खेलकुद

पाेखरा म्याराथनमा विजयी हुने नेपाली धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने

पोखरा, २१ माघ । पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ । नेपाल एथलेटिक्स् संघले पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चलाई पत्राचार गर्दै उक्त कुरा जनाएको हो । नेपालकै जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनलाई संघले मान्यता प्रदान गर्दै पत्रमा अन्तर्राष्ट्रिय मापदण्डको अनुसारको समयको आधारमा प्राथमिकताका साथ सहभागिताका लागि पहल गराइने उल्लेख गरिएको छ । नेपाल एथलेटिकस संघका महासचिव धनविर चौधरीले पोखरा म्याराथनको सफलताको शुभकामना व्यक्त गर्दै विजेता नेपाली धावकलाई १९ आंै… पुरा पढौ

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराजले ‘बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् । गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुदमन्त्री गहतराजले नगद पुरस्कारको घोषणा गरेका… पुरा पढौ

फुटबल प्रशिक्षक अल्मुताइरी सम्मानित

काठमाडौं, २१ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) को विशेष पहलमा गत कात्र्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ… पुरा पढौ

एन्फाको निर्वाचन कमिटी गठन, आगामी जेठ १५ निर्वाचन

काठमाडौं, २१ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो । त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की रहेका छन् । निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय… पुरा पढौ

देशकै जेठो पोखरा म्याराथन अन्तर्गत १०, ५ किमि र अपाङ्ग तर्फको दौड चैत्र १२ मा हुने

पोखरा, १९ माघ । १६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १०, ५ र अपाङ्गतर्फका सम्पूर्ण दौड २०७८ चैत्र १२ गते हुने भएका छन् । पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको सम्पन्न बैठकले कोभिड १९ लाई मध्यनजर गर्दै प्रतियोगितालाई दुई भागमा गरी सम्पन्न गर्ने निर्णय गरेको हो । मञ्चले फागनु ७ गते शनिवार खुला म्याराथन ४२.१९५ किमि र महिलातर्फको २१ किमिलाई यथावत सञ्चालन हुने र अन्य इभेन्टहरुलाई चैत्र १२ गते गर्ने गरी निर्णय गरेको जनाएको… पुरा पढौ

मोरिसस विरुद्धको दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल १/० ले विजयी

काठमाडौं, १८ माघ । नेपाल र मोरिससबीचको आज भएकाे दाेश्राे मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ । नेपालले मोरिससलाई १, ० ले पराजित गरेको हो । खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गरेको १ गोल नै निर्णायक गोल भयो । नेपालका लागि उनको यो तेश्रो अन्तर्राष्ट्रिय गोल हो । सन् २०१६ मा उनले एएफसि सोलिडारिटी कपको दौरानमा २ गोल गरेका थिए । आजको खेलमा भएको जितसंगै नेपालले मैत्रीपूर्ण दुई खेल आफ्नो पक्षमा पार्न सफल भएकाे छ । यसअघिको पहिलो खेलमा… पुरा पढौ

पहिलो हाफमा नेपाल १-०को अग्रता

काठमाडौं, १८ माघ । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा एक गोलको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सुजल श्रेष्ठले नेपालका लागि गोल गरे । खेलको ११औं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाईभ गर्दै बचाए । पुरा पढौ

क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौं, १७ माघ । भारतका रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आइसीसी टि–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रुपमा नियुक्त गरिएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ । उनी आजै नेपाल आइपुगेका हुन् । नेपाली टोलीले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र… पुरा पढौ

रेडियो अन्नपूर्णको गोल्डकप महापण्डित विजेता बने सुवेदी

पोखरा १६ माघ । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितको विजेता पोखरा ११ फुलबारीका अजुर्न सुवेदी बन्न सफल भएका छन् । पोखरामा माघ ६ देखि १५ गते सम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा सहि जवाफ दिने स्रोता मध्येबाट गोलाप्रथाबाट सुवेदी विजेता बनेका हुन् । आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनलाई रेडियोका प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका वरिष्ठ… पुरा पढौ

मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् । अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार… पुरा पढौ