पाेखरा, १ असार । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ«े गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले रु ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता माछापुच्छ«ेले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो…
पुरा पढौ