समाचार

पाेखरामा थप एक संक्रमितकाे मृत्यु

पाेखरा, २८ असाेज । पाेखरामा बुधबार थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा स्याङ्जा भिरकाेट २ कि ५२ वर्षीया महिला हुन्। गत असाेज २६ मा काेराेना पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे काेभिड १९ उपचार केन्द्रकाे अाइसियूमा राखेर उपचार गराइरहेका उनकाे बुधबार बिहान साढे ९ बजे मृत्यु भएकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन अाचार्यले जानकारी दिए। पश्चिमाञ्चल अस्पतालमा काेराेनाबाट उनीसहित १३ जना संक्रमितकाे ज्यान गइसकेकाेे छ। यस्तै , तनहुँकाे भिमाद ६ घर भएका एकै परिवारका ३… पुरा पढौ

आँखा शिविरका सहभागीमा कोरोना पुष्टि भएपछि चापाकोटमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखरा, २८ असोज । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । नगरपालिकाका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध स्वास्थ्य सचेना अपनाउन आग्रह समेत गरिएको छ । नगर प्रमुख शिवकुमार गिरीका अनुसार खाद्यान्न र औषधी पसल बाहेकका बजार क्षेत्रका सबै पसल, वडा कार्यालयमा सेवा बन्द गरिएको छ । नगरका ३९ जनाको पीसीआर जाँच गरिएकोमा १४ जना कोरोना संक्रमित बनेका हुन् । संक्रमितमध्ये १० पुरुष र ४ महिला हुन् । तीमध्ये… पुरा पढौ

दर्तामा छुट भएपछि एक महिनामै ३५९ उद्योग थपिए

बाँके, २८ असोज । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रबर्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन गरेसँगै बाँकेमा उत्साहजनकरूपमा नया उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकामा… पुरा पढौ

मेसिनले धान काट्दै मकवानपुरका किसान

वाग्मती, २८ असोज । परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने लगानीलाई सकेसम्म कम गर्न विभिन्न कृषि उपकरण वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईँ बताउछन् । अघिल्ला अर्थिक वर्षमा धान रोप्ने, मकै गोढ्नेलगायत उपकरणका साथै ठूला ट्र्याक्टर, पावर टिलर तथा सयौँको सङ्ख्यामा हाते ट्र्याक्टर वितरण गरिएको उनले जानकारी… पुरा पढौ

सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन

कास्की, २८ असोज । जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ । बालकको अभिभावको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि असोज पहिलो सातादेखि सहयोग जुटाउने अभियान शुरु भएकामा सो रकम जम्मा भएको विशाल पौडेल बचाउ अभियानले जनाएको छ । गत साउन २८ गते राति घरमै सुतेका बेला करेत सर्पले डसेपछि पौडेल गम्भीर बिरामी भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचारकक्षमा ४२… पुरा पढौ

दशैंका लागि हवाई टिकट बुकिङ अत्यन्त न्युन, यात्रुको चाप नहुदा निजी हवाई व्यवसायी चिन्तित

काठमाडौं, २८ असोज । दशैंको सङ्घारमा मुलुकको आन्तरिक उडानका हवाई टिकट बुकिङ अत्यन्त न्युन भएको छ । अघिल्ला वर्षहरुमा दशैंका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैंका लागि हवाई उडानमा बुकिङ न्युन देखिएको हो । कोरोना भाइरसको महामारीको कारण यसको प्रत्यक्ष असर हवाई सेवामा पनि परेको छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन । सामान्य अवस्थामा दशैँ आउनुभन्दा दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको… पुरा पढौ

मल वितरण प्रणालीमा पारदर्शिता नभएको जनप्रतिनिधिकाे आरोप

पर्सा, २८ असाेज । पर्सा जिल्लामा किसानलाई मल आपूर्ति गर्दै आएको कृषि सामग्री लिमिटेड प्रादेशिक कार्यालय तथा साल्ट ट्रेडिङ् कर्पोरेशनले वितरण गर्दै आएको रासायनिक मलमा पारदर्शिता नभएकाले वास्तविक किसानले मल पाउन नसकेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । ती दुई संस्थाले आफ्ना डिलरमार्फत ग्रामीण क्षेत्रमा रासायनिक मल पठाए पनि डिलरहरुले कालोबजारी गरी मल बेच्ने गरेकाले वास्तविक किसान मल पाउनबाट बञ्चित भएको भनी जनप्रतिनिधिहरुले आरोप लगाएका हुन। कृषि ज्ञान केन्द्र पर्साले आयोजना गरेको स्थानीय तहसँगको एकदिने समन्वय गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधिले रासायनिक… पुरा पढौ

भूकम्प प्रभावित जिल्लामा निःशुल्क वितरण भएको इन्टरनेटमा अब शुल्क लाग्ने

काठमाडौं, २७ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेटमा अबदेखि शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकाेमा मङ्गलबारदेखि उक्त सेवा सकिएको जनाइएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीका बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न… पुरा पढौ

कर्णालीमा थप १३१ जनामा कोरोना सङ्क्रमण, ७९ जना सङ्क्रमणमुक्त भएर घर फर्के

सुर्खेत, २७ असोज । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका नवराज कँडेलले जानकारी दिए । कोरोना सङ्क्रमण हुनेहरुमा सुर्खेतका १०७, कालिकोटका ६, जुम्लाका ५, दैलेखका ३, हुम्लाका २ र अन्य प्रदेशका ८ जना… पुरा पढौ

पाेखरामा थप एक काेराेना संक्रमितकाे मृत्यु

पाेखरा, २७ असाेज । पाेखरामा मंगलबार थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मृत्युु  हुनेमा लमजुङ वेसिसहर नगरपालिका वडा २ का ५६ वर्षीय पुरूष हुन्। गत असाेज १८ मा काेराेना पुष्टि भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे काेभिड १९ उपचार केन्द्रकाे आइसियूमा राखेर उपचार गराइरहेका उनकाे मंगलबार दिउँसो ४ बजेर २३ मिनेटमा मृत्यु भएकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए।  पश्चिमाञ्चल अस्पतालमा काेराेनाबाट ज्यान गुमाउने उनी १२ आैं संक्रमित हुन्। याे सहित गण्डकी प्रदेशमा ४१ जना काेराेना… पुरा पढौ