खेलकुद

विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल

काठमाडौ, १२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताइन । राष्ट्रिय प्रसारण लाइन नपुगेका दूरदराजका जनतामा केन्द्रमार्फत ऊर्जामा पहुँच पुगेको जनाउँदै उनले आगामी दिनमा पनि आफूलाई परिमार्जित ढङ्गबाट अघि बढाउन केन्द्रलाई निर्देशन दिइन । खेलले शारीरिक तन्दुरुस्तीलाई मात्र नभई नागरिकलाई अनुशासितसमेत बनाउन सहयोग गर्ने उल्लेख… पुरा पढौ

तजिकिस्तानसँग नेपाल पराजित, एसियन कपमा छनोट हुने सम्भावना समाप्त

काठमाडौं, १२ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ । तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहो¥यो । पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल… पुरा पढौ

मेयर कप फुटबल : खुमलटार विजयी

काठमाडौ, ११ कात्तिक । एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गरे। जितसँगै समूह डि मा रहेको खुमलटारले दुई खेलबाट ६ अङ्क जोडेको छ । खुमलटार शीर्ष स्थानमा प्रवेश गरेको छ । ‘फुटबलर्स… पुरा पढौ

कांक्रेविहार गोल्डकप : पञ्चपुरीको विजयी शुरुआत

कर्णाली, ११ कात्तिक। वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो । खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित भए। पहिलो आधामा कुनै गोल गर्न नसकेको गुर्भाकोट नगरपालिकाको टिमले दोस्रोमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न… पुरा पढौ

माउन्ट अन्नपूर्ण माविको ‘बालबालिकाका लागि खेलकुद’ कार्यक्रम आजबाट शुरु, सह्रानिय कार्य : मुल्मी

पोखरा, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले शिक्षाका साथसाथ खेलकुदलाई विद्यालय तथा टोल टोलबाट माथि लैजान आवश्यक भएको बताएका छन् । पोखरा नदीपुरस्थित पश्चिमाञ्चलको पहिलो निजि विद्यालय माउन्न अन्नपूर्ण माविले आजदेखि कात्तिक ८ गतेसम्म आयोजना गरेको “वालवालिका लागि खेलकुद अर्थात स्पोट्स फर चिल्ड्रेन” कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मुल्मीले खेलकुदको माध्यमबाट छिमेकीसंग हातेमालो गर्न, मैत्रीपूर्ण व्यवहार गर्न,स्वस्थता र एकताको बलियो सन्देश दिएको बताए । मुल्मीले आफु हुर्केको ठाउँमा र देशको लागि शिक्षाकासाथ जोसजाँगर लगाएर, लगनशिल… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीले २८ योजना सम्पादन गर्न तोक्यो जिम्मेवारी

पोखरा, २ कार्तिक । प्रदेश खेलकुद परिषदले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश र संघिय सरकार बाट विभिन्न योजनाहरुमा प्राप्त बजेट सँगै बजेट नभएका योजनाहरु समेतको कार्य सम्पादन गर्न प्रदेश खेलकुद परिषदका सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले योजना… पुरा पढौ

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

काठमाडौं, २ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोट खेल्न नेपाली यू–२३ टोली आज ताजिकिस्तान प्रस्थान गरेको छ । एएफसी यू–२३ एसियन कप छनोट यही कात्तिक ८ देखि १४ गतेसम्म हुँदैछ । छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । सो समूहमा नेपालसहित ताजिकिस्तान, इरान र लेवनान छन् । नेपालले समूह चरणको पहिलो खेलमा कात्तिक ८ गते इरानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल कात्तिक १४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । एफसीले प्रतियोगिताको छनोटमा… पुरा पढौ

बर्खास्तमा पर्ने भए राखेप सदस्य सचिव सिलवाल

काठमाडौं, १ कात्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्ने भएका छन् । सरकारले उनलाई आज राखेप सदस्य सचिवबाट बर्खास्त गर्न अनुमति दिएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने प्रक्रिया शुरु गर्न अनुमति दिईएको बताईएको छ । उनलाई प्रक्रिया पुर्याएर हटाईने भएको छ । सदस्य सचिव सिलवाल २०७६ सालमा पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका थिए । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते पुनः सदस्य सचिवमा दोश्रो पटक… पुरा पढौ

साफको उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं, १ कात्तिक । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज स्वदेश फर्किएका छन् । साफ च्याम्पियनसिपको करिब २८ वर्षपछि नेपाल पहिलो पटक फाइनल पुगेको थियो । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि पहिलो पटक साफको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत… पुरा पढौ

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

काठमाडौं, ३१ असोज । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।… पुरा पढौ