आर्थिक 📈

प्रि ओपन सेसन: नेप्सेमा करिब १ अंकको वृद्धि

काठमाडौं, ११ पुस । साताको पहिलो कारोबार दिन आज सोमबार (आइतबार सार्वजनिक बिदा परेकोले) को प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ०.०१ अंक घटेर १८६७.२१ विन्दुमा बन्द भएको नेप्से आजमो यो सेसनमा २.८२ अंक बढेर १८६४.४० विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.३१ अंकको गिरावट आएको छ । आज सोमबारको प्रि-ओपन सेसनमा २९ वटा स्टकको ३४ लाख ९७ हजार ३९७ रुपैयाँ बराबरको ५ हजार २८० कित्ता… पुरा पढौ

प्राधिकरणद्वारा २ करोड पोल भाडा तिर्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह

चितवन, ११ पुस  । जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् । विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोलभाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ । अहिलेसम्म कुनै कम्पनी नआएको उनले बताए। उनले भने, “पोल भाडा सम्झौताका लागि अहिलेसम्म एउटा कम्पनी पनि आएको छैन ।”… पुरा पढौ

सोमबार सुन र चाँदीको भाउ स्थिर

काठमाडौं, ११ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुनको भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहि तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको रुपैयाँ १… पुरा पढौ

आँधिखोला लघुवित्तद्वारा ३० प्रतिशत बाेनस सेयर दिने घाेषणा

काठमाडौं, ११ पुस । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएकाे छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको हाे। लघुवित्त सञ्चालक समितिकाे शुक्रबार बसेको बैठकले संस्थाका सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेकाे छ । साथै त्यसकाे कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांशसहित ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिकाे साे प्रस्तावलाई नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई… पुरा पढौ

पोखरा-इतिहासमै पहिलोपटक सौर्य एयरलाइन्सले ल्यायो जेट

पोखरा, १० पुस । पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ । विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडा–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका… पुरा पढौ

पुस १५ देखि दर्ता नभएका मोबाइल साच्चै नचल्ने हो त ?

काठमाडौं, १० पुस । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस पूर्णरुपले लागू हुने जनाएको छ । प्राधिकरणले मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न एमडिएमएस एक हप्ता भित्र पूर्ण रुपमा कार्यान्व्यन हुने घोषणा गरेको हो । केही वर्षअघि देखि नै चर्चामा रहेर पटक पटक कार्यान्वयनको मिति पर सार्दै आएको प्राधिरकणले यस अघि सफ्ट लञ्च गर्दै गत भदौ अन्तिमबाट लागू गर्ने सूचना जारी गरेको थियो । तर यसको औपचारिक कार्यान्वयन भने हुन सकेको थिएन । यसै सन्दर्भमा प्राधिकरणले… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं, १० पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा केही बढोत्तरी भएको छ । यस्तै चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा पघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा २ सय रुपैयाँले वृद्धि भएको छ । यसैगरी चाँदीको मूल्य शुक्रबारकै यथावत रहेको छ । आज छापावाल सुनमा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख… पुरा पढौ

मन्त्री, सांसदले स्वार्थ बाझिने नीति निर्माणमा बस्दिनँ भन्नुपर्छ : डा. खतिवडा

पाेखरा, ९ पुस । नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको एउटा सत्र रह्यो-भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र । यस सत्रमा डा. युवराज खतिवडा, डा. स्वर्णिम वाग्ले, डा. विमला राई पौडेलसँग निरञ्जन श्रेष्ठले संवाद गरे । उनीहरुको भनाइलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । हामीले हाम्रा सबै विकासका प्रक्रियामा चुक्यौँ, नराम्रोसँग फसेका छौँ । जहिले पनि अतिवादको कुरा गर्नु हुँदैन । अति राम्रो पनि होइन, अति हामी संकटमै छौँ भन्ने पनि होइन । हामी जटिल समस्याको अवस्थामा छौँ ती समस्या हल गर्न सक्ने… पुरा पढौ

लगानीअनुसारको प्रतिफल नपाएको पेट्रोलियम व्यवसायीको गुनासो

भैरहवा, ९ पुस । पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ । पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरुका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हिमाल गैरेले रुपन्देहीको भैरहवामा आज आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स सङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरे पनि यस क्षेत्रमा नगरेको बताए।… पुरा पढौ

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश घोषणा

काठमाडौं, ९ पुस। दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठकले याे निर्णय गरेकाे हाे। ती बैंकहरूका सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने जनाएका छन् । वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक साधारणसभा गर्ने जारी सूचनामा उल्लेख छ । वाणिज्य बैंकले गत… पुरा पढौ