समाचार

विपद् व्यवस्थापन कोषमा फेकोफनको दुई लाख ५० हजार सहयोग

काठमाडौँ, १६ असोज । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासङ्घका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव–वन्यजन्तुबीचको द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेको बताए । “विशेषगरी चितुवाको आक्रमणबाट मानिस घाइते हुने, घरपालुवा पशुपन्क्षीको हानी नोक्सानी, मृग, बँदेल, दुम्सी, भालु… पुरा पढौ

प्रदेश ५ मा घुमफिर सेवा प्रणाली लागू

कपिलवस्तु, १६ असोज। जिल्ला प्रशासन कार्यालय तौलिहवाले घुमफिर सेवा प्रणाली लागू गरेको छ । कोरोना भाइरसको महामारीका समयमा सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रशासनले घुमफिर प्रणाली लागू गरेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो । प्रशासनका अनुसार आइतबार र बुधबार बुद्धभूमि… पुरा पढौ

ज्येष्ठ नागरिकलाई पोखरा महानगरकाे भव्य सम्मान

पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पोखराका १०७ वर्षीया कलावती गिरि र १०४ वर्षीय तेजबहादुर गुरुङ छन् । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा पोखरा ११ रानीपौवाका गुरुङलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा २४ की गिरीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उनीहरुकै घर पुगेर १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। कार्यक्रममा मेयर जिसीले खानपानमा ख्याल गर्ने हो भने आयु बढ्ने बताए… पुरा पढौ

सेवाग्राहीकाे लागि घुमफिर सेवा प्रणाली लागू

काठमाडौ, १६ असाेज । प्रशासन कार्यालय तौलिहवाले रोमिङ अर्थात् घुमफिर सेवा प्रणाली लागू गरेको छ । कोरोना भाइरसको महामारीका समयमा सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले प्रशासनले घुमफिर प्रणाली लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार जिल्लाका १० स्थानीय तहका सर्वसाधारणले तोकिएको बारमा सेवा लिन सक्नेछन् । साताको छ दिन सबै पालिकाका नागरिकले सेवा लिँदै आए पनि कोरोनाबाट बच्न र बढी भीडभाड हुन नदिन प्रशासनले बार तोकेर सेवा दिन लागेको हो । प्रशासनका अनुसार आइतबार र बुधबार… पुरा पढौ

दशैँका साइत सार्वजनिक, कात्तिक १० गते बिहान १०ः१९ मा टीकाको उत्तम साइत

काठमाडौँ, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले… पुरा पढौ

एकै दिन १९११ कोरोना संक्रमित थपिए

काठमाडौं, १५ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ९ सय ११ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ९ सय ६१ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको… पुरा पढौ

इजरायली श्रम बजार नेपालीका लागि खुला

काठमाडौं, १५ असोज । इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ । सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेका छन् । यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर… पुरा पढौ

बैरागी नेपाल सरकारका मुख्य सचिव

काठमाडौ, १५ असाेज । नेपाल सरकारकाे मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । लोकदर्शन रेग्मीले राजीनामा दिएपछि बैरागीलाई बाटाे खुलेकाे हाे । अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नेछन् । रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जाँदैछन् । यसैगरि सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाकाे लागि राजदुत नियुक्त गरेकाे छ । पुरा पढौ

नेपाली पाइलटले नै धेरै तलब बुझ्छन्:नेपाल एयरलाइन्स

काठमाडौँ, १५ असोज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण एको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवासुविधासम्बन्धी समाचारको खण्डन गरेको छ । केहीदिनयता स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको… पुरा पढौ

काठमाडौं महानगरका विभिन्न वडामा स्वाब संकलन हुँदै

काठमाडौं, १५ असोज । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज काठमाडौंका विभिन्न वडाहरुमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागेको जानकारी दिएको छ । पीसीआर परीक्षणका लागि वडा नं २८ मा बिहान ११.३० वडा कार्यालयमा स्वाब संकलन हुँदैछ । यस्तै, वडा नं २९ मा बिजय स्मारक मा.बि डिल्लिबजारमा बिहान ११.३० वजे, वडा नं ३० को मैतीदेवी मन्दिरमा मध्यान्ह १२ वजे, वडा नं २६ र २ को ११.३० वजे शान्ती बिद्या गृह लैनचौरमा स्वाब संकलन गर्न लागिएको… पुरा पढौ