हेटौँडा (मकवानपुर), २८ असार। हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन । अहिले अवस्था फेरिएको छ । त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उहाँकै सहयोग खोज्छ । सामान्यतया कामकाजी भन्नेबित्तिकै सफा पोशाक, सुविधासम्पन्न कार्यालय, कम्प्युटर, फाइल र मासिक तलबको कल्पना गरिन्छ । तर विष्णुकुमारीको कार्यस्थल भने काठको धुलोले भरिएको कार्यशाला हो । बिहान घरधन्दा सकेपछि उहाँ काठका मुडा, फल्याक र अन्य सामग्रीमा सुन्दर बुट्टा कुँद्न थाल्नुहुन्छ । बिहान…
पुरा पढौ