खेलकुद

अखिल नेपाल खेलकुद महासंघमा नयाँ कार्यसमिति

पोखरा, ७ मंसिर । अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डो¥याउने आफ्नो लक्ष्य बनाएको छ । ‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी… पुरा पढौ

अखिल नेपाल खेलकुद महासंघकाे नयाँ कार्यसमिति गठन

पोखरा, ७ मंसिर । अखिल नेपाल खेलकुद महासंघको प्रथम जिल्ला भेलाले बामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डो¥याउने आफ्नो लक्ष्य बनाएको छ । ‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी… पुरा पढौ

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

बैतडी, ७ मङ्सिर । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की रहेका छन् । यस्तै अर्जनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई… पुरा पढौ

डिभिजन लिग फुटबल : मछिन्द्र क्लब विजयी

काठमाडौं, ७ मङ्सिर । साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । मछिन्द्रका लागि सुनिल बलले दुई गोल गरे । एनआरटीका लागि एरिक विष्टले सान्त्वना गोल गरे । खेलको पहिलो हाफको १२औं मिनेटमा बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । विशाल राईको पासमा उनले गोल गरे । त्यस्तै… पुरा पढौ

यु–१९ छनौंट क्रिकेटमा स्याङ्जाकाे दोश्रो जित

पाेखरा २ मंसिर । पोखरा रंगशालामा जारी वाई वाई यु–१९ क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगितामा स्याङ्जाले दोश्रो जित निकालेको छ । बिहीबार भएको खेलमा स्याङ्जाले नवलपुरमाथि ८ विकेटको जित निकालेको हो । खेलमा टस जितेर व्याटिङ्ग गरेको नवलपुरले २२ ओभर १ बलमा आफ्नों सम्पूर्ण विकेट गुमाएर मात्रै ५० रन बनाएको थियो । जितका लागि ५१ रन पछ्याएको स्याङ्जाले ७.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पार गरेको हो । स्याङ्जाको जितमा नायक सावित भएका सन्देश सुनारले ८ ओभर बलिङ्ग गर्दै १२ खर्चिएर… पुरा पढौ

पोखरा म्याराथनको बिजेताले उपाधिसहित ४ लाख पाउने

पोखरा १८ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धी गरेको छ भने सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु¥याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्वर हो । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने १६… पुरा पढौ

सहारा एकेडेमीको जिम्मा व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले लिने

पोखरा, १७ कात्तिक । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ । पोखरामा आज एक कार्यक्रमकाबीच स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सहारा क्लवका अध्यक्ष हरिराम गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एकेडेमीको जिम्मेवारी लिएसँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन गरिएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार वार्षिक केसी… पुरा पढौ

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

काठमाडौ, १५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । पुरा पढौ

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

काठमाडौं, १४ कातिक । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन । आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पुर्याउन उल्लेखनीय योगदान दिएवापत युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो । उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत,… पुरा पढौ

नेपालले आज अपराह्न ४ः४५ बजे लेबनानको सामना गर्ने

काठमाडौं, १४ कात्तिक । एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ । नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् । समूह ‘बी’ मा रहेको… पुरा पढौ