समाचार

काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा

बनेपा, २६ असोज । काभ्रे जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई समावेश गराइएको हो । दुई गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा पार्न सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । अब ज्यान… पुरा पढौ

विद्यालयमा होल्डिङ सेन्टर राख्दा अभिभावक त्रसित

झापा, २६ असोज  । अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन शुरु गर्नुपर्ने पर्ने भएकाले विद्यालयले होल्डिङ सेन्टर हटाउन मेचीनगर नगरपालिका र वडा नं ६ मा निवेदन नै दिएको छ ।        विद्यालयका प्रधानाध्यापक तुलसी निरौलाले अभिभावक र विद्यार्थीहरु नै विद्यालयमा भर्ना गर्न समेत आउन डराएको हुँदा तत्काल होल्डिङ सेन्टर हटाउन माग गरेको बताए ।“विद्यालयको विकल्पमा स्थान खोज्नु पर्यो”, उनले भन्नुभयो,… पुरा पढौ

चाडबाडमा बन्दाबन्दीतर्फ जान नपरोस् : प्रवक्ता ज्ञवाली

काठमाडौँ, २५ असोज । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना भएको बताएका छन । यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको स्पष्ट पारे । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताए । कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंँपछि परेकाेमा मन्त्री ज्ञवालीले… पुरा पढौ

प्राज्ञिक क्षेत्रलाई भातृ संस्था र भर्ती केन्द्रको रुपमा प्रयोग गर्न खोजियो:थापा

पोखरा, २५ असोज । गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले प्राज्ञिक क्षेत्रलाई बौद्धिक, सक्षम, समावेशी र उपलव्धीमुलक बनाउनु पर्नेमा त्यसो नगरेर नेकपाको भातृ संस्था र कार्यकर्ता भर्ती केन्द्रको रुपका प्रयोग गर्न खोजेको बताएका छन् । थापाले आज प्रदेश सभाको विशेष समयमा बोल्दै गण्डकी प्रदेश अन्तर्गत गठन हुन लागेका प्रतिष्ठानहरुमा नेकपाको सर्वपक्षिय, सहमति विरोधी सोच र एकात्मकवादी कार्यशैलीले प्रदेशको बौद्धिक क्षेत्र तहस नहस हुन लागेको बताए । उनले बौद्धिक र प्राज्ञिक प्रतिष्ठानहरुलाई नेकपाको भातृ संस्थाको रुपमा गठन गर्ने, कार्यकर्ता भर्ती केन्द्रको… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत, २५ असोज । प्रभावकारी रूपले काम गर्न नसकेकाे भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री, संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन । दलका प्रमुख सचेतक गुलावजंग शाहलाई आज आफ्नै पार्टीका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका हुन । यसको नेतृत्व सांसद यामलाल कँडेलले गरेका बताईएको छ । कर्णाली प्रदेशमामा नेकपाका ३३ सांसद रहेका छन् । सचेतक शाहलाई अविश्वासको प्रस्ताव बुझाउनेमा पूर्व माओवादीका ३ र पूर्व एमालेका १५ गरी १८ जनाले हस्ताक्षर बुझाएका हुन । सचेतक शाहले… पुरा पढौ

काँग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, २५ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल  (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्रा ई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा… पुरा पढौ

कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

चितवन, २५ असोज । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुएका थिए। उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि… पुरा पढौ

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

काठमाडौं, २५ असोज । सुनको मूल्य ८ सयले बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । पुरा पढौ

डा.केसीले अनशन तोडेपछि चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं, २५ असोज । सरकार र डा.गोविन्द केसीबीच गएराति सहमति भएर आज बिहान उनले अनशन तोडेपछि नेपाल चिकित्सक संघले पूर्व घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएकाे छ । संघका आजिवन सदस्य रहेका प्राध्यापक डा.गोविन्द केसीको १९ औं आमरण अनशनका सम्वन्धमा असोज २४ गते राति नेपाल सरकार र डा.केसीबीच सम्झौता भएको र डा.केसीले अनशन ताेडेपछि संघले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको आज बिहान जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ । यसअघि संघले डा.केसीको जीवन रक्षाको लागि सरकार गम्भीर नएको भन्दै… पुरा पढौ

गुर्जोका एक हजार ५५० बिरुवा निःशुल्क वितरण

काठमाडौँ, २५ असोज । रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन । मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए। यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा… पुरा पढौ