खेलकुद

याक एण्ड यती कप खेल्न पोखरेली जम्बो टिम काठमाडौंतर्फ

पोखरा, १८ भदौ । आइतबारदेखि काठमाडौंमा शुरु हुने दोश्रो याक एण्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार पोखरा रंगशालामा एक समारोहका विच खेलाडीहरुलाई विदाई गर्यो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारले खेलाडीहरुलाई शुभ–कामना सहित खादा लगाएर विदाई गरेका हुन् । एक साता सम्म चल्ने प्रतियोगितामा ३५,४५,५५ र ६५ वर्ष माथि एकल तथा डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने छ । पोखराका २६ जना खेलाडीले विभिन्न इभेण्टमा… पुरा पढौ

फुल कन्ट्याक्ट कराँतेमा पुरुष तर्फ ७ र महिलातर्फ ५ खेलाडी छनोट

पोखरा, १८ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगिता मार्फत पुरुषतर्फ ७ र महिला तर्फ ५ जना खेलाडी छनोट भएका छन् । छनौट हुने खेलाडीहरूमा पुरूष कुमितेको ४० के.जी. तौल समुहमा क्योकुशिन कान कराँतेसंघ कास्कीका अभिषेक तामाङ, ४५ के.जी.मा क्योकुशिन कान कराँतेसंघ बागलुङका नारायण बि.क., ५० के.जी.मा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँतेसंघ कास्कीका अनिष बुढा मगर छन् । पुरुषतर्फनै ५५ के.जी. मा केन्पो काई संघ पर्वतका पासाङ तामाङ, ६० के.जी.मा क्योकुशिन कान कराँतेसंघ कास्कीका… पुरा पढौ

केन्याद्वारा नेपालसमक्ष २ सय १९ रनको लक्ष्य

फाइल फोटो
काठमाडौं, १७ भदौ । नेपाललाई केन्याले जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज जारी पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि दुई सय १९ रनको लक्ष्य दिएको हो । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १८ रनको योगफल बनाएको हो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः कञ्चनपुरमा ४ सय ४८ खेलाडी छनोट

कञ्चनपुर, १७ भदौ । आगामी असोज महिनामा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका ४ सय ४८ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले २९ खेलका लागि ती खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् । सुदूरपश्चिमले आगामी राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरेको बुझिएको छ । जिल्लामा एक सय ९२ महिला र दुई सय ५६ पुरुष खेलाडी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै

पाेखरा, १६ भदाै। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् । गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष… पुरा पढौ

केन्यासँगको टी-२० आई सिरिज नेपाललाई

काठमाडौं, १५ भदौ । केन्यसँगको पाँच टी-२० आई सिरिजको उपाधि नेपालले जितेको छ । मंगलबार भएको पाँचौं टी-२० आईमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो । नेपाललाई जित दिलाउने क्रममा ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङ सहायकसिद्ध भए । नेपालले टस जितेर ब्याटिङ गर्दै १ सय ७५ रनको बनाएकोमा केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सक्यो । केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । यसैगरी कप्तान… पुरा पढौ

केन्यासँगको निर्णायक खेलमा टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १४ भदौ । नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टी-२० आई खेलमा टस जितेर ब्याटिङ रोजेको छ । यो खेल केन्याको राजधानी नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा सुरु भएको छ । चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । गएका चार खेलमा पहिलो र तेस्रो नेपालले तथा दोस्रो र चौथो केन्याले जितेका थिए । २-२ खेलको बराबरी भएकाले सिरिज पाँचौं खेल विजेताको हातमा जानेछ । चौथो खेलमा १ सय २ रनको लक्ष्य पनि भेट्न नसकेको नेपाल पाँचौं खेल… पुरा पढौ

टी२० एसिया कप: भारतद्वारा पाकिस्तान ५ विकेटले विजयी

काठमाडौं, १३ भदौ । आइतबार साँझ भएको टी२० एसिया कपको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ४८ रनको विजय लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा लक्ष्य भेट्न सफल भएको थियो । जितका लागि भारतका रविन्द्र जडेजाले सर्वाधिक ३५ रन बनाए भने हार्दिक पान्ड्या ३३ रनमा अविजित रहे । बलिङतर्फ पाकिस्तानका मोहमद नवाजले ३ तथा नसिम शाहले २ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको… पुरा पढौ

केन्याविरुद्ध आज तेस्रो खेल खेल्दै नेपाल

काठमाडौं, १२ भदौ । नेपालले केन्यासँगको पाँचमध्ये तेस्रो टी-२० आई खेल आज खेल्दैछ । यो खेल नेपाली समय अनुसार अपराह्न पौने ४ बजे केन्याको राजधानी नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा सुरु हुने तालिका छ । पाँच टी-२० आई खेलको सिरिज हालसम्म १–१ को बराबरीमा छ । यसमध्ये पहिलो खेल नेपाल र दोस्रो खेल केन्याले जितेका हुन् । आजको खेलको नतिजाले खेल जुनसुकै पक्षमा २-१ को अग्रता हुनेछ । नेपाल यो अग्रता आफ्नो होस् भन्ने हिसाबले रणनीति बनाइरहेको छ। आजको… पुरा पढौ

केन्याविरुद्धको पहिलो टी-२० मा नेपाल विजयी, दोस्रो खेल आज

काठमाडौं, १० भदौ । नेपालले केन्याविरुद्धको पहिलो टी-२० आईमा ५ विकेटले विजय प्राप्त गरेको छ । जितसँगै ५ खेलको टी-२० आई सिरिजमा नेपालको १–० को अग्रता भएको छ । जितको लागि केन्याले नेपाललाई १ सय ३१ रनको विजय लक्ष्य दिएकोमा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा र ज्ञानेन्द्र मल्लले ३० बलमा ३ चौकासहित २३ रन बनाए । ओपनर पवन सरार्फ १, आसिफ शेख… पुरा पढौ