खेलकुद

गण्डकी प्रदेश खेलकुद परिषदमा मनोनयन

पोखरा, ६ वैशाख । गण्डकी प्रदेश खेलकुद परिषद्लाई पूर्णता दिएसँगै परिषद् उपाध्यक्षमा नारायण पुन मनोनीत भएका छन् । प्रदेश सरकारबाट परिषद्मा मनोनीत परिषद सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापामगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक छन् । यस्तै, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्षमा तोरणबहादुर बानियाँ मनोनीत भए । समिति उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिव भीम पराजुली, कोषाध्यक्ष… पुरा पढौ

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित

काठमाडौ‌‌‍‍, ४ वैशाख । कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको कीर्तिमानी साझेदारी निर्वाह गरेपछि त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । ‍‌ पहिला ब्याटिङ गर्दै नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाउँदै १३६ रन बनायो । एक सय ३७ रनको विजयी लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै १४१ रन बनायो… पुरा पढौ

पोखरा म्याराथनमा छात्रतर्फ विवेक र छात्रातर्फ नर्मताले उपाधि जिते

पोखरा, ४ बैशाख । १५ औं सस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किलोमिटर छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योति इङलिस बोर्डिङ स्कूल लाहाचोकका परियारले जितेका हुन् । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए । छात्रातर्फ भानु मावि तनहुँमा अध्ययनरत नर्मता गुरुङले जितेकी छन् । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेण्डमा पुरा गरेकी थिइन् । दुवैलै दौड जिते सँगै नगद जनही १०–१० हजारका साथमा… पुरा पढौ

नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं, १ वैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी… पुरा पढौ

१९ औं आहा ! रारा गोल्डकपको उपाधि संकटालाई, राजाबाबु बने उत्कृष्ट खेलाडी

पोखरा, २८ चैत । १९ औं संस्करणको आहा ! रारा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।पोखरा रंगशालामा शनिबार फाइनलमा संकटाले अफ्रिकन रुट एसोसिएसन, क्यामरुनलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । जितका लागि पेनाल्टी सुटआउमाट संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, नेराज बस्नेत र आयुष घलानले गोल गरेका थिए । सरोज दाहालकै प्रहार विपक्षी किपरले बचाए । उता, अफ्रिकन रुट एसोसिएसनका एमबाकोपको प्रहार विपक्षी किपर राजाबाबु थापाले उत्कृष्ट सेफ गरे भने कुटीको पहिलो प्रहार नै खेर गएको… पुरा पढौ

डिफेन्डिङ च्याम्पियन मनाङ पराजित

पोखरा, २३ चैत । डिफिेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब १९ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा सोमबार तेस्रो क्वार्टरफाइनलमा मनाङको चुनौती संकटा क्लबले १–० ले पन्छाउन सफल भएको हो । खेलमा संकटाका लागि अफ्रिकन खेलाडी फोफोना नायक बने । खेलको ४४ औं मिनेटमा उनले सिधै भली हान्दै विपक्षीको गोलपोस्टको जाली चुमाउन सफल भएका थिए । पहिलो हाफको अन्त्यतिर संकटाले लिएको १–० को अग्रता निर्धारित ९० मिनेटसम्म कायम हुँदा संकटाले साविक विजेता मनाङलाई घर पठाउन… पुरा पढौ

नुवाकोटे टाइगरले जिते रिङ रेस्लिङ उपाधि

पोखरा, २१ चैत । नुवाकोटे टाइगर (कमल तामाङ) ले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगितामा डेविड दोस्रो भए । पोखरा रंगशालाको बहुउद्देश्य कभर्ड हलमा शनिबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाइगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए । उनले टाइगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाईजम्प मार्फत टाइगरमाथि जाइलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधैँ रिङमा बज्रिदा घाइते हुन पुगे । पछि उठ्नै… पुरा पढौ

आहा रारा गोल्डकप सुरु, उद्घाटनमा एपिएफ विजयी

पोखरा, २१ चैत । विभागीय एपिएफ क्लबले १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आयोजक सहारा क्लब पोखरालाई १–० गोलअन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो । जितका लागि ८७ औं मिनेटमा आशीष लामाले गोल गरेका हुन् । म्यान अफ दी म्याच उनले गोलको खडेरी तोड्दै आफ्नो टिमलाई अग्रता दिएकोमा सोही गोल नै जितका लागि काफी भयो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो । जितसँगै एपिएफले साविक विजेता मनाङसँग भेट सुनिश्चित… पुरा पढौ

नेपाललाई खेलकूदकाे गन्तव्य बनाऔं-गभर्नर अधिकारी

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गरेका छन् । नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई आज राजधानीमा पुरस्कार प्रदान गर्दै उनले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी भएकाले नेपाललाई खेल पर्यटनको उपयोगी माध्यम बन्न सक्ने बताए । कोभिड–१९ का कारण गति लिन नसकेको मुलुकको अर्थतन्त्रलाई खेलकूदको माध्यमबाट पनि टेवा दिन सकिने विचार व्यक्त गर्दै उनले पर्यटन व्यवसायको पुनरुत्थानका लागि पनि… पुरा पढौ

फुटबलका विजेतालाई जनही ४ लाख

काठमाडौं, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले ५ हजार डलर पुरस्कार प्राप्त… पुरा पढौ