आर्थिक 📈

एमजी कमेट ईभी खरिदमा नयाँ अफर: अब दैनिक ५२० रुपैयाँको ईएमआईमै घर लैजान सकिने

काठमाडौं, २६ असार । नेपालका लागि एमजी (मो्रिस ग्यारेज) गाडीको आधिकारिक विक्रेता, गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी. ओ. अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट र स्मार्ट विद्युतीय कार एमजी कमेट ईभी (MG Comet EV) खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई (EMI) योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकले अब दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा एमजी कमेट ईभी आफ्नो बनाउन सक्नेछन् । यो खर्च दैनिक ट्याक्सी बुकिङ गर्ने वा व्यक्तिगत चालक (ड्राइभर) राख्ने… पुरा पढौ

माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

काँक्रेविहार (सुर्खेत), २६ असार। मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९… पुरा पढौ

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

म्याग्दी, २६ असार। धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ । कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ । जलविद्युत् आयोजनाले जथाभावी माटो र ‘मकिङ’ (सुरुङबाट निस्किएको गेगर) थुपारेका कारण म्याग्दी नदीले धार परिवर्तन गरेर बायाँतर्फ रहेको १८ रोपनी जग्गा पहिरो र कटानको… पुरा पढौ

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

भद्रपुर (झापा), २६ असार। वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल हुनुभएको छ झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किनुभएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गर्नुभएको हो । सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र… पुरा पढौ

आर्थिक वर्षको अन्त्यमा ऋणपत्रतर्फ झुम्मिए लगानीकर्ता: नेप्से १९.६७ अंकले घट्दा साढे ४ अर्बकाे कारोबार

काठमाडौं, २५ असार । आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नेपाली धितोपत्र बजार (नेप्से) मा ऋणपत्र (डिबेञ्चर) को कारोबारमा उल्लेख्य वृद्धि भएको छ। पछिल्ला केही कारोबार दिनदेखि सर्वाधिक खरिदबिक्री हुने स्टकहरूको सूचीमा ऋणपत्रहरू शीर्ष स्थानमा रहँदै आएका छन् र यो क्रम आज पनि जारी रह्यो। बजार घट्दो क्रममा रहेको समयमा बैंक निक्षेप वा समग्र बजारको तुलनामा ऋणपत्रबाट सुरक्षित र बढी प्रतिफल पाइने हुनाले लगानीकर्ताहरू यसतर्फ आकर्षित भएका हुन्। साथै, आर्थिक वर्षको अन्त्यसँगै ऋणपत्रहरूले ब्याज रकम भुक्तानी गर्ने भएकाले पनि पछिल्ला दिनहरूमा… पुरा पढौ

वैदेशिक रोजगारीको विकल्प बन्दै भूमिकाको चिया उद्योग: गाउँमै १३ जनालाई रोजगारी, वार्षिक ७ लाख बचत

इलाम, २५ असार । पछिल्लो समय इलामको चिया प्रशोधन उद्योगमा भूमिका थापा एउटा स्थापित नाम बनेकी छन् । डेढ दशकअघि वैदेशिक रोजगारीको सपना बोकेर इजरायल जान भाषाको दक्षतासमेत हासिल गरेकी थापालाई विभिन्न कारणले त्यसतर्फ जान अनुकूल भएन । विदेश गएर परिवारको आर्थिक अवस्था सुधार्ने उनको सपना भाषा परीक्षामै सीमित रह्यो । तर, परीक्षा पास गरेको डेढ वर्षसम्म पर्खंदा पनि इजरायल जाने अवसर नपाएपछि उनी निराश भइनन्, बरु आफ्नै गाउँ फर्किएर चिया उद्योग सुरु गर्ने जग बसालिनन् । थापाले विसं २०७१… पुरा पढौ

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित छ’-महासंघ

काठमाडौं, २५ असार । मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको धारणा छ । सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात् गरेकोमा महासंघले स्वागत गरेको छ ।  निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन मौद्रिक नीतिले अवलम्बन गरेको लचिलो कार्यदिशा उपयुक्त रहेको महासंघका… पुरा पढौ

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

गोरखा, २४ असार। गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उहाँले भन्नुभयो, ‘‘यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन् ।” विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताउनुभयो । नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित… पुरा पढौ

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर (नवलपरासी), २५ असार। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ । पालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा अन्य पेय पदार्थलाई निरुत्साहित गर्दै महीलाई प्रवर्द्धन गरिएको पालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बजारमा पाइने पेय पदार्थलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको रुपमा रहेको महीलाई प्रवद्र्धन गरिएको बताउनुभयो । “हामीले पालिकाको हरेक कार्यक्रममा सहभागीलाई महीले स्वागत गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक कार्यक्रममा केमिकलयुक्त पेय पदार्थको साटो मही प्रयोग गर्दा स्थानीय किसानलाई… पुरा पढौ

वित्तीय ज्ञानपछि महिला आयआर्जनमा

टीकापुर, २५ असार। वित्तीय बचतबारे ज्ञान सिकेपछि कैलालीका महिला आयआर्जनमा जोडिएका छन् । आम्दानी र खर्चको लेखाजोखा गर्ने र फजुल खर्च घटाउने ज्ञान सिकेपछि परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेका महिला श्रीमान्को कमाइ बचत गर्ने र आफू पनि स्वरोजगार बन्न थालेका हुन् । टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीमा रहेका परिवारका महिलालाई वित्तिय साक्षरता कक्षा दिएपछि उनीहरुले रकमको महत्व बुझेर आयआर्जनमा लागेका छन् । ‘स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सीप सिकेर मात्र जाऔँ’ भन्ने नाराका साथ… पुरा पढौ