खेलकुद

नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि

काठमाडौं, ९ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय ग¥यो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो । एक सय दुई रनको विजयी… पुरा पढौ

सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो

महेन्द्रनगर, ७ भदौ । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त ग¥यो । कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए । द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य… पुरा पढौ

महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने

काठमाडौं, ८ भदौ । समूह चरणको आजको खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन् । फाइनल खेल शनिबार हुने छ । समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार÷चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् । तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट… पुरा पढौ

महिला टी–२० सिरिज: मलेसियालाई नेपालले दियो ८४ रनको लक्ष्य

काठमाडौँ, ८ भदौ । बिभिन्न् ४ देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन् । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् । जारी सिरिजमा… पुरा पढौ

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल

कास्की, ७ भदौ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन्। पोखरामा बुधबार राति सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो । आगामी चार वर्षका लागि अध्यक्षमा चयन भएका सिग्देल कास्की जिल्ला क्रिकेट सङ्घको समेत अध्यक्ष हुन्। प्रादेशिक क्रिकेट सङ्घको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की (तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा (स्याङ्जा) चयन भए। यसैगरी सदस्यमा देवेन्द्र प्रजु (कास्की), ऋषिराम गौतम (कास्की), फणीन्द्रबहादुर खड्का (बागलुङ), धामनाथ सापकोटा (नवलपुर), रेशमबहादुर केसी… पुरा पढौ

भलिबल संघको सल्लाहकार पराजुली र शर्मा तथा गीतकार बिष्ट र गायक वानिया सम्मानित

पोखरा, ६ भदौ । गण्डकी प्रदेश भलिवल संघले संघको केन्द्रीय सल्लाहकार नियुक्त भएका भलिवलका पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली, टाईगर ग्रुप पोखरा, नेपालका अध्यक्ष नारायणप्रसादलाई शर्मा, राष्ट्रिय खेल भलिबल गीतका रचनाकार आरजू विष्ट सल्यानी तथा गीतका गायक, संगीतकार विनोद वानियलाई आज पाेखरामा सम्मान गरेको छ । आफ्नो जीवनकालमा भलिबलसंग जोडिएर गरेको महत्वपूर्ण योगदानको कदर गर्दै गण्डकी प्रदेश भलिवल संघले सम्मान गरेको बताएको छ । संघको सल्लाहकार नियुक्त भएका पराजुली, शर्मा, गायक वानिया र गीतकार बिष्टलाई संघका उपाध्यक्ष याम… पुरा पढौ

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

काठमाडौं, ६ भदौ । आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ, चीन र फिलिपिन्स रहेका छन् । नेपालले पुरुष रग्बीमा मात्र सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ । यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा… पुरा पढौ

महिला टी–२० सिरिज : नेपालद्वारा हङकङ पराजित

काठमाडौं, ५ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो ।… पुरा पढौ

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

काठमाडौं, ३२ साउन । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिडवाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो । साथै अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०५३ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो । लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको… पुरा पढौ

गण्डकी बोर्डिङमा १०औं रोहन मेमोरियल फुटवल प्रतियोगिता आयोजना

पोखरा, २८ साउन । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखरामा १०औं रोहन मेमोरियल फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एक दशक अगाडी क्यान्सरबाट जीवन गुमाएका हेम्जाका रोहन पौडेलको स्मरणमा गण्डकी बोर्डिङका कक्षा १० का विद्यार्थीले आज आर.एम.एफ.टी प्रतियोगिता आयोजना गरेका हुन् । विद्यार्थीहरुमा व्यवस्थापकीय सीपको विकास गराउन विद्यालयले कार्यक्रमको सम्पूर्ण जिम्मेवारी कक्षा १० का विद्यार्थीलाई सुम्पिएकोमा सोहि अनुसार उनीहरुले कार्यक्रमको आयोजना र व्यवस्थापन गर्दै आएका छन् । गण्डकी वर्ल्ड कप भनेर चिनिने प्रतियोगितामा कक्षा ८, ९, १०, ११ र १२ का… पुरा पढौ