समाचार

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन

काठमाडौँ, २५ साउन  । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ ।     सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना… पुरा पढौ

आज विश्व आदिवासी दिवस : प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।    उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा… पुरा पढौ

शिक्षा पत्रकार समूहले तोक्यो प्रदेश संयोजक

शिक्षा पत्रकार समूहले प्रादेशिक संरचनाअन्तर्गत देशका सातै प्रदेशमा संयोजक तोकेको छ ।समूहको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दीपेन्द्र सिंह (जनकपुर), बागमतीमा ध्रुव अधिकारी (हेटौडा), गण्डकीमा केशवशरण लामिछाने (पोखरा), प्रदेश ५ मा मनोज पौडेल (कपिलबस्तु), कर्णालीमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी) संयोजक चयन छन् । गत वर्ष फागुनमा सम्पन्न समूहको २० औं साधारणसभाले प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको थियो… पुरा पढौ

गण्डकीमा भेटिए थप २४ कोरोना संक्रमित

पोखरा, २४ साउन । गण्डकीमा थप २४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा पछिल्लो समय ७ सय ८२ नमुना परीक्षणमा २४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । तीमध्ये बागलुङका १३, स्याङ्जाका ७, कास्की ३ र म्याग्दीका १ जना संक्रमित फेला परेका हुन् । यो सहित कुल संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । प्रदेशमा हालसम्म निको हुने १ हजार ४ सय ४३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशक… पुरा पढौ

विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्धार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ ।कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६ सय ६२ जनाको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन्। साउदी अरेबियाबाट ६ हजार ५ सय ८२, मलेसियाबाट ६ हजार ४ सय ६४, कुवेतबाट ६ हजार ३ सय २० र कतारबाट ४ हजार ७ सय १८ जनाको… पुरा पढौ

आगामी ३ दिन देशभर वर्षा हुने

नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन् । मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले यस वर्ष वर्षा बढी भएको बताइएको छ । साथै भारी वर्षाको सम्भावना समेत रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल प्रदेश २ र प्रदेश ५ का केही भूभागमा आंशिक बदली तथा… पुरा पढौ

वरिष्ठ लोकगायक महतलाई कोरोना संक्रमण

वरिष्ठ लोकगायक प्रेमराज महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथमा उनकी जीवनसंगीनी कविता केसी समेत संक्रमित भएकी छन् । लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र पत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका हुन् । उनले दुर्भाग्यवश कोरोनाबाट जोगिन नसकेको उल्लेख गर्दै सबैजना जोखिमबाट मुक्त हुन सन्देश दिएका छन् । नेपालमा तनहुँ निवासी महत हाल अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत छन् । आफ्ना छोरा डा. सरगम महतको निगरानीमा उनीहरु हाल आफ्नै घरको कोठामा आइसोलेसन बसेका… पुरा पढौ

रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु

रुपन्देहीमा कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा ४, छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा १ गम्भीर घाइते छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार परासीबाट भैरहवातर्फ जाँदै गरेको कार सडकबाट १० मिटर तलसम्म पल्टिँदा सवार ४ जना घाइतेमध्ये ३ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । मृतकमध्ये रुपन्देही ओमसतिया ४का २६ वर्षीय देवेन्द्र चौधरीको… पुरा पढौ

नमूना विद्यालयका शिक्षकलाई प्रविधि तालिम

नेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ । प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो । सरकारले उक्त विद्यालयलाई २४ थान कम्प्युटर, चार थान सिसिटिभी क्यामरा, इन्भर्टर, प्रोजेक्टरलगायतका सामग्री सहयोग गरेको थियो । सोही सामग्रीको प्रयोग गरेर शिक्षक शिक्षिकालाई तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए । दश दिनसम्म सञ्चालन हुने तालीममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल इन्टरनेट तथा मोबाइल एप सम्बन्धमा… पुरा पढौ

अपडेट: एयर इन्डिया एक्सप्रेस विमान दुर्घटनामा १७ को मृत्यु, १६० घाइते

काठमाडौं, २४ साउन । एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । तीमध्ये २ जना पाइलट छन् । चालक दलका अरु ४ सदस्य भने जीवित रहन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबईबाट केरला आएको सो विमान शुक्रबार बेलुका भारत केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना हुँदा १ सय ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर छ । विमानमा चालक दलका सदस्यसहित १ सय ९० जना सवार थिए । यात्रुमध्ये १० बालबालिका पनि… पुरा पढौ