आर्थिक 📈

तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट उपलब्ध

दमौली (तनहुँ), २५ असार। तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु छ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो । ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनामा हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज… पुरा पढौ

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक, २५ । असार बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ । कुल दुई दशमलव चार मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए । यस्तै, रोशी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पु¥याएको छ । विपद्का कारण रु सात करोड बराबरको क्षति भएको जनाइएको छ ।… पुरा पढौ

२२ मेगावाट सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की, २५ असार। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवद्र्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु… पुरा पढौ

पोखरामा ३ दिने मैनबत्ती बनाउने तालिम सम्पन्न

पोखरा, २४ असार । "सिप सिकौँ, आत्मनिर्भर बनौँ" भन्ने मूल नाराका साथ पोखराकाे विराैटामा रहेकाे घले हस्तकला उद्याेग तथा प्रशिक्षण केन्द्रमा सञ्चालित ३ दिने मैनबत्ती बनाउने तालिम बुधबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। पोखरा महानगरपालिका १७ नं. वडा कार्यालय र कास्की पोखरा हस्तकला संघ, पोखराको संयुक्त आयोजनामा असार २२ गतेदेखि सुरु भएको उक्त तालिम बुधबार समापन भएको हो। कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ की वडा अध्यक्ष राधिका… पुरा पढौ

नेप्से ३०.०९ अङ्कले घट्यो, चार अर्ब ८२ करोडकाे काराेबार

काठमाडौं, २४ असार। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२… पुरा पढौ

सुन तोलामा रु ९०० र चाँदी रु ५५ घट्यो

काठमाडौं, २४ असार। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार १०० तथा त्यति नै परिमाणको सेतो धातु (चाँदी)को मूल्य रु चार हजार ५०० कायम भएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५५५ प्रतितोला भएको थियो । पुरा पढौ

चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौं, २४ असार। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जनालाई कारबाही गरिएको छ । त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३९, निषेधित क्षेत्रमा हर्न बजाउने १२४, सडक पुथपाथ पार्किङमा ८५, एकतर्फीमा ५९ र अन्य सवारी नियम पालना नगरेका… पुरा पढौ

आइपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना वित्तीय संकटमा, इप्पानद्वारा सेबोनको ध्यानाकर्षण

काठमाडौं, २४ असार। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् कम्पनीहरूको सेयर निष्काशनमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाएको छ । आइपीओ र हकप्रद सेयर स्वीकृति प्रक्रिया रोकिँदा निर्माणाधीन आयोजनाहरू गम्भीर वित्तीय संकटमा परेको भन्दै इप्पानले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष विस्तृत सुझावसहितको मागपत्र बुझाएको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सेबोनका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा २०८० सालदेखि जलविद्युत् कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) तथा हकप्रद सेयर स्वीकृतिमा देखिएको ढिलाइले ऊर्जा क्षेत्र मात्र नभई समग्र पुँजी बजारमै नकारात्मक असर… पुरा पढौ

धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

फिक्कल (इलाम), २४ असार। इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाउनुभएको छ । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गर्नुभएका उहाँले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गर्नुभएको हो । अलैँची बेचेर उहाँले वार्षिक लाखौँ आम्दानी गर्दै आउनुभएको छ । यस वर्ष मात्र उहाँले अलैँची बेचेर रु १७ लाख हात पार्नुभयो । प्रतिमन (४० किलो) रु एक लाखका दरले अलैँची बेच्नुभएको उहाँले बताउनुभयो । “यो वर्ष अलैँचीको उत्पादन राम्रै थियो । भाउ पनि राम्रो पाइयो”, उहाँले… पुरा पढौ

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

हेटौँडा, २४ असार। केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो । दिनभर काम गरे पनि आफ्नो नाममा आम्दानी भने थिएन । परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानी भर पर्नुपथ्र्यो । एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उहाँलाई सधैँ चिन्तित बनाइरहन्थ्यो । “आफ्नो कमाईको एक रुपैयाँ पनि थिएन,” श्रिया विगत सम्झँदै भन्नुहुन्छ, “भविष्यको चिन्ता त धेरै थियो, तर… पुरा पढौ