समाचार

शंकास्पद मृत्युको काेराेना परिक्षण गर्नुपर्ने कांग्रेसको माग

काठमाडौँ, १ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारको सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताए । परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक… पुरा पढौ

पोखरामा एकै पटक ४० प्रहरीमा कोरोना संक्रमण

पोखरा, १ असोज । पोखरामा एकैपटक ४० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पोखरा–१५ स्थित प्रहरी कार्यालय, रामबजारमा कार्यरत १ महिलासहित ३९ पुरुष गरी ४० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो विज्ञप्तिमार्फत् जनाएको हो । पोखरामा यसअघि एकै पटक यति ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएको थिएन। योसहित पोखरामा कुल ६६ जना संक्रमित थपिएका हुन् । लमजुङका ५ र तनहुँका ३ गरी पछिल्लो पटक ७४ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय… पुरा पढौ

वामदेव गौतम अब माननीय

काठमाडौं, १ असोज । नेपाल कम्यूनिष्ट पार्टीका उपाध्यक्ष समेत रहेका वामदेव गाैतम आजबाट फेरी माननीय भएका छन । राष्ट्रियसभा सदस्यमा आज मनोनित भएका गौतमले अपरान्ह पद तथा गोपनियताको सपथ लिएका हुन । आज दिउँसो राष्ट्रपति विद्या भण्डारीबाट गौतमले पद तथा गोपनियताको सपथ लिएका हुन । गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनियताको सपथ गराएका थिए । गएको सोमबार मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट मनोनित हुने १ सदस्य फागुनदेखि राष्ट्रियसभामा खाली… पुरा पढौ

मुक्तिनाथ विकास बैंकद्वारा ई–टेलर सेवा शुरु

काठमाडौं, १ असोज । मुक्तिनाथ विकास बैंक लि.ले कोरोना भाइरस (कोभिड १९) को महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ । ई–टेलर सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन । त्यस अवसरमा उनले अब ग्राहकले खाताकाे रकम निकाल्न चेकको प्रयोग गर्न नपर्ने बताए । आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बताए । पोखरेलका अनुसार यो सेवा बैंकका… पुरा पढौ

म्याग्दी जिल्ला कोरोना संक्रमणमुक्त

म्याग्दी, १ असोज । म्याग्दी जिल्ला तत्कालको लागि कोरोना सङ्क्रमणमुक्त भएको छ । आइसोलेसनमा रहेका १७ जना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । आइसोलेसनमा रहेका एकजना प्रहरी जवानको पिसिआर परिक्षण नतिजा नेगेटिभ आएसंगै म्याग्दी तत्कालको लागि सङ्क्रमणमुक्त जिल्ला भएको हो । पुरा पढौ

सक्छौ तोकिएको मूल्य देऊ, सक्दैनौ चिया फिर्ता देऊः चिया किसान

इलाम, १ असोज । चिया किसानले उद्याेगीलाई ताेकिएकाे मूल्य दिन नसके चिया फिर्ता दिन माग गरेका छन । असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम प्रति किलो रु ४० दिनुपर्ने प्रावधान स्थानीय सरकार  (सूर्योदय नगरपालिका) ले बनाएको छ तर मापदण्डको धज्जी उडाउँदै कतिपय उद्योगीले हरियो चियापत्तिको मूल्य २० देखि ३० रुपैयाँको अनुपातमा दिँदै… पुरा पढौ

१ कराेड लागतमा पार्वतीकुण्डमा १०८ धारा निर्माण

रसुवा, १ असोज । हिमालयकी पुत्री पार्वती विराजमान भएको जनविश्वास रहेकाे पवित्र पार्वतीकुण्डमा एक कराेडकाे लागतमा स्नानका लागि १०८ धारा निर्माण गरिएको छ । पार्वती माताको दर्शन गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहेकाे छ । पवित्र तीर्थ संरक्षण कार्यक्रमअन्तर्गत स्नानका लागि सहज पार्दै कुण्डको जलले निकास लिएका स्थानमा १०८ धारा निर्माण गरिएको कुण्ड संरक्षण समितिले जनाएको छ । एकातिर प्रचारप्रसारको कमी र अर्कातर्फ बोझोले भरिन गई ओझेलमा परिरहेको कुण्ड संरक्षणका लागि वाग्मती प्रदेश सरकारले गरेको रु एक करोड… पुरा पढौ

नेकपा उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम आज राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन । उनले भने, अब यो सूचना संसद सचिवालयमा जान्छ । बुधबार मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट मनोति हुने तीनमध्ये एक सदस्य गएको फागुनदेखि राष्ट्रियसभामा खालि थियो । पुरा पढौ

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

लहान, १ असोज । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । सिरहाको गोलबजार, मिर्चैया र लहान बजारको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले विक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको हो । टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक… पुरा पढौ

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

मुग्लिन, १ असोज । पहिराेकाे कारण अवरुद्ध भएकाे नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे छ । आज बिहान चार किलोमा खसेको पहिरोलाई हटाएपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे हाे । सडकमा रोकिएका गाडीहरु आआफ्नो गन्तव्यतिर गएका प्रहरीले बताएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने उक्त स्थानमा बिहान साढे ४ वजे पहिरो खसेको थियो । उक्त क्षेत्रमा सोमबारदेखि पटकपटक पहिरो खस्दै सडक अवरुद्ध हुँदै आएको छ । पुरा पढौ