समाचार

चालकलाई व्यावसायिक सीप अनिवार्य

सरकारले सार्वजनिक सवारीसाधन चलाउने चालकका लागि व्यावसायिक सीप अनिवार्य गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ‘सवारी तथा यातायात व्यवस्था ऐन’ संशोधनका लागि जारी छलफलमा चालकको योग्यता, सीप र उमेरका विषयमा छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको खाकामा सार्वजनिक सवरीसाधन चलाउने चालकका लागि उमेर २५ वर्ष उमेर पूरा हुनुपर्ने प्रस्ताव गरिएको छ । चालकले अनुमतिपत्र लिनका लागि १० कक्षा उत्तीर्ण हुनुपर्ने र पहिले निजी सवारीसाधन चलाएको अनुभव हुनुपर्ने पनि प्रस्ताव गरिएको छ । बर्सेनी… पुरा पढौ

पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी सडकखण्ड पहिरोका कारण यातायात अवरुद्ध भएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो । डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको उनले बताए । पुरा पढौ

पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

दाङमा पहिरोले पुरिँदा आमाछोरीको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा गएराति ३ बजेतिर घरमाथिबाट खसेको पहिराले घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र २ वर्षीया छोेरी आयुष्मा नेपालीको मृत्यु भएको हो । घरमा रहेका ५ जनामध्ये अन्य ३ जना भने सकुशल छन् । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् । केही दिनयताको लगातारको वर्षाले बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन्न् । पुरा पढौ

काठमाडौंमै पहिरोको जोखिम

काठमाडौं, १४ साउन । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ को तीन घरमा पहिरोले जोखिम पुरयाएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिरोका कारण देशैभरि ठूलो जनधनको क्षति भईरहेका बेला चन्द्रागिरिमा हुनसक्ने बाढीपहिरोको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र… पुरा पढौ

बाजुरा साँफे–मार्तडी सडकको बार्जुगाडमा भीषण पहिरो, पहिरोले घर बगायोे, गाउँ नै जोेखिममा

लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ । सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण पहिरो गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । पहिरो पन्छाउन दुईदेखि तीन दिन लाग्ने उनको भनाइ छ । तराई क्षेत्रबाट आएका यातायातका साधान बार्जुगाडपारि रोकिएका छन् भने २० भन्दा बढी मालवाहक ट्रक मार्तडीबाट बल्देसम्मको सडक क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सदरमुकामलगायत ग्रामीण क्षेत्रका स्थानीय हाटबजारमा… पुरा पढौ

जुवाखालबाट नगद सहित ४ जुवाडे पक्राउ

सोलुखुम्बु जिल्लाको सोताङबाट १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो । सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा रु १४ लाख ६५ हजार नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए । पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज… पुरा पढौ

गुम्बामा बन्यो पुस्तकालय भवन

पोखरा, १४ साउन । पोखरा हेमजाको याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा निर्मित पुस्तकालय भवन र डाइनिङ हल उद्घाटन गरिएको छ । गुम्बामा अध्ययनरत विद्यार्थी लक्षित गरी निर्माण गरिएको पुस्तकालय भवन, डाइनिङ हल र भान्छाकोठाको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले उद्घाटन गरे । सांसद विष्टले गुम्बाले बुद्ध शिक्षासँगै सामाजिक कामलाई निरन्तरता दिँदै अगाडि बढेको भन्दै प्रशंसा गरे । गुम्बाका लामा गुरु खेन्पो कुङ्गा ढेण्डुपले लकडाउनकैबीच सांसद विष्टको साथ र सहयोगमा पुस्तकालय, डाइनिङ हल र किचन निर्माणको काम सम्भव भएको बताए… पुरा पढौ

पहिरोले घर बगाउँदा रुकुमपश्चिममा २ जनाको मृत्यु

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–९, स्यालामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाएको हो । पहिरोमा २२ वर्षे नवीन सुनार र १६ वर्षे बलबहादुर सुनारको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम पश्चिममा लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । पहिरोले हस्तबहादुरकी आमा ६० वर्षे झुपी र पत्नी २२ वर्षे ब्यूझना, छोरीहरू ५ वर्षे कोपिला र ३ वर्षे ऋतुको सकुशल उद्धार गरिएको प्रहरीले जनायो… पुरा पढौ

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति

काठमाडौँ, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गर्नुभएको छ ।        विश्व बाघ दिवसका अवसरमा आज उहाँले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गर्नुभएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक… पुरा पढौ

भक्तपुरको कमलपोखरीमा डुबेर एक पुरुषको मृत्यु

भक्तपुर,११ साउन । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । पोखरीमा डुबेर चाँगुनारायण नगरपालिका–९ ताथली खड्का टोलका ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । लगाएको लुगा पोखरीको डिलमा राखेर पोखरीमा खड्का पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरे पनि तेस्रो पटक पसेपछि पोखरीमा डुबेर बेपत्ता भएका थिए । पछि पानीबाट उद्धार गर्ने तालीम प्राप्त उद्धार सामग्री सहितको प्रहरी निरीक्षक सुवास बुढाथोकीको… पुरा पढौ