खेलकुद

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा तेक्वान्दो छनोट सम्पन्न

पोखरा, १० भदाै । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा तेक्वान्दो खेलको छनोट सम्पन्न भएको छ । नवौंका लागि ग्योरोगी र पुम्सेतर्फ गरी कुल १६ जना खेलाडी प्रदेशस्तरिय प्रतिष्पर्धाका लागि छनोट भएका हुन् । कास्की जिल्ला तेक्वान्दो संघले विभिन्न तौल समुहमा खेलाडी छनोट गरिएको अध्यक्ष कुमार गुरुङले जनाएका छन् । छनोट भएका खेलाडी ग्योरोगीतर्फ पुरुष ५४ केजीमा अनुगमन विक, ५८ केजीमा अमृत गुरुङ, ६३ केजीमा राजकुमार चौधरी, ६८ केजीमा हेमन्त गुरुङ, ७४ केजी मुनी तौलमा आविष्कार बस्ताकोटी, ८० केजीमा सकिल लामगाडे… पुरा पढौ

आज केन्यासँग पहिलो टी-२० खेल्दै नेपाल

काठमाडौं, ९ भदौ । नेपालले आज केन्यासँगको सिरिजमा पहिलो टी-२० आई खेल्दैछ । पाँच टी-२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुने तय भएको छ । उक्त खेल नेपाली समय अनुसार आज दिउँसो पौने ४ बजे केन्याको नैरोबीमा रहेको जिमखान क्लब ग्राउन्डमा हुने तय भएको छ । विश्व टी-२० आई वरीयतामा नेपाल १४ औं र केन्या ३० औं स्थानमा छन् । नेपाल र केन्याबीच टी-२० आई पहिलो पटक हुन लागेको हो । यस्तो छ केन्या र नेपालबीचको टी-२० आई… पुरा पढौ

यू–२० एसियन कप खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौं, ८ भदौ । अखिल नेपाल फुटबल संघ एन्फा ले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ घोषणा गरेको उक्त टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । यो शुरुवाती २५ सदस्यीय टोलीमा गत महिना भारतमा भएको साफ यू–२० च्याम्पियनसिपको टोलीमा रहेका केही खेलाडी बाहिरिएकाले नयाँ समावेश भएका छन् । साफ यू–२० को अन्तिम टोलीमा रहेका सोनित दाहाल, आयुष श्रेष्ठ, रोशन थापा, मोहित गुरुङ… पुरा पढौ

केन्यासँगको क्रिकेट सिरिजका लागि सोमबार छुटेका ७ जना आज उड्दै

काठमाडौं, ७ भदौ । पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्न सोमबार केन्या जान नपाएका ७ जना आज उड्ने भएका छन् ।   ढिलो भिसा आएका कारण पाँच खेलाडी, व्यवस्थापक र प्रशिक्षक गरी ७ जना सोमबार केन्या उड्न पाएका थिएनन् । ११ खेलाडी, मुख्य प्रशिक्षक मनोज प्रभाकर, फिजियो विक्रम न्यौपाने र एनालिस्ट रमन शिवाकोटीसहित १४ जना भने सोमबार राति नै  केन्याको राजधानी नैरोबी प्रस्थान गरेका थिए । सोमबार टोलीसँगै जान नपाएका ५ खेलाडीसहित ७ जना भने आज… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदको जिल्लास्तरीय छनोट भदौ १० देखि हुने

बैतडी, ६ भदौ । असोजमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो । तालिका अनुसार पहिलो दिन बैतडी सदरमुकाम पाटनमा टेबलटेनिस (महिला-पुरुष), बुद्धिचाल, भारोत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला-पुरुष) छनोट हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन (महिला-पुरुष), उसु, फुल कन्टयाक्ट… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट भदौमै गर्न प्रस्ताव

काठमाडौं, ५ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रिकेट त्रिवि मैदानमा भदौ २२ देखि २९ सम्म गर्ने प्रस्ताव गरिएको छ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिताको क्रिकेट खेल भने भदौमै गर्न नेपाल क्रिकेट संघ (क्यान) ले प्रस्ताव गरेको हो । नेपाल टी२० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकै समयमा पर्ने भएकाले क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष यस्तो प्रस्ताव गरेको बुझिएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदलाई प्रदेश सरकारले दियाे साढे ३ करोड

पाेखरा, ४ भदाै । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले ३ करोड ४६ लाख बजेट निकासा गरेको छ । प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताएका छन । खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको… पुरा पढौ

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

रामपुर, ३ भदौ । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो । टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन… पुरा पढौ

राष्ट्रियस्तरको मेगा इमेन्ट सफल पार्नु प्रदेशवासीको दायित्व : खेलकुदकर्मी

पोखरा, १ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सबैले अपनत्व लिएर सफल पार्नुपर्नेमा विभिन्न जिल्लाका खेलकुदकर्मीले जोड दिएका छन् । उनीहरुले चार दशकपछि गण्डकीमा हुने राष्ट्रियस्तरको मेगा इमेन्ट सफल पार्नु प्रदेशवासीको दायित्वसमेत रहेको बताएका छन । खेलमैदान अवलोकनका लागि विभिन्न जिल्लामा पुगेको खेलमैदान व्यवस्थापन उप–समितिको प्रतिनिधिमण्डलसँग उनीहरुले जिल्लामा कम्तीमा एक खेल हुनुपर्ने र यसले खेलकुदका अलावा पर्यटकीय गतिविधिलाई समेत टेवा मिल्ने बताए । टोलीले नवलपुर, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानमा सम्भावित खेलमैदान अवलोकन गरेको हो । खेलमैदान व्यवस्थापन उपसमिति… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : कार्यतालिका सार्वजनिक

पाेखरा, १ भदाै । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कार्यतालिका सार्वजनिक गरेको छ । परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफलपछि कार्यतालिका सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेलकुदको तयारीमा रहेको परिषद्ले दुई चरणमा विभाजन गरी खेलाडी छनोट गर्ने भएको परिषद्का सदस्य एवं प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए। पहिलो चरणमा १४ खेललाई विशेष प्रशिक्षणसहित सोझै छनोट… पुरा पढौ