समाचार

एकै दिनमा झण्डै १५ सय संक्रमित, निको हुने ५० हजार नाघे

काठमाडौं, ८ असोज । नेपालमा गएको २४ घण्टामा झण्डै १५ सय संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ४ सय ९७ जना संक्रमित थपिएको जनाएका हुन् । उनका अनुसार ११ हजार ४ सय ४९ परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । हाल नेपालमा १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् । २५ हजार सक्रिय संक्रमित नाघे आवश्यक लकडाउन गर्न मन्त्रालयले सरकारलाई सिफारिस गर्ने भएको… पुरा पढौ

नेपाली सेनाले तयार पारेका दुई होल्डिङ सेल्टर बन्द

भक्तपुर, ८ असोज । सरकारले गत जेठ २३ गतेदेखि विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १ र २ का नागरिक राख्न नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टर बन्द गराएको छ । कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा जेठ २३ गते पहिलो उडानका रुपमा म्यान्माली सेनाको जहाजबाट आएका नेपालीदेखि हालसम्म फर्किएका प्रदेश १ र २ का नागरिकलाई भक्तपुरका दुई होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्ला पठाउँदै आएको थियो । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार सूर्यविनायक नगरपालिका–५… पुरा पढौ

नारायणीको सतहले खतराको विन्दु पार गर्‍यो

चितवन, ८ असोज । विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन… पुरा पढौ

कुलेखानी जलाशयमा पानीको सतह दुई मिटर बढ्यो

मकवानपुर, ८ असोज । केहि दिनयता निरन्तर भईरहेको भारी वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह दुई मिटर बढेको देखिएकाे छ । कुलेखानी देशकै ठूलो कृत्रिम जलाशय पनि हो । जलाशय मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा पर्छ । कुलेखानीमा बितेको २४ घण्टामा दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले बताएका छन् ।आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५२१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन पानीको सतह एक हजार ५१९ दशमलव ४८ मिटर थियो । कुलेखानीमा वर्षाको… पुरा पढौ

भारी वर्षाको संभावना, सर्तक रहन विभागको अनुरोध

काठमाडौं, असोज ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ देखि कर्णाली प्रदेशसम्म भारी वर्षाको संभावना रहेको बताएको छ । वर्षाको कारण वाढी, पहिरो जान सक्ने संभावना भएकोले सतर्क रहन अनुरोध गरेको छ । हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केहि स्थानहरुमा भारी वर्षा भैरहेको विभागले बताएको छ । विभागले आज बिहान मौसम पूर्वानुमान सूचना जारी गर्दै दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रहने बताएको… पुरा पढौ

गण्डकीमा संक्रमित ३५८२ पुगे

पोखरा, ८ असोज । पोखरामा थप ३ जना कोरोना संक्रमित फेला परेका छन् । पोखरा वडा ९ का ४२ वर्षीय पुरुष, वडा १० का ३२ र ३४ वर्षीय पुरुष संक्रमित बनेका हुन् । यो सहित गण्डकीमा कुल संक्रमित संख्या ३ हजार ५ सय ८२ पुगेको छ । पुरा पढौ

स्याङ्जा पहिरोमा ६ जनाको मृत्यु, ४ बेपत्ता

पोखरा, ८ असोज । अविरल वर्षापछि स्याङ्जाको वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । वालिङ–१४, तमादीकी माया नेपालीको घरमाथिबाट बिहीबार बिहान ६ बजेतिर खसेको पहिरोमा पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् । मृत्यु हुनेमा ४८ वर्षीया माया नेपालीसहित २७ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली हुन् । बेपत्ता ४ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनायो । पहिरोमा मायाको परिवारका… पुरा पढौ

नेपाल बैंकद्वारा गैह्र बैंकिङ सम्पत्ति बिक्रीका लागि बोलपत्र आह्वान

काठमाडौं, ८ असोज । नेपाल बैंक लिमिटेडले देशभरीका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि आज सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको प्रधान कार्यालय, कर्जा असुली विभागले गोप्य सिलबन्दी बोलपत्रबाट जग्गा बिक्री गर्न लागेकाे हाे । यसका लागि आफुले लिन चाहेको मूल्य खुलाएर आवेदन दिन हुन अनुरोध गरेको छ । बैंकले आफ्नो नाममा रहेका गैह्र बैंकिङ सम्पत्तिहरु र जग्गाको बोलपत्र आव्हान गरेकोले यसका लागि तीन हप्ता (२१) दिनभित्र आवदेन दिन सकिने बैंकद्वारा आज प्रकाशित सूचनामा जनाईएको छ । घरजग्गा… पुरा पढौ

अपाङ्गता भएका महिलाको महासङ्घ सार्वजनिक

काठमाडौ, ८ असाेज । अपाङ्गता भएका महिलाको नयाँ सङ्गठन अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन भएको छ । एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नारासहित ‘कोभिड १९ ले अपाङ्गता भएका महिलामाथि पारेको प्रभाव’ विषयक भर्चुअल छलफलसहित बुधबार संस्था सार्वजनिक भएको छ । महासङ्घमा अधिकारकर्मी निर्मला धितालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले मन्त्रालयले अपाङ्गता भएका… पुरा पढौ

ताप्लेजुङमा जोखिम बढ्यो

ताप्लेजुङ, ८ असोज । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा… पुरा पढौ