समाचार

नेपाल पर्यटन बोर्डद्वारा चाडपर्व फोटो प्रतियोगिता आयोजना

काठमाडौँ, ३१ भदौ । नेपाल पर्यटन बोर्डले चाडपर्वको अवसर पारेर फोटो प्रतियोगिता आयोजना गरेको छ । चाडपर्व पहिले जस्तो रमाईलो गरेर मनाउन नपाएएको समयमा आफुलाई सिर्जनशिल बनाई चाडपर्वको अनुभूति गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बोर्डले बताएको छ । प्रतियोगितामा नेपालका कुनै पनि चाड, गतिविधि तथा समय सन्दर्भ मिलेका फोटोलाई अनलाइनबाट पठाउन सकिने भएको छ । यसका लागि मङ्सिर १० गतेसम्म फोटो पठाउने म्याद दिईएको बोर्डले जनाएको छ । पर्यटन बोर्डको फोटो अभियान साइट www.photonepal.travel मार्फत फोटो पठाउन सकिनेछ । बोर्डका… पुरा पढौ

हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा

काठमाडौ, ३१ भदौ । हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आएका छन । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौँ आइपुगेको हो । टोली शेख इशा एयरवेजबाट विशेष विमानमार्फत नेपाल आएको हो । टोलीमा बहराइन रोयल गार्ड डिभेन्स फोर्समा कार्यरत १५ बहराइनी र तीन बेलायती रहेको बताइएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइन अधिराज्यबाट राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र… पुरा पढौ

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. उप्रेती नियुक्त

काठमाडौं, ३१ भदौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा. उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए । यस्तै सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ दुवै जनालाई अध्यक्ष डा. उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए । मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

जनकपुरधाम, ३१ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए । दुर्घटनामा परी गम्भीर घाइते पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले… पुरा पढौ

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी शुरु

काठमाडौँ, ३१ भदौ । सरकारले असोज १ गतेदेखि यातायात सेवा संञ्चालन गर्न पाउने निर्णय गरेपछि पर्यटक बस व्यवसायीहरुले बस सञ्चालनको तयारी शुरु गरेका छन । उनिहरुले सरकार तथा विश्व स्वास्थ्य संगठनले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी शुुरु गरेका हुन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि बन्द रहेका पर्यटक बस सेवा असोज १ गतेबाट सञ्चालन गर्न पाउने भएपछि व्यवसायीले केहि राहत महसुस… पुरा पढौ

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु

काठमाडौं, ३१ भदौं । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । “यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ”, प्रमुख… पुरा पढौ

पोखरामा अर्का एक पत्रकार कोरोना संक्रमित

पोखरा, ३१ भदौ । पोखरामा कार्यरत् अर्का एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्याङ्जाको पुतलीबजार नगरपालिका वडा १३ घर भई हाल पोखरा–४ मा बस्ने ३८ वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञप्तिमार्फत् जनाएको हो । सुरुवातमा ज्वरो आएपछि स्वाब दिएका उनको रिपोर्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । रिपोर्ट आइसक्दा आपूmलाई धेरै सुधार अनुभूति भएको उनले बताएका छन् । यसैबीच, कास्कीमा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा ६… पुरा पढौ

माउन्टेन इनर्जीद्वारा आईपिओ खुला

काठमाडौं, ३१ भदौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपिओ खुल्ला गरिएको बताएको छ । पहिले कम्पनीले गएको साउन महिनाको ८ गतेदेखि आईपिओ निष्काशन गर्ने बताएपनि देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको समस्याका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो । माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रति शेयर अंकित मूल्य रु १०० दरका १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर, आयोजना अति प्रभावित क्षेत्र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ४ र तादी गाउँपालिका… पुरा पढौ

सुत्केरीमा कोरोना देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक शल्यक्रियाबाहेक प्रसूति सेवा बन्द

पोखरा, ३१ भदौ । प्रसूति वार्डमा भर्ना भएकी एक युवतीमा शल्यक्रियाको ३ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । जसका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा अत्यावश्यक शल्यक्रियाबाहेक बन्द गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया युवती गत भदौ २७ गते सुत्केरी सेवाका लागि अस्पताल भर्ना भइन् । शल्यक्रिया नगरिए आमा र बच्चाको स्वास्थ्य अवस्था जटिल हुने चिकित्सकले बताएपछि सोही दिन उनीहरुले आकस्मिक शल्यक्रिया गरे । ती युवतीमा कोरोनाको लक्षण देखिएपछि कोभिड–१९ आशंकामा भोलिपल्ट… पुरा पढौ

एक र दुई रुपैयाँका नयाँ नक्सा अंकित सिक्का आउने

काठमाडौं, ३१ भदौ । नेपाल सरकारले नयाँ नक्सा अंकित एक रुपैयाँ तथा दुई रुपैयाँको सिक्का निष्कासन गर्न केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरेपछि नयाँ नक्सा अंकित सिक्का आउने भएका छन । मन्त्रिपरिषद बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनका लागि सोमबार बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो । यसअघि निस्कासन भएका नोट र सिक्कामा पुरानो नक्सा अंकित छ । राष्ट्र बैंकले सरकारको स्वीकृति पाएसंगै लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नयाँ नक्सा अंकित सिक्का निष्कासनको प्रक्रिया शुरु गर्न लागेको बताइएकाे छ । पुरा पढौ