समाचार

गण्डकीमा १४ संक्रमित थपिए

पाेखरा, ६ असाेज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ९३ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा मंगलकार प्रदेशमा थप १४ जना संक्रमितहरु थपिएका हुन्। जसमा लमजुङमा ६, तनहुँमा ४, पर्वतमा ३ र बाग्लुङमा १ जना भेटिएका हुन्।बागलुङ जिल्ला, बरेङका १९ बर्षीय पुरुष, लमजुङ जिल्ला बेसीसहर-९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका चारैजना गरि ७ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन्। लमजुङ जिल्ला, बेसीसहर-८ का २६ बर्षीय महिला… पुरा पढौ

काभ्रेमा थप एकको कोरोना सङ्क्रमणबाट मृत्यु

काभ्रे, ६ असोज । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन्। पुरा पढौ

प्रदेश न. १ मा कोरोना सङ्क्रमित ११९ थपिए

विराटनगर, ५ असोज । प्रदेश न. १ मा पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सुनसरी र झापाका एक एक महिला छन् । यस प्रदेशमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा प्रदेशमा ११९ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा ५३ महिला र ६६ पुरुष छन् । सङ्क्रमितमा मोरङमा १०५, सुनसरीमा नौ, झापामा दुई, उदयपुर, संखुवासभा र प्रदेश बाहिरका एकएक जना छन् । पुरा पढौ

कोरोनाबाट थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थप

काठमाडौं, ५ असोज । नेपालमा पछिल्लो समय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको जनाएका हुन् । जसमा सुनसरी जिल्लाका ४९, झापामा ७२, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । काठमाडौंमा ५८ र ७३ वर्षीय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुष, मकवानपुरमा १७, ललितपुरमा… पुरा पढौ

आन्तरिक उडानले पोखरा विमानस्थलमा चहलपहल

पोखरा, ५ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले ६ महिनादेखि रोकेको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ । उडान सुरुसँगै पर्यटकीय नगरी पोखरास्थित पोखरा विमानस्थलमा चहलपहल सुरु भएको छ । बुद्ध र यति एयरलाइन्सले काठमाडौं–पोखराको लागि सोमबार ४ उडान गरेका छन् । बुद्ध एयरको जहाज ६ महिनापछि ५ बच्चासहित ५६ यात्रु बोकेर बिहान करिब ९ बजे पहिलो पटक ल्याण्ड भएको हो । बुद्ध एयरका पोखरास्थित स्टेशन इञ्चार्ज गौतम बरालका अनुसार कुल ७२ सिटे जहाजमा आवश्यक… पुरा पढौ

कीर्तिमानी पर्वताराेही आङरिता शेर्पाको निधन

काठमाडौं, ५ असोज । १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । सोलुखुम्बुको थामेमा जन्मनुभएका ७२ वर्षीय ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । पुरा पढौ

आगामी पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ, ५ असोज । आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर… पुरा पढौ

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

सर्लाही, ५ असोज । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको रेलमार्गमा आगामी डेढ वर्षमा रेल गुडाउने विभागले तयारी गरेकाे छ । विभागका अनुसार १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमिटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्र गतिमा भइरहेको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा आइसकेपछि जनकपुरसहित प्रदेश २ को सांस्कृतिक र पर्यटकीयसहित… पुरा पढौ

६ महिनापछि आन्तरिक हवाई उडान शुरु

काठमाडौं, ५ असोज । देशभर लकडाउन भएसंगै बन्द रहेको आन्तरिक हवाई उडान ६ महिनापछि आज असाेज ५ गतेबाट शुरु भएको छ । हवाई कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेका स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डलाई अपनाएर सेवा सञ्चालन गर्ने बताएका छन् । बुद्ध एयरले आज राजविराज बाहेक साविकका सबै क्षेत्रमा उडान गर्न लागेको बताएको छ । कम्पनीले बिहान काठमाडौं पोखरा उडान गरेको छ । वुद्ध एयर काठमाडौं एयरपोर्ट कार्यालयका अफिसर पंकज केसीले राजविराज बाहेक पोखरा काठमाडौं, धनगढी, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुर, भद्रपुर,… पुरा पढौ

बिचौलियाको मारमा केरा किसान

चितवन, ५ असाेज । पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको तीन हाराहारीमा बिक्री गर्छिन् तर स्थानीय बजारमा आफूले भने प्रतिकोसा १० सम्ममा किन्छिन्। उनी मात्र होइन देशभरका किसान र उपभोक्ता बिचौलियाको मारमा छन् । अधिकारीले गुनासो गरिन्ऽ “बिचौलियाको यो मनोमानीको विषयमा तपाइँहरुले कलम चलाइदिनुपर्यो ।” आफूले सस्तोमा बिक्री गर्दा उपभोक्ताले त्यहीअनुसारको मूल्यमा किन्न पाए सन्तोष हुने अधिकारीको भनाइ छ । भरतपुर महानगरपालिका–२६ भगडीमा १० बिघामा उनको पौलमी कृषि फार्म छ । त्यहाँको चार बिघामा चार हजार घरी… पुरा पढौ