समाचार

थपिए कोरोनाका ४ सय ६४ संक्रमित

काठमाडैं, २३ साउन । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। पुरा पढौ

पोखरामा एकैदिन १० संक्रमित फेला

पोखरा, २३ साउन । पोखरामा शुक्रबार १० संक्रमित फेला परेका छन् । बिहान २ जनामा कोरोना संक्रमण देखिएकोमा पुनः ८ जनामा कोरोना देखिएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । यसरी पोखरामा एकैदिन १० जनामा कोरोना भाइरस देखिएको हो। बिहीबार पोखरा ८ मा एकै परिवारमा थप ४ जनामा कोरोना देखिएपछि पोखरा क्षेत्रमा सतर्कता अपनाइएको छ । स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार शुक्रबार पोखरा १९ मा ६ जना, वडा १५ र वडा ३१ मा एक एक जनामा संक्रमण देखा… पुरा पढौ

कोरोना जोखिम बढेपछि काठमाडौंमा थप कडाई गर्ने निर्णय

काठमाडौँ, २३ साउन । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि थप कडाइ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी  (सीडीओ)  हरुले बताएका छन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ­’। पुरा पढौ

पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

बैतडी, २३ साउन । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए । सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी… पुरा पढौ

राजधानीका यी क्षेत्रमा विद्युत् काटिने

काठमाडौँ, २३ साउन । नेपाल विद्युत् प्राधिकरणले आज र भोली राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो । प्राधिरकणले आज र भोली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जनाएको छ । प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ ।… पुरा पढौ

श्रीमती र छोरीमाथि थिनर प्रहार

काठमाडौंमा थिनर प्रहार भएको छ । काठमाडौं चुच्चेपाटीका एक युवकले एसिड आक्रमण गरेको हल्ला चले पनि त्यो एसिड नभै थिनर भएको प्रहरीले जनाएको छ। हेटौंडा घर भइ काठमाडौं चुच्चेपाटी बस्दैआएका एक युवकले श्रीमती र छोरीमाथि थिनर प्रहार गरेका हुन्। घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं महानगरीय प्रहरी कार्यालयले जनाएको छ। आक्रमणबाट छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ । थिनर एक प्रकारको… पुरा पढौ

नुवाकोट आजदेखि ‘लकडाउन’

नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ । यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं… पुरा पढौ

प्रधानमन्त्री ओलीलाई छैन कोरोना

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । उनको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना भाइरस संक्रमित नभएको पुष्टि भएको छ। परीक्षण रिपोर्टमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री कार्यालयका कसैलाई पनि कोरोना नदेखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीलगायत प्रधानमन्त्री कार्यालयका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीसमेत संक्रमणको जोखिममा परेका थिए। मन्त्री यादव प्रहरी समायोजन सम्बन्धी साउन १७ गते बालुवाटारमा भएको बैठकमा… पुरा पढौ

सरकार लागू गर्‍यो सवारी पासमा नयाँ व्यवस्था

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेको र कार्यालयमा समेत मानिसको भीडभाड रोक्न उक्त व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए। अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ । निवेदन दिएर सोही दिन पास लिन कुर्दा मानिसको भीडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ । निवेदनको आधारमा भोलिपल्ट बिहान ८… पुरा पढौ

मन्त्रिपरिषद्का १८ बुँदे निर्णय के के छन् ?

सरकारले मन्त्रिपरिषद्का १८ बुँदे निर्णय बिहीबार सार्वजनिक गरेको छ । गत साउन १९ मा बसेको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा सुशील भट्टलाई नियुक्ति गर्नेदेखि नेपाल–भारतबीच भएको साना विकास आयोजना सम्झौता नवीकरण गर्नेसम्मका निर्णयहरू गरेको थियो ।सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बिहीवार मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । ती यसप्रकार छन् : १. लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री सुशील भट्टलाई नियुक्त गर्ने। २. नेपाल एकद्वार प्रणाली आयोजना कार्यान्वयन इकाइ सञ्चालनका लागि अर्थ मन्त्रालय र अन्तर्गत… पुरा पढौ