समाचार

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणसँगै सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज गरिएको उनका स्वकीयसचिव भरत तिवारीले बताए । आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जनाइएको छ । यसैबीच, महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना… पुरा पढौ

गण्डकीमा संक्रमित ३४ सय पार, पोखरामा १३ थप

पोखरा, ३ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या शनिबार ३४ सय नाघेको छ । शनिबारमात्रै प्रदेशमा ६६ जना कोरोना संक्रमणका बिरामी फेला परेका हुन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार ४ सय २ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनायो । जसअनुसार पोखरामा थप १३ जनामा कोरोना संक्रमण देखा परेको छ । तीमध्ये २ महिला र ११ पुरुष छन् । यसैगरी, नवलपुरमा ४५, तनहुँ ३, स्याङ्जा र पर्वत २–२ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य… पुरा पढौ

कोरोनामा पनि अर्थतन्त्रका सूचक सकारात्मक देखिएः प्रधानमन्त्री

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको ठूलो असर पर्दा पनि देशमा अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताए । शनिबार संविधान दिवशका अवसरमा आयोजित विशेष समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रका सूचकहरु राम्रो रहेको बताएका हुन् । कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।… पुरा पढौ

गण्डकीमा १५ संक्रमित थप

पोखरा, ३ असाेज । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ निर्देशनालयले शनिबार विज्ञप्तिमार्फत प्रदेशका नवलपुर, स्याङ्जा , पर्वत र लमजुङमा गरि ४ जिल्लामा १५ जना काेराेना संक्रमित पुष्टि भएकाे जनाएको हाे। तीमध्ये नवलपुरकै ११ जना छन्। याे सहित कुल संक्रमित संख्या ३ हजार ३ सय ५१ पुगेकाे छ। पुरा पढौ

पत्रकारमाथि प्रहरी ज्यादतिको सर्वत्र विरोध

काठमाडौं, २ असोज । समाचार संकलन क्रममा प्रहरीले काठमाडौंमा पत्रकारमाथि दुव्यर्वहार गरेको छ । सो दुव्यर्वहारप्रति सर्वत्र निन्दा गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेसमाथि भएको ज्यादतिको कडा शब्दमा भत्र्सना गरेको हो । महासंघ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र रुपमा पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि भएको ज्यादतिको कडा शब्दमा भत्र्सना गर्दछ । र, प्रेसको… पुरा पढौ

गणेशमान नेपाली राजनीतिका शिखर पुरुष: सभापति देउवा

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता गणेशमान सिंह नेपाली राजनीतिका शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता र आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् । नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज सभापति देउवाले उहाँकै प्रेरणा र मार्गदर्शनले आफू सानो उमेरमै राजनीतिमा होमिएको बताएका छन् । “मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ”, सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।… पुरा पढौ

सुनको मूल्य वृद्धि

काठमाडौं, २ असोज । आज सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि भएर ९७ हजार रुपैयाँ कायम भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ । पुरा पढौ

युवालाई स्वरोजगार बनाउन विनाधितो कर्जा

खस्यौली, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो । पहिलो चरणमा रु दुई करोड कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै ७०० मध्ये पहिलो चरणमा छनौट भएका ८७ लाई कर्जा दिन थालिएको हो ।… पुरा पढौ

नेपालमा एकै दिन संक्रमित हुने संख्या २ हजार नाघ्यो

काठमाडौं, २ असोज । नेपालमा एकै दिनमा २ हजार बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभर २ हजार २० जना कोरोना संक्रमित थप भएको जानकारी दिए । यो सहित देशभर संक्रमित हुनेको कुल संख्या ६० हजार ५ सय ९३ जना पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना पुगेका छन्… पुरा पढौ

गण्डकीमा कोरोनाबाट थप एक जनाको मृत्यु

पोखरा, २ असोज । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको देवचुली–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो । गएको भदौ २५ मा अस्पताल भर्ना भएका उनमा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वास तथा मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित ती पुरुषको शुक्रबार बिहान १२ बजेर १८ मिनेटमा उपचार क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले विज्ञप्तिमार्फत जनाएको छ । यो सहित गण्डकीमा कोरोना संक्रमणका कारण… पुरा पढौ