समाचार

किसानले चियाको न्यूनतम मूल्य पाउने

इलाम, ३१ भदौ । इलामको सूर्योदय नगरपालिकाले चिया किसानलाई हरियो चियापत्तीको मूल्य कानून बमोजिम दिने प्रतिवद्धता व्यक्त गरेको छ । काूननले तोके अनुसारको रकम नपाएको भन्दै आन्दोलन गर्दै आएका किसानले मूल्य पाउने आश्वासन पाएपछि भने केहि राहतको महसुस गरेका छन् नगरपालिकाले बनाएको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ ले प्रतिकिलो चियाको ४० रुपैयाँ उद्योगीले दिनुपर्ने उल्लेख छ । कतिपय र उद्योगीले तोकिएको ४० रुपैयाँ नदिएको किसानले बताएका छन् । नगरपालिकाका प्रमुख रणबहादुर राईले भने, कार्यविधिमा तोकिएबमोजिमे मूल्य किसानले पाउनु… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुग्लिन, ३१ भदौ । सडकमाथिबाट पहिरो र लेदो माटो झरेपछि नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि बिहानैदेखि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने ठाउँमा सडकमाथि पहराबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण पहिरोसंगै लेदो झर्ने क्रम रोकिएको छैन । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले पहिरो हटाउने प्रयास भईरहेको बताएका छन् । पुरा पढौ

सर्केगाडमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै,औषधि अभाव

सिमकोट, ३१ भदौ । सिमकोटको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै छ । ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लक्षण भएका बिरामीहरु धेरै देखिएका बताईएको छ । हाल २० जना बिरामी भेटिएका छन् । स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधि नपाएपछि बिरामीलाई थप समस्या भएको स्थानियले बताएका छन । उपचारका लागि एकजनालाई जिल्ला अस्पताल सिमकोट लगिएकोमा उनको मृत्यु भएपछि स्थानीयवासीले भयको महसुस गरेका छन् । उनिहरुले स्वास्थ्यकर्मीको टोली पठाउन अनुरोध गरेका छन् । ग्रामीण क्षेत्रका… पुरा पढौ

जागिरसँगै परोपकारी काममा जुटे युवाहरु

चितवन, ३१ भदौ । भरतपुर–९ की अञ्जना जोशी उमेरले २१ वर्ष पुगिन । उनि भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्छिन । अस्पतालको ड्युटीसँगै सेवाग्राहीको सेवामा जुट्ने उनको दैनिकी नै बनेको छ । विसं २०७२ मा गएको भूकम्पको बेला उनका अङ्कलले अमेरिकाबाट पीडितलाई सहयोग पठाए । अङ्कलको यो कर्मसँगै उनमा समाजसेवाको भावना विकास भयो । बजारको सडकमा कोही पल्टिएको देख्यो भने मन अमिलो हुन्छ । सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, उनले भनिन । सामाजिक कार्यमा… पुरा पढौ

अमेरिकी दूतावासद्वारा युवा सार्वजनिक नीति तालिमलाई सहयोग

पाेखरा, ३० भदाै । अमेरिकी राजदूत र्‍यान्डी डब्लु.बेरीले आज संसदीय सहयोगसम्बन्धी पूर्वव्यावसायिक कार्यक्रम प्रि-प्रोफेशनल पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पीपीएसपी)को पोखरामा उद्‍घाटन गरेका छन। युवाहरूका लागि नेपालमै पहिलो किसिमको फेलोशिपका रूपमा रहेको पीपीएसपीले कानून निर्माण र सार्वजनिक नीतिका विषयमा ज्ञान प्रदान गर्दछ। नेपालका ५२% मतदाता युवा रहेको तथ्यलाई सम्मान गर्दै अमेरिकी दूतावासले पोखरा रिसर्च सेन्टर (पीआरसी) सँगको साझेदारीमा आयोजना गरेको सार्वजनिक नीतिसम्बन्धी अनलाइन तालिममा गण्डकी प्रदेशका ११ ओटै जिल्लाबाट छानिएका २० देखि ३० वर्ष उमेर समूहका ५० जना युवाहरूको सहभागिता रहेकाे छ… पुरा पढौ

वीपी प्रतिष्ठानका तत्कालीन उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, ३० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०७६ पुस १७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गते सम्मको अवधिमा रु सात करोड ७१ लाख ९२ हजार ८६० बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ । आयोगका अनुसार दासको वैध आय रु सात करोड ६० लाख १० हजार ४८९… पुरा पढौ

प्राधिकरणमा कुलमानका चार वर्ष :संस्था खूद नाफामा

काठमाडौँ, ३० भदौ । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ । नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा दिएको र नाफा कमाएको पाउनसमेत मुस्किल छ । अर्थ मन्त्रालयको विवरण हेर्ने हो भने त्यस्ता संस्थाहरु केवल खर्चका भारी मात्रै बनिरहेका छन् । केही वर्ष पहिलेसम्म नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा… पुरा पढौ

धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

धरान, ३० भदौं । धरानको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।सुनसरीको धरान–१७ का ७० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।उनमा भदौ २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने मृतकमा उच्च रक्तचापसहित ज्वरो खोकी जस्ता समस्या रहेको थियो । पुरा पढौ

नेपालमा १४५९ संक्रमित थपिए, निको हुने ४० हजार कटे

काठमाडौं, ३० भदौ । नेपालमा गएको २४ घण्टामा करिब १४ सय बढी संक्रमित थपिँदा सोही हाराहारीमा निको पनि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा १ हजार ४ सय ५९ जना संक्रमित थप भएको जनाएका हुन् । योसहित नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय… पुरा पढौ

बाढी र पहिरोले सडक बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी, ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।शेरचनले दुई दिनदेखि मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको बताए । उनले भने मानिस आउजाउ गर्ने काठको अस्थायी पुल (साँघु) बनाएका छौँ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो… पुरा पढौ