खेलकुद

साफ च्याम्पियनसिपको फाईनलमा नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं, ३० असोज । नेपाली फुटबल टीमका लागि आजको दिन ऐतिहासिक अवसर पाएको दिन हो । साफ च्याम्पियनसिपमा बलियो पकड मानिएको भारतीय फुटवल टीमलाई फाइनलमा हराउन सके नेपाली टीमले साफमा इतिहास रच्नेछ । उसो त नेपालले साफ च्याम्पियनसिपको फाइनलमा गएर इतिहास बनाइसकेको छ । यदि फाइनलमा नतिजा आफ्नो पक्षमा पार्यो भने इतिहास नै बनाउने छ । यसभन्दा अघि नेपाल फाइनलमा पुगेको थिएन । नेपालले राउण्ड रोबिनको आधारमा खेलाईएको खेलमा दुईमा जित हात पारेको थियो । एउटा खेल बरारी खेलेको थियो… पुरा पढौ

नेपाल साफको फाइनलमा

काठमाडौं, २८ असोज । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । राउण्ड रोबिन लिगअन्तर्गतको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजाले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ… पुरा पढौ

प्रदेशका टोल टोलमा खेलकुद लैजाने प्रयास हुँदैछ : गुरुङ

पोखरा, २३ असोज । राष्ट्रिय खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउनु पर्नेमा जोड दिएका छन् । उनले खेलकुद बहुआयामिक र फाइदाजनक विधा भएकोले बाल्यकालबाटै बालबालिकाहरुलाई खेलकुदमा सहभागि गराउन उनले अनुरोध गरे । पश्चिमाञ्चलको पहिलो निजि विद्यालय माउन्न अन्नपूर्णले आज बिहान दशैंतिहार, छठ, नेपाल संवत, इद तथा ल्होसारको पूर्वसन्ध्यामा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा गुरुङले उक्त कुरा बताएका हुन् । हामीले टोल टोलमा खेलकुदको वातावरण निर्माण गर्न चाहेका छौं सदस्य सचिव गुरुङले भने,… पुरा पढौ

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

काठमाडौं, २० असोज । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् । फ्रान्समा आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुने फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि पनि उनी निर्णायकमा छनोट भएका हुन् । एसियन तेक्वान्दो युनियन तथा युरोपियन तेक्वान्दो युनियनबाट उक्त प्रतियोगिताका लागि निर्णायक मण्डलमा ढकालको छनोटको जानकारी प्राप्त भएको नेपाली सेना शारीरिक तालिम… पुरा पढौ

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौं, १९ असोज । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो । श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गरे । खेलको… पुरा पढौ

भैरहवाद्वारा चितवन छ विकेटले पराजित

काठमाडाैं, १८ असोज । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडियटर्स चितवन टाईगर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको छ । चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको जीतमा प्रदीप ऐरीले सर्वाधिक ७२ रनको योगदान गरे । उनले ४३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । त्यस्तै तमिम इकबाल ४० रनमा आउट हुँदा उपुल थरङ्गा ३९ रनमा अविजित रहे । रोहित पौडेल छ… पुरा पढौ

सविनको दोहोरो ह्याट्रिकमा सविनको जित

पोखरा, १६ असोज । अभिनाष तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले हराउँदै प्ले अफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ । जितसंगै सविनको ८ खेलबाट १३ अंक रहेको छ । समान खेलबाट प्रभातफेरीको भने ७ अंक रहेको छ । खेलको ५ औं मिनेटमा सविनका लागि अभिनाष तामाङले अग्रता दिलाए । उनले १२ औँ मिनेटमा २ गोल… पुरा पढौ

जित्याे हक्की प्रतियोगिता २०७८ काे उपाधि भिन्तुना हक्की क्लवले

पाेखरा, १७ असाेज । पोखरामा गरिएकाे दोश्रो क्लव स्तरिय हक्की प्रतियोगिता २०७८ भिन्तुना हक्की क्लवले जितेको छ । पोखरा हक्की क्लवको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवलाई २–० ले पराजित गर्दै भिन्तुनाले उपाधी जितेको हो । महिला तर्फ पोखरा हक्की क्लव सेतोलाई पोखरा हक्की क्लव रेडलाई पेनाल्टी स्ट्रोकमा ३–१ गोलले पराजित गर्दै उपाधी जितेको छ । प्रतियोगितामा पोखरा हक्की क्लव सेतोकी लक्ष्मी गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन भने पिताम्वर थापा सर्वाधिक… पुरा पढौ

पोखरा रंगशालामा आजदेखि हक्की प्रतियोगिता

पाेखरा, १६ असाेज । पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा आजदेखि हक्की प्रतियोगिता हुँदैछ । भिन्तुना हक्की टिमलाइ ग्रीन सिटि सर्भिसेज प्राइभेट लिमिटेड तथा पोखरा प्रीफेब हाउसको साथ रहेकाे प्रा. लि. का अध्यक्ष राजु कायस्थले बताए । एक कार्यक्रमकाबिच कायस्थले क्लबको जर्सी सार्वजनिक गरेकाे बताइएकाे छ । प्रतियोगितामा भिन्तुना हक्की टिम, आयोजक पोखरा हक्की क्लवको तिन टिम सहित घारीपाटन हक्की क्लव, भेटरान्स हक्की क्लवको सहभागिता रहेकाे छ । आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहेकाे छ । महिला… पुरा पढौ

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

काठमाडौ‌, १४ असोज । नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको… पुरा पढौ