खेलकुद

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

पोखरा, ३० असोज । पाेखरामा प्याराग्लाइडिङ खेल खेल्दै गर्दा एक खेलाडीकाे मृत्यु भएकाे छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाकाे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । क्रस कन्ट्री प्याराग्लाईडिङ गरिरहेकाे बेला थापा सारङकोटमा खसेका हुन् । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङमा उडेका थिए । थापा उडान भर्ने सारङकोटबाट उड्ने बित्तिकै लगभग १०० मिटरमाथिबाट खसेका थिए । घाइते थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकाेमा चिकित्सकले उनकाे मृत्यु भएकाे बताएका थिए । पुरा पढौ

बुद्धिचाल खुलातर्फ आशिषको एकल अग्रता

गाेरखा ३० असाेज । गाेरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गरेका छन् । प्रतियोगिता अन्र्तगत क्लासिकल इभेन्टको पाँचौ चरणको खेल सम्पन्न हुँदा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गरेका हुन । क्लासिकलतर्फको अहिलेसम्मको ५ खेलमध्ये फुयाँलले ४ खेलमा जीत हात पारेका छन् भने एक खेलमा मात्र पराजय भएको निर्णायक दिपेश गिरीले जानकारी दिए । प्रतियोगिता अन्र्तगत पाँचौ चरणको क्लासिकल इभेन्टमा फुँयालले नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसंग ‘ड्र’ खेल्दै अग्रता कायम… पुरा पढौ

आर्मीकी जयरानी थारुलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

पोखरा, ३० असोज । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदः करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

पाेखरा, ३० असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन् । यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन् । पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा शनिबार राति सम्पन्न खेलमा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो । करातेमा पुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा… पुरा पढौ

एथ्लेटिक्सतर्फ सात स्वर्ण पदकको छिनोफानो

पोखरा, २९ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्स विधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्तर्गत १ हजार ५ सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ) का अजित यादव र नागेश्वर अहिर क्रमश: दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति पुनद्वारा समुद्घाटन, गण्डकी खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित हुने

पाेखरा, २८ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गरेका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटकीय नगरी पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद खेलाडीहरूको महान उत्सव भएको बताए । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उनले विश्वास व्यक्त गरे। यस प्रतियोगिताले गण्डकी प्रदेशलाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उनले बताए। आत्मविश्वास र… पुरा पढौ

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटनका अवसरमा मार्चपाससहित सांस्कृतिक कार्यक्रम

पाेखरा, २८ असाेज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहकाे अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन् । उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख… पुरा पढौ

बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

गोरखा, २८ असोज । नवाै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरेको निर्णायक दिपेश गिरीले जानकारी दिए। प्रतियोगिताअन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदः पुरुष/महिला ह्याण्डबलमा यी टाेली पुगे अन्तिम ४ मा

पाेखरा २८ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम ४ मा स्थान बनाएको छ। समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो। त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो। सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए… पुरा पढौ

भलिबलले बेनी बजार उत्सवमय, पाँच दिनमा १६ खेल हुने

बेनी, २८ असोज । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि बेनीमा सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई स्थानीय आयोजक र समुदायले ‘खेल उत्सव’को रूपमा सञ्चालन गरेका छन् । प्रतियोगिताको हरेक खेललगत्तै म्याग्दीको संस्कृति झल्कने सांस्कृतिक र साङ्गीतिक प्रस्तुति राख्ने गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले तय गरेको कार्यतालिकालाई असर नपर्ने गरी प्रतियोगितामा सहभागिता जनाउन आएका खेलाडी, अफिसियल, व्यवस्थापक र खेलप्रेमी दर्शकलाई मनोरञ्जनका… पुरा पढौ