खेलकुद

आहा रारामा आयोजक र एपीएफबीच उद्घाटन खेल

पोखरा, १९ चैत । १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच हुने भएको छ । सहारा क्लब पोखराले आगामी चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा सो प्रतियोगिता गर्दैछ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी क्लब अध्यक्ष केशवबहादुर थापाले उद्घाटन खेल आयोजक र एपीएफबीच हुने जानकारी दिए । कुल ८ टिमको सहभागिता रहने प्रतियोगिताको दोस्रोदिन मन्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, क्यामरुन, तेस्रो दिन संकटा र मनाङ मस्र्याङ्दी, चौथो दिन… पुरा पढौ

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

काठमाडौं, १७ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपालका लागि सन्जोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । बङ्गलादेशका लागि सान्त्वना गोल महबुबुर रहमानले गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा… पुरा पढौ

त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

काठमाडौं, १७ चैत । त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त ग¥यो भने उपविजेता बङ्गलादेशले तीन हजार डलर प्राप्त गर्याे । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साेमबार सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा ४ विधामा मनोनयन सार्वजनिक

पोखरा, १६ चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘पाँचौ पोखरा स्पोर्ट्स अवार्ड २०७६/७७’ मा विभिन्न ४ विधामा मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले आगामी वैशाख २० मा पोखरा सभागृहमा विभिन्न ७ विधामा अवार्ड वितरण गर्दैछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार… पुरा पढौ

त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौ, १५ चैत । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् । खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा… पुरा पढौ

नेपालका हिमचितुवा घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

काठमाडौँ, १५ चैत  । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका छन् । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले कम उमेरका सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरे । दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा… पुरा पढौ

पोखरा म्याराथनअन्तर्गत विभागीयकै वर्चश्व

पोखरा, १४ चैत । १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत १० किमी दौडमा पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ फूलमति रानाले उपाधि जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको प्रतियोगितामा भारतीय सेनामा कार्यरत तीर्थ पुनले ३३ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै उपाधि जितेका हुन् । त्यस्तै नेपाली सेनाका जितेन्द्र दनुवार (३४ मिनेट ७ सेकण्ड) र काठमाडौंका शिवबहादुर रायमाझी (३४ मिनेट २२ सेकेण्ड) तेस्रो भए । उनीहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँसहित मेडल जिते… पुरा पढौ

त्रिदेशीय क्रिकेट सिरिज वैशाखकाे पहिलो सातादेखि

काठमाडौं, १४ चैत । नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे । कोरोना महामारीका कारण नेपाली… पुरा पढौ

चितवन प्रिमियर लिग मङ्सिरमा

भरतपुर, १३ चैत । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महीनामा भएको थियो । यसपटक विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो । सिपिएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा… पुरा पढौ

नेपालले दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्ने

काठमाडौं, १३ चैत । काठमाडाैंमा जारी तीनदिवसीय फुटवल प्रितयाेिगतामा नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्ने भएकाे छ । खेल बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ । यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ । हिजाेकाे खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त… पुरा पढौ