समाचार

निजी क्षेत्र आर्थिक विकासका सहयात्री हुन् : मुख्यमन्त्री गुरुङ

पाेखरा, २७ असाेज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्र आर्थिक विकासकाे मुख्य सहयात्री रहेकाे बताएका छन । निजी क्षेत्र तथा प्रदेश सरकारको सहकार्य तथा साझेदारीमा प्रदेशले थप प्रगति हासिल गर्न सक्ने उनले बताए । नेपाल चेम्बर दिवस तथा नेपाल चेम्बर अफ कमर्स ७० वर्ष पुगेकाे अवसरमा पोखरा चेम्बर अफ कमर्सले प्रकाशन गरेकाे ‘संघीयतामा समृद्धि नामक स्मारिका विमोचन कार्यक्रमा बाेल्दै मुख्यमन्त्री गुरुङले आर्थिक विकासमा निजी क्षेत्रको योगदान अति महत्वपुर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकार निजीक्षेत्रसँग लगानी बिस्तारमा सहकार्य गर्न… पुरा पढौ

१२ वर्षदेखी अलपत्र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइनकाे निमार्ण पुनःशुरु

भरतपुर, २७ असोज । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० केभीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनकाे निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो । सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए । हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएकोमा काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको… पुरा पढौ

नेपालमा थप ३५५६ जनामा संक्रमण

काठमाडौं, २७ असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। हालसम्म संक्रमितकाे कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेकाे छ। उनका अनुसार मंगलबार देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १३ पुगेकाे छ। पछिल्लो २४ घण्टामा थप १७ हजार ५ सय ७७ वटा पीसीआर परीक्षण भएको हाे। हालसम्म १२… पुरा पढौ

कोभिड-१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झकझकायाे:प्रम ओली

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ ले मानवतावादी नयाँ विश्व व्यवस्थामा जान झकझकाएकाे बताएका छन । विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको उनले बताए । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तहका सरकारले कार्ययोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले रोक्नै नसक्ने प्राकृतिक प्रकोपप्रति सजगता राख्दै मानव गतिविधिले उत्पन्न… पुरा पढौ

बन्दाबन्दीमा फरार सूचीका ४८ जना अभियुक्त पक्राउ

महेन्द्रनगर, २७ असोज। कञ्चनपुर प्रहरीले कोरोना भाइरस महामारीका बीच जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ४८ जना फरार अभियुक्तलाई लकडाउन अवधिमा पक्राउ गरेको छ । समाजको शान्ति सुरक्षा कायम गर्न ग्रामीण स्तरसम्म खटिएको प्रहरीले गत साउनयता ४८ जना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमार्फत कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जबर्जस्तीकरणी उद्योग, चोरी, सवारी ज्यान, तस्करी, लागुऔषध कारोवार, आत्महत्या दुरुत्साहन र बहुविवाहलगायत मुद्दामा फरार अभियुक्त… पुरा पढौ

सञ्चार क्षेत्रमा कोभिडले पारेको प्रभावबारे सुझाव दिन उच्चस्तरीय समितिकाे अनुरोध

काठमाडौँ, २७ असोज । कोभिड-१९ ले सञ्चार क्षेत्रमा पारेको प्रभाव अध्ययनका लागि गठित उच्चस्तरीय अध्ययन समितिको सचिवालयले राय, परामर्श, सुझाव र प्रतिक्रिया दिन अनुराेध गरेकाे छ । समितिले असोजकाे अन्तिमसम्म सुझाव दिएर सहयोग गर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गरेको हाे । गएकाे साउन २६ मा गरिएकाे निर्णय अनुसार आमसञ्चारमाध्यमहरुको वर्तमान अवस्था, प्रभाव विश्लेषण, सम्भावित परिणाम, श्रमजीवी पत्रकार कर्मचारी व्यवस्थापनका बारेमा परेको प्रभाव, क्षति न्यूनीकरणका लागि गरिएकाे प्रयास, सरकारका तर्फबाट निर्वाह गरिनुपर्ने भूमिकाका बारेमा अध्ययन गर्न समिति बनाइएकाे थियाे । यस्तै कोभिड १९… पुरा पढौ

ठेक्का लागेको नौ महिनासम्म पुल निर्माण शुरु भएन

म्याग्दी, २७ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको नौ महिनासम्म पनि मोटरेबल पुल निर्माण शुरु भएको छैन । परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले विसं २०७६ माघ १७ गते फेवा–बिएम जेभीसँग रु दुई करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डिपिआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि… पुरा पढौ

सडेको अवस्थामा मृत गैँडा भेटियो, खाग र खुर भने सुरक्षित

नवलपुर, २७ असोज । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो । करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताए । सडेको अवस्थामा भेटिएको मृत… पुरा पढौ

जनप्रतिनिधि र सञ्चारकर्मीमा बढ्यो कोरोना जोखिम

महोत्तरी, २७ असोज । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन् । “पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, प्रमुख साहले भने, “सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।” अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च… पुरा पढौ

चितवनको इच्छाकामनामा बल्ल पुग्यो विद्युत

भरतपुर, २७ असोज । चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गरे । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । रु ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको… पुरा पढौ