेलाई वन मन्त्रालय, गणेश ठगुन्नालाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिईएको छ । यस्तै गौरी शंकर चौधरीलाई श्रम, दावा लामालाई… पुरा पढौ

मन्त्रीमण्डलमा नयाँ अनुहार थपिए, सपथकाे तयारी हुँदै

काठमाडाैं, १० पुस । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थप गरेका छन्। पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा रहेका छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ । सूचीमा भएका एकदुई जना फेरबदल हुनसक्ने सम्भावना रहेकाे छ । नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुने तयारी रहेकाे बताइएकाे छ। पुरा पढौ

सीप विकास तालिम केन्द्र पाेखरामा नि:शुल्क तालिमको अवसर

पाेखरा,१० पुस । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पाेखराले निःशुल्क तालिम सञ्चालन गर्ने भएको छ । तालिम केन्द्र पाेखराका प्रमुख अनिल सुवेदीका अनुसार संस्थाले १८ वर्ष देखि ४० वर्ष भित्रका व्यक्तिलाई प्लम्बिङ, विद्युत जडान, कपाल काट्ने तालिम, मोटरसाइकल मर्मत, मोवाइल मर्मत, सिलाई कटाई, व्यूटी पार्लर, बुटिक डिजाइन, फेशन डिजाइन, टेलर मास्टर, मिनि टिलर (हाते ट्याक्टर) मर्मत लगायतका तालिम निःशुल्क प्रदान गर्न लागेको हो । केन्द्रले यहि मंसिर ३० गते सूचना प्रकाशित गर्दै निःशुल्क तालिममा सहभागिताका लागि आवेदन माग गरेको… पुरा पढौ

प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रीपरिषद् बैठक

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रीपरिषदकाे आकस्मिक बैठक बोलाएका छन् । बैठक बेलुकी ६ वजे बोलाईएको छ । संसद विघटन भएपछि बस्न लागेको मन्त्रीपरिषदको पहिलो बैठकमा मन्त्रीमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि ७ जना मन्त्रीले सामुहिक राजिनामा दिएका थिए । यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। भण्डारीले तत्काल उक्त सिफारिस अनुसार संसद विघटन गरी मध्यावधी चुनावकाे मिति ताेकेकी… पुरा पढौ

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

सउल, १० पुस ।  दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो ।         कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा… पुरा पढौ

डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्टमा आगलागी, अढाइ करोडको क्षति

धनुषा, १० पुस । जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्टमा लागेको भीषण अगलागीबाट करिब अढाई करोड क्षति भएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टको आगो बिहीबार तिन घण्टापछि बल्ल नियन्त्रणमा आएको थियो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार विद्युतको तार सट भएर लागेको आगलागीबाट झण्डै रु दुई करोड ५० लाखको क्षति भएको हो । जनकपुर उप–महानगरपालिका कार्यालयबाट १०० मिटरकाे दूरीमा आगलागी भए पनि उप–महानगरले वारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुले आरोप लगाएका छन् ।     धनुषा… पुरा पढौ