समाचार

काठमाडौं महानगरपालिकाका विभिन्न वडामा स्वाब संकलन हुँदै

काठमाडौं, २५ असोज । काठमाडाैं महानगरपालिकाका विभिन्न वडामा आज स्वाब संकलन हुँदैछ । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाहरुमा स्वाब संकलन गर्ने र पीसीआर परिक्षणका लागि पठाउने कार्यलाई निरन्तरता दिएको छ । स्वाब संकलन गर्ने र संक्रमण पाेजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा पठाउने काम गरिरहेको बताएको छ । यसैक्रममा महानगरका विभिन्न वडाहरुमा आज स्वाब संकलन गर्न लागिएको छ । वडा नं ७ र ८ मा मध्यान्ह १२ वजे, वडा नं १५ र २४ मा पनि मध्यान्ह १२ वजे स्वाब संकलन… पुरा पढौ

पोखरामा स्कूटर ठक्करबाट एक युवतीको मृत्यु

पोखरा, २५ असोज । पोखरामा गएराति जीपले स्कूटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । भूपि शेरचन राजमार्गअन्तर्गत पोखरा–२ बागलुङ बसपार्कमा गएराति हरिचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको ग१ज ५८९६ नम्बरको बोलेरो जीपले ग १२ प ५३१३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कास्कीको माछापुच्छे गाउँपालिका वडा ७, धम्पुसकी २६ वर्षीया तारा बिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार दुर्घटनामा घाइतेलाई उपचारार्थ फिस्टेल अस्पताल, गैह्रापाटन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले… पुरा पढौ

रुपन्देहीमा गएराति कोरोनाबाट ३ जनाको मृत्यु

बुटवल, २५ असोज । रुपन्देहीमा कोरोना संक्रमणबाट गएराति एकै पटक ३ जनाको मृत्यु भएको छ । बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनलाई शनिबार स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । यस्तै, कोरोना विशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुुदर्शन थापाले जानकारी दिए । बुटवल–११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ… पुरा पढौ

५३५ घर नदी कटानको उच्च जोखिममा

टीकापुर, २५ असोज । कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका वडा नं ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ । यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् । बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर… पुरा पढौ

पर्वतमा सुरक्षित घर निर्माणकाे काम पाँच वर्षदेखि अलपत्र

पर्वत, २५ असोज । पर्वतमा हिंसापीडित महिला तथा बालबालिकाका लागि पाँच वर्षअघि निर्माण शुरू गरिएको सुरक्षित घर निर्माणकाे काम अलपत्र परेको छ । सदरमुकाम कुश्माको वडागाउँमा सुरक्षित घर निर्माणका लागि बोलकोबल गरेको रकम उठ्न सकेकाे छैन । रकम नउठेपछि निर्माणकार्य हुन सकेकाे छैन । महिला तथा बालबालिका विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै गएपछि उनीहरुलाई कानूनी उपचार दिनुपर्ने बेलासम्म अल्पकालीन समयसम्म राख्नका लागि विसं २०७३ असारमा सुरक्षित घर निर्माण शुरु गरिएको थियो । तत्कालीन प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको विशेष… पुरा पढौ

एनआरएनए विज्ञ सम्मेलन : तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध लडाइँ

काठमाडौं, २५ असोज । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए । यद्यपि पछिल्ला दुई वर्षयता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उनले बताए । पूर्वअर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताए… पुरा पढौ

भेरीमा कोरोनाबाट थप दुईको मृत्यु, २० सिकिस्त

बाँके, २५ असाेज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो… पुरा पढौ

कोरोना महामारीमा पनि वाग्मती सफाइ महाअभियान जारी

काठमाडौँ, २४ असोज । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती, यसका सहायक नदी र चक्रपथ सफाइ अभियानले भने निरन्तरता पाएका छन् । वाग्मती सफाइ महाअभियानको ३८७औँ हप्तामा पशुपति र शंखमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो । पशुपति क्षेत्रमा पहिलेभन्दा सफा देखिएको उनले जानकारी दिए । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृतवमा सफाइ गरिएको छ । कुहिने फोहरलाई मल… पुरा पढौ

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

पोखरा, २४ असोज । गण्डकीमा प्रदेशका थप २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा दुवै जना पुरुष हुन् । स्याङ्जाको आँधिखोला ६ घर भइ हाल बुटवलमा बस्दै आएका ८१ वर्षीय पुरुषको गएराति पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई शुक्रबार मात्र कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला र मुटुका रोगी समेत थिए । त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ताप पूर्व) को गैँडाकोट १ का ३६ वर्षीय पुरुषको शुक्रबार दिउँसो कलेज अफ… पुरा पढौ

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

सोलुखुम्बु, २४ असोज । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई संघीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए ।सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको संख्या… पुरा पढौ