समाचार

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

चितवन, २४ असोज । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ… पुरा पढौ

अशक्त भएका व्यक्तिलाई बाख्रा उपहार

झापा, २४ असोज । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर–४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी हुनुहुन्छ । उन राम्रोसँग बोल्न सक्दिनन् । आशिषकी आमा गोमा जोगीले ती बाख्रा बुझेर घर लैजानुभयो । आयआर्जनको कुनै स्रोत नभएको बताउने गोमाले अपाङ्गता भएको छोराको नाममा बाख्रा पाउँदा हर्षित भएको बताए । ‘घर लान्छु र राम्ररी स्याहार्छु’, बाख्रा उपहार पाएपछि… पुरा पढौ

वार्ता टोलीमा जुटेको सहमति शिक्षामन्त्रीद्वारा अस्वीकार !

काठमाडौं, २४ असोज । अनसनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच जुटेको सहमतिमा पनि शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले असहमति जनाएका छन् । बिहीबार जुटेको सहमतिमा मन्त्री पोखरेलले असहमति जनाएका छन् । ६ वटा बुँदामध्ये ५ वटामा सहमति हुनसक्ने भए पनि एक बुँदामा सहमति तत्काल गर्न नसकिने संदेश मन्त्री पोखरेलले पठाएका छन् । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए । स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको… पुरा पढौ

वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण

स्याङ्जा, २४ असाेज । वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु. सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण… पुरा पढौ

धनगढीमाई नगरपालिकाको सेवा बन्द

काठमाडाै, २४ असाेज । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ । नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै… पुरा पढौ

प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापना गर्ने

काठमाडौँ, असोज २४ । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन सबैमा आव्हान गरेको छ । सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन अनुसन्धानमा सघाऊ पुग्ने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाएको काउन्सिलले जनाएको छ । सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको लागि खोजी गर्ने काम प्रारम्भ भएकाे छ । काउन्सिलमा रहेका सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट,… पुरा पढौ

स्कूल बस ठक्करले मोटरसाइकलमा सवार २ को मृत्यु

पोखरा, २३ असोज । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोटस्थित दार्सिङमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँँदा २ जनाको मृत्यु भएको छ । वालिङबाट हेलुतर्फ जाँदै गरेको पायनिर हाइगर एजुकेसन एकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गएको ग १३ प २८१४ नम्बरको मोटरसाइकलाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार स्याङ्जाको भीरकोट ३, बानेथोक देउरलाली घर भई हाल कपिलबस्तु बस्ने ३१ वर्षीय ध्रुव भन्ने गुप्तबहादुर खत्री र भीरकोट ३, बानेथोक… पुरा पढौ

डा.केसी र सरकारबीचको वार्ता सहमति नजिक, अनसन तोड्ने तयारी

काठमाडौं, २३ असोज । लामो समयदेखि चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसी र सरकारबीच आज सहमति भएको छ । अनसनरत डा.केसी र सरकारी वार्ताटोलीबीच सहमति भएपछि संभवतः आजै डा.केसीको अनसन तोड्ने तयारी भएकाे बताईएको छ । बिहीबार सहमति हुन नसकेको विषय डा. केसीको ६ बुँदे मागको चौथो बुँदा रहेकाे थियो । आज दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो । शिक्षा सचिव गोपीनाथ मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली… पुरा पढौ

लुम्बिनी प्रदेशका कानूनमन्त्री केसीलाई कोरोना संक्रमण

रुपन्देही, २३ असोज । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई कोरोना भाइरस सङ्क्रमण पाेजेटिभ देखिएकाे छ। लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएकाे पिसिआर परीक्षण नतिजामा संत्रफमणा पोजेटिभ देखिएकाे हाे । सङ्क्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेशनमा रहेका छन । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको उनका स्वकीय सचिव पवन कवरले जानकारी दिएका छन । पुरा पढौ

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख कट्यो

काठमाडौं, २३ असोज । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख कटेको छ । शुक्रबार थप २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले १३ हजार २ सय ७९ परीक्षणमा थप २ हजार ५९ संक्रमित भएको जानकारी दिएका हुन् । तीमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा १ हजार ६ सय… पुरा पढौ