आर्थिक 📈

व्यावसायिक खेतीमा आकर्षण बढ्दै, प्रवर्धन गर्न किसान कार्ड

सुर्खेत, ५ पुस । निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै गएको हो ।… पुरा पढौ

प्रि ओपन सेसन: नेप्से करिब १ अंकले बढ्यो

काठमाडौं, ५ पुस । आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार ३.८३ अंक बढेर १८५८.८९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा ०.८२ अंक बढेर १८५९.७२ विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२७ अंकले बढेको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा ६ वटा स्टकको १ लाख ५५ हजार ७३९ रुपैयाँ बराबरको ३१० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ… पुरा पढौ

नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन

काठमाडौं, ५ पुस । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो । कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको राससलाई जानकारी दिए । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुन अनुसार कारबाही गर्नेछ । नौ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले निरीक्षक र… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ

काठमाडौं, ५ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा सेतो धातु चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको रुपैयाँ १ लाख ४ सय तोकेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ५ सयमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन रुपैयाँ १ सयले गिरावट भई तोलाको ९९… पुरा पढौ

कक्षा ११ का विद्यार्थीले गरे च्याउखेतीबाट आम्दानी

कटारी, ५ पुस । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउखेती गरेका हुन् । “किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौँ”, छात्र विवश लामिछानेले भने, “भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ नि ।” २२ विद्यार्थीले रु ८० हजारको लागतमा सुरु गरेको… पुरा पढौ

काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान

मध्यविन्दु, ५ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ । व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएको ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन् । रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेकी उनले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताइन। “एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले… पुरा पढौ

आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून, आयकर र भ्याट असुली प्रभावित

काठमाडौं, ५ पौष । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिना अवधिमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार मङ्सिर मसान्तसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा १३ दशमलव ६३ प्रतिशत विन्दुले कम हो । विभागले मङ्सिर मसान्तसम्ममा रु एक खर्ब ७४ अर्ब ३७ करोड ५४ लाख ७८ हजार बराबर आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिसम्ममा रु एक खर्ब ५० अर्ब ६० करोड १८ लाख ८० हजार बराबर मात्रै उठेको छ… पुरा पढौ

उकालो लाग्यो सेयर बजार, साढे ८८ करोडको कारोबार

काठमाडौं, ४ पुष । १ हप्तादेखि नकारात्मक लयमा गईरहेको सेयरबजार आज भने सकारात्मक लयमा फर्किएको छ । ओरालोको यात्रामा गएको नेपाली सेयर बजार सोमबार सकारात्मक लयमा फर्किएपछि लगानीकर्ताको मनोबल बढेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । ४ उपसमूहमा रातो लागेको छ । बाँकी ९ वटामा भने हरियो लागेको छ । कारोबार रकममा भने उल्लेखनीय सुधार हुन सकेन । यसदिन कारोबार भने १ अर्ब नाघ्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

किन रोकियो भारत तर्फको बिजुली निर्यात ?

काठमाडौं, ४ पुस । नेपाल विद्युत् प्राधिकरणले भारत तर्फको बिजुली निर्यातलाइ राेकेकाे छ । नदीमा जलसतह लगातार घटेपछि प्राधिकरणले भारततर्फको बिजुली निर्यात रोकेको हाे । स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन । प्राधिकरणले यसवर्ष कुल ११ अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । गत जेठ १९ गतेदेखि भारत निर्यात सुरु गरेको प्राधिकरणले गत मङ्सिर अन्तिम सातासम्म निर्यात गरेको थियो । सुरुमा ३९ मेगावाटबाट निर्यात… पुरा पढौ

साढे १७ अर्बकाे ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौं, ४ पौष । नेपाल राष्ट्र बैंकले ३ वटा अलग-अलग ट्रेजरी बिल जारी गर्न लागेकाे छ । बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हाे । यसमा ९१ दिनका लागि, १८२ दिन र १ वर्षका लागि जारी गर्न लागिएकाे हाे । पुस ५ गते जारी गरिने ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल गर्न लागिएकाे छ । बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बील जारी गर्न लागेको छ। यो बिल… पुरा पढौ