समाचार

कर्णिकारको नेतृत्वमा मिडिया अलाइन्स नेपाल गठन

काठमाडौं, ७ असोज । संचार उद्योगको व्यवसायिक हक, हित तथा सुरक्षाका लागि काठमाडौंमा आज मिडिया अलाइन्स नेपाल गठन भएको छ । राष्ट्रिय न्यूज मिडिया संस्थाहरूका सञ्चालकहरुको बैठकबाट मिडिया अलाइन्स नेपाल गठन गरिएको हो । नयाँ गठित अलाइन्सको अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार रहेका छन । सल्लाहकारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली रहेका छन । उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल रहेका छन ।… पुरा पढौ

नेप्से परिसूचक ९.३७ अंकले बढ्यो, १ अर्ब बढीको कारोबार

काठमाडौं, ७ असोज । साताको चौथो दिन नेप्से ९ . ३७ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९ . ३७ अंकले बढेर १ हजार ५५५ दशमलव ५२ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज १ अर्ब ७२ करोड ७८ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समुहमध्ये होटल बाहेक अन्य सबै समुहमा हरियाली छाएको छ । पुरा पढौ

बालबालिकाका सुनका गहना लुट्ने महिला पक्राउ

काठमाडौँ, ७ असोज । महानगरीय प्रहरी वृत बौद्धले बालबालिकाका गहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीकमा लगाएका सुनका गहना लुट्ने ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो । म्याग्दी स्थायी घर भई काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले बालबालिकालाई फकाएर चकलेट, आइसक्रिम किनेर दिदैं सुन लगायतका धातुका गहना लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । प्रहरीको खोजीकाे सूचीमा रहेकी ति महिलाले सुन लुटेको… पुरा पढौ

सुदूरपश्चिमका सात ठाउँमा स्वचालित मौसम मापन केन्द्र

कञ्चनपुर, ७ असोज । मौसमी सूचना सङ्कलन गरी किसानलाई पूर्वजानकारी दिन सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र राखिएकाे छ । मौसमी सूचना सङ्कलन गरी तत्कालकाे विवरण हेर्न सक्ने गरी स्वचालित मौसम मापन केन्द्र राखिएकाे हाे । कृषि विकास निर्देशनालय दिपायलको रु २९ लाखको लागतमा टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएकाे… पुरा पढौ

स्थानीय तहले तयार गर्‍यो पाठ्यक्रम

लमजुङ, ७ असोज । गण्डकी प्रदेशअन्तर्गत लमजुङको एक स्थानीय तहले जिल्लामै पहिलो पटक विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेट्दै पाठ्यक्रम तयार गरेको छ । मध्यनेपाल नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम पुस्तक तयार गरेको हो । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिईएको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए। उनले भने “पाठ्यक्रममा पालिका भित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडिबुटी, कृषि, अन्य विविधता समेटिएको छ… पुरा पढौ

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बेच्ने

काठमाडौं, ७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो । बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य… पुरा पढौ

५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि

लहान, ७ असोज । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुख बबिता महतोलाई हस्तान्तण गरे । एकैपटक अधिकांश कैदीबन्दीमा कोरोना सङ्क्रमण देखिएपछि केही सहयोग… पुरा पढौ

पुराना राजनीतिज्ञ यज्ञप्रसाद आचार्यकाे निधन

काठमाडाै, ७ असाेज । पुराना राजनीतिज्ञ एवम् साहित्यकार तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौला सम्बन्धी समस्याबाट पीडित रही नर्भिक अस्पतालको सघन कक्षमा उपचाररत आचार्यको मंगलबार साँझ निधन भएको हो । तत्कालीन राजा वीरेन्द्रको शासनकालमा गाउँ फर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद् स्थायी समितिका सदस्य समेत रहेका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरेका थिए । राजनीतिका अतिरिक्त २०११ सालको नेपाली भाषा आन्दोलन, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र… पुरा पढौ

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

भरतपुर, ७ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल… पुरा पढौ

सहस्रधारामा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत ७ असोज । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने वित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । मङ्गलवार साँझदेखि यस क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । वर्षा नरोकिँदा अवरुद्ध सडक खुलाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए… पुरा पढौ