अटाे 🚙

ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

काठमाडौं, ११ असोज । ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो । नयाँबसापार्क भित्र भएको प्रशिक्षणमा चाडपर्वमा यात्रुलाई सुरक्षित गन्तव्यस्थलसम्म कसरी सहजै लैजान सकिन्छ भन्नेबारेमा प्रशिक्षण प्रदान गरिएको ट्राफिक वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए। यस्तै, चाडपर्वमा बढी भाडा लिँदा गरिने कारबाही, मादक पदार्थ सेवन गरेर… पुरा पढौ

मिटरमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना ५ हजार

पाेखरा, १० असोज । पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकाेमा अबदेखि न्यूनतम जरिवाना रु पाँच हजार पुर्याउने निर्णय भएको जानकारी दिए। गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको… पुरा पढौ

नेपालमा नयाँ चिनिया विद्युतीय गाडी ‘स्मार्ट’ भित्र्याउदै सीजी मोटर्स

काठमाडौं, ७ असाेज। नेपालको स्थापित व्‍यावसायिक घराना सीजी ग्रुपले नयाँ चिनियाँ विद्युतीय गाडी ‘स्मार्ट’ नेपाल भित्र्याउने भएको छ। सीजी मोटर्सले यसअघि पनि होजोन अटोको नेटा भी इलेक्ट्रिक कार तथा केवाइसी ब्राण्डको मिनी ईभी भ्यान बिक्री गर्दै आएको छ। स्मार्ट मोटर्सले सीजी ग्रुपको सीजी मोटर्सलाई नेपालका लागि ‘स्मार्ट’ इभीकाे आधिकारिक बिक्रेताको रुपमा छनोट गरेको जनाएकाे छ। सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले दुबै कम्पनी बिच यस सम्बन्धी सम्झौता भइसकेकाे जानकारी दिएका छन्। स्मार्ट मोटर्सले जर्मनीको मर्सिडिज बेन्ज ग्रुप तथा चीनको जिली… पुरा पढौ

सूर्यविनायकदेखि रत्नपार्ककाे यात्रा अब ४५ मिनेटमै

भक्तपुर, ३ असोज । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने यातायात व्यवस्था विभागको दाबी छ । अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढघण्टा समय लाग्ने गरेकामा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट… पुरा पढौ

अटाे बजारलाई चलायमान बनाउदै ‘नाडा अटाे शाे २०२३’ सम्पन्न

काठमाडाैं, १ असाेज । आर्थिक हिसाबले थिलथिलाे भएकाे नेपालकाे अर्थ तथा अटाे बजारलाई चलायमान बनाउदै नाडा अटाे शाे २०२३ सम्पन्न भएकाे छ । काेराेना कहरकाे कारण बिगत ३ वर्ष स्थगित गरि यसपटक गरिएकाे अटाे शाे ले नेपालकाे अटाे बजारमा उत्साह थपि दिएकाे छ । यही भदाैकाे २६ गतेबाट शुरू भएर भदाै ३१ गतेसम्म आयोजना गरिएको नाडा अटाे शाे मा पेट्राेलियम तथा डिजेलबाट चल्ने २ हजार गाडीकाे बुकिङ भएकाे नाडा अध्यक्ष डा ध्रुव थापाले बताए । विश्वले वातावरण अनुकुलनका व्यवहार गर्नुपर्ने… पुरा पढौ

महिन्द्राले ल्यायाे टप भेरियन्टकाे ‘स्कोर्पियो क्लासिक’

काठमाडौं, २७ भदाै। नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्‍नि इन्कर्पोरेटले नयाँ मोडलको स्कोर्पियो क्लासिक नेपाली बजारमा ल्याएकाे छ। हिजाेदेखि सुरु भएको नाडा अटो शोमा अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा साे गाडी सार्वजनिक गरिएकाे हाे। स्कोर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलईडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्‍विल, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध रहेकाे महिन्द्राको आधिकारिक बिक्रेता अग्‍नि इन्कर्पोरेटले बताएकाे छ। ८० लाख ५० हजार मुल्य तोकिएको… पुरा पढौ

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्ट बिच सहकार्य गर्ने सम्झौता

काठमाडाै, २७ भदाै । सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा बिक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ । सिप्रदी अटोपार्टस् प्रा.लि.का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी… पुरा पढौ

फोर्स मोटर्सको ‘फोर्स अरबानीया’ भ्यान सार्वजनिक, नाडा अटो शोमा बुकिङ गर्दा बिशेष छुट

काठमाडौं, २६ भदाै । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि.ले फोर्स कम्पनीको अरबानीया भ्यानको बुकिङ खुल्ला गरेको छ । नाडा अटो शो २०२३ को अवसरमा अर्थमन्त्री प्रकाशरण महतले भ्यान सार्वजनिक गरेका हुन् । भारतमा अत्याधिक माग रहेको यो भ्यान नेपालमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । भ्यान नेपालमा आयातित माइक्रोबसहरु मध्येमा सबैभन्दा प्रिमियम सुबिधायुक्त रहेको बताइएको छ । अरबानीया भ्यान कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कम्पनीले जनाएको छ । भ्यान विश्व प्रशिद्ध मर्सिडिज… पुरा पढौ

टाटा ब्राण्डकाे टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च गाडीहरु सार्वजनिक

काठमाडाैं, २६ भदाै । टाटा मोटर्स प्यासेन्जर भेहिकलद्धारा नाडा अटो शाेलाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी, , टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको हाे । राजधानीको भृकुटी मण्डप आजदेखि सुरु भएको १५औ संस्करणको अटो शाे “टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३” मा यी उत्पादनहरुको… पुरा पढौ

अर्थतन्त्रमा देखिएको सुधारसँगै अटो व्यवसाय पनि फस्टाउनेछ: अर्थमन्त्री डा महत

काठमाडौं, २६ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिन थालेको सुधारसँगै अटो क्षेत्रको व्यापार, व्यवसायमा मा पनि सुधार हुने बताएका छन् । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आजदेखि काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको 'नाडा अटो शो २०२३' को उद्घाटन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा आएका समस्याहरूको समाधान पनि हुँदै जाने र आर्थिक गतिविधि पनि बढ्ने बताए । हाल विदेशी मुद्राको संचितिमा पनि बृद्धि भएको बताउँदै महतले पर्यटकको आवागमनसंगै गाडीहरुको खरिदबिक्री पनि बढ्ने बताए । संवोधनको क्रममा अर्थमन्त्री महतले नेपालमा गाडीहरुको… पुरा पढौ