समाचार

बुटवलमा सघन उपचार कक्ष अभाव, अर्घाचाँची, रुपन्देही र बाँकेका तीन सङ्क्रमितको निधन

वुटवल, २९ असोज । बुटवलमा सघन उपचार कक्षकाे अभावमा कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक सङ्क्रमितको बाटामै मृत्यु भएको छ । अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने ८ बजे बाटाेमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । अर्घाखाँचीबाट उपचारका लागि… पुरा पढौ

प्रदेश १ सरकारले दियाे १२ करोड मुल्यका दमकल र प्रहरी भ्यान

विराटनगर, २९ असोज । प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न रु ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई आज हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेशका ११ जिल्लाका ११ स्थानीय तहलाई ११ थान दमकल र १४ थान प्रहरी भ्यान हस्तान्तरण गरेका हुन । केही दिनपछि थप तीन थान प्रहरी भ्यान हस्तान्तरण गर्ने जनाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको वार्षिक… पुरा पढौ

काठमाडौं सोह्रखुट्टेमा भएकाे ग्यास सिलिण्डर विस्फोटमा म्याग्दी निवासी चन्द्र केसी सहित ११ घाइते

काठमाडाै‌‌, २९ असाे‍ज । काठमाडौँको सोह्रखुट्टे, नयाँबजार स्थित फलफूल चोकमा आज ग्यास सिलिण्डर विस्फोटमा परेर ११ जना घाइते भएका प्रहरीले बताएकाे छ । उक्त घटनामा केहि भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्फोटपछि आगलागीसमेत भएको जनाइएको छ । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो । घाइते चन्द्र केसी ग्यास सिलिण्डर विस्फोटका अर्का घाइते… पुरा पढौ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार नियुक्त भएका तीन मन्त्रीले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । नियुक्त भएका तीनै मन्त्रीले आज पदभार ग्रहण पनि गर्नेछन । पुरा पढौ

पाेखरा महानगरका कर्मचारीमा काेराेना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

पाेखरा, २९ असाेज । कर्मचारीमा काेराेना संक्रमण देखिएपछि पाेखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। महागर प्रमुख मानबहादुर जिसीले बिहिवार सूचना जारी गर्दै साे जानकारी दिएका हुन्। सूचना अनुसार महानगरका केही कर्मचारीमा काेेराेना संक्रमण देखिएको र अन्यकाे कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाेले अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएकाे हाे। महानगरका वडा कार्यालय र विषयगत महाशाखाका कार्यालय भने खुला रहने छन्। पुरा पढौ

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

सेती, २९ असाेज । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए। “अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ”, उनले भने “जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या… पुरा पढौ

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया पनि सफल

भक्तपुर, २९ असोज । देशकै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालमा दूरबिन भित्रिएकाे छ । दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन। राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु भएकाे हो । डा गौतमले भने,… पुरा पढौ

मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडाै‌, २९ असाेज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हाे । उनी हाल घरकै आइसोलेसनमा बसेका छन् । यसअघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो । पुरा पढौ

बैतडीमा केन्द्रबारे विवादमा गाउँपालिका अध्यक्षसहित १४ घाइते

बैतडी, २९ असोज । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपीट भएको छ । गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट लागेको हो । झडपमा १४ जना घाइते छन् । सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिनअघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि संघर्षरत पक्षले लगाएको ताला बेलुका खोल्न खोज्दा उनी झडपमा परेका हुन् । यस्तै झडपमा अन्य ५ जना प्रहरी घाइते छन् ।… पुरा पढौ

गण्डकीमा एकै पटक झण्डै १ सय जनामा संक्रमण पुष्टि

पोखरा, २९ असोज । गण्डकी प्रदेशमा एकै पटक झण्डै १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेशका थप ९७ जनामा संक्रमण पुष्टि भएको जनाएका हुन् । जसअनुसार गण्डकी मेडिकल कलेजमा र चरक मेमोरियल अस्पताल पोखरामा कोरोना परीक्षणका लागि नमुना संकलन भएकोमा त्यहाँ ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ जना गण्डकी मेडिकल कलेजमा उपचाररत… पुरा पढौ