खेलकुद

महिला साफ च्याम्पियनसीप सुरु हुँदै : उद्घाटन खेल नेपाल र भुटानबीच साँझ ५ः३० बजे

काठमाडौं, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ… पुरा पढौ

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

चितवन, २१ भदौ । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए। उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको… पुरा पढौ

नेपालद्वारा घरेलु टाेली केन्यालाई ६ विकेटले हराउँदै एकदिवसीय श्रृंखला क्लिन स्विप

काठमाडौं, २० भदौ । घरेलु टाेली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा आज साँझ सकिएकाे अन्तिम खेलमा नेपालले ६ विकेटले तेस्रो दिनकाे खेल जितेपछि श्रृंखला क्लिन स्विप गरेको हाे। केन्याले दिएकाे २५६ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा हाँसिल गरेको हाे । नेपालले ४७.१ ओभरकाे खेल खेल्दै गर्दा ४ विकेटको क्षतिमा २५८ रन बनाएको थियाे । नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक हानेका थिए । पहिलो विकेट लिनका… पुरा पढौ

केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य, नेपाल जवाफी ब्याटिङमा(लाइभ)

काठमाडौँ, २० भदौतेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन… पुरा पढौ

एसिया कप: पाकिस्तानद्वारा भारत ५ विकेटले पराजित

काठमाडौं, २० भदौ । एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानद्वारा भारत ५ विकेटले पराजित भएको छ । समूह चरणमा भारसँग पराजित भएको पाकिस्तानले सुपर फोरको खेललमा भने अन्तिम ओभरसम्म खेलेर रोमाञ्चक जित निकालेको हो । अन्तिम ओभर निकै रोमाञ्चक भएको थियो । अन्तिम ओभरमा पाकिस्तानलाई ७ रन चाहिएकामा १९.४ ओभरको खेल सकिंदा जितका लागि २ रन चाहिने अवस्था थियो । एक रनले खेललाई सुपर ओभरमा लैजान्थ्यो । १९.४ ओभरमा पाकिस्तानका आसिफ अली अर्हदीप सिंको बलमा आउट भएपछि उनको ठाउँमा… पुरा पढौ

भोजपुरमा रङ्गशाला बन्दै, टुँडिखेलमा खेलाउनुपर्ने बाध्यताको अन्त्य

भोजपुर २० भदौ । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो काम नै नभएपछि खेलाडी मात्र होइन खेलप्रेमीसमेत निरास देखिएका थिए । विसं २०६४ मा खरिद भएको जग्गामा अहिले आएर भने रङ्गशाला निर्माणको काम तीव्र गतिमा भइरहको छ । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर विभिन्न खेलकुद गतिविधि भई रहने र खेलाडी उत्पादन गर्ने जिल्लाका… पुरा पढौ

नेपाललाई एक खेल अगावै केन्याविरुद्धको एक दिवसीय सिरिज

काठमाडौं, १९ भदौ । नेपालले केन्यासँगको ३ एक दिवसीय सिरिज एक खेल अगावै हात पारेको छ । शनिबार आयोजित दोस्रो एक दिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज एक खेल अगावै जितेको छ । २३१ रनको लक्ष्य पाएको केन्याले ४६३ ओभरमा २१३ रन मात्र बनाउन सक्यो । यो खेलमा जितसँगै नेपालले तीन एक दिवसीय खेलको सिरिजमा २–० को अग्रता प्राप्त गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९.२ ओभरमा सबै विकेट… पुरा पढौ

पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने

पोखरा, १९ भदौ । पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुरको आयोजनामा भदौ २२ देखि २५ गते सम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ १० टिमको सहभागिता रहने भएको प्रशिक्षक एवं प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । पुरुषतर्फ प्रथम हुने टिमले १ लाख र दोस्रो हुने टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र… पुरा पढौ

हिमचितुवा घिमिरे के वान वर्ल्ड जिपी २०२२ को सेमिफाइनलमा

काठमाडौं, १९ भदौ । ‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उनी ‘के वान वर्ल्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्ननेछन् । उनले फाइनलमा जापानका विश्वच्याम्पियन बक्सर वाजिमा हिरोमीसँग प्रतिष्पर्धा गर्नेछन् । हिमचितुवाले प्रशिक्षणका क्रममा आफ्नो सामाजिक सञ्जालमा प्रतिस्पर्धीले के–कति… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ १९ जना सदस्य थपिए

पोखरा, १८ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थप भएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट प्राप्त कागजात सहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो । यसरी छानिनेमा अनुप पौडेल, कृष्ण प्रसाद दवाडी, गीता राना, चेत बहादुर थापा प्रविन, धन बहादुर गुरुङ सुमन, परशुराम… पुरा पढौ