आर्थिक 📈

सुनचाँदीको भाउ स्थिर

काठमाडौं, ४ पुस । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै उतारचढाव आएको छैन । छापावाल सुन र चाँदी दुवैको भाउ आइतबारकै सरह कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो आइतबार पनि छापावाल सुन तोलाको १ लाख ५ सय रुपैयाँमै करोबार भएको थियो । तेजाबी सुनमा पनि आज कुनै घटबढ भएको छैन । आइतबार तोलाको १ लाख… पुरा पढौ

निर्यातमा पाईने अनुदान भुक्तानीकाे समय सिमा बढ्याे

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले १५ दिन बनाइएको हो । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको परिपत्र २०७८ मा संशोधन गर्दै यसबारे जानकारी गराएको हो । गत असोजमा सरकारले निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७५… पुरा पढौ

सेयर बजार राताम्मै, १ अर्ब १५ करोडको कारोबार

काठमाडौं, ३ पुस । साताको सेयर कारोबारकाे पहिलो दिन आईतबार नेपाली सेयरले ओरालोको यात्रालाई नै निरन्तरता दिएको छ । गत शुक्रबार १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेको नेप्से परिसूचक यसदिन २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेको छ । नेप्सेमा १.४६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले घटेर ३६२.८२ विन्दुमा रहेको छ । यसदिन नेप्सेका कुल २५० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १५ करोड ७१ लाख ५५ हजार… पुरा पढौ

प्रि-ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

काठमाडौं, ३ पुस । साताको पहिलो कारोबार हुने दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा १ अंकको बढोत्तरी भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४.४८८ अंक घटेर १८८२.६० विन्दुमा बन्द भएको नेप्से, आजको यो सो सेसनमा १.०४ अंक बढेर १८८३.६५ विन्दुमा पुगेको छ । सोही सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.३१ अंकले वृद्धि भएको छ । आज आइतबारको प्रि-ओपन सेसनमा १७ वटा स्टकको ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको १ हजार ६६५ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ

बढ्यो सुन र चाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, ३ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुनमा पनि यसदिन रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख रुपैयाँमा… पुरा पढौ

ऊर्जामा लगानी जुटाउन ५ अर्बकाे ऋणपत्र बिक्री गर्दै निफ्रा

काठमाडौं, ३ पुष । नेपाल पूर्वाधार बैंक (निफ्रा)ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । ७ वर्षे अवधिका लागि वार्षिक ७ प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो । बैंकले प्रतिऋणपत्र १ हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३० लाख कित्ता ऋणपत्रले हुन आउने ३ अर्ब बराबरको ऋण पूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । साथै बाँकी ४० प्रतिशत अर्थात २० लाख… पुरा पढौ

१ अर्ब माथिको लगानीमा हिमालयन हस्पिटालिटी होटल बन्ने

काठमाडौं,३ पुष । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल १ अर्ब ३५ करोड लागतमा निर्माण हुने उक्त होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ । होटलमा कोठाका अतिरिक्त रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा २ सय शय्या हुनेछन् । जसमा ८ वटा स्वीट रुम हुनेछन् । बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको… पुरा पढौ

चिया बेचेर मासिक ९० हजार कमाउदै विपना

रेसुङ्गा, ३ पुस । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाउँदै आएकी छन्। बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक २ सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य २५ भए पनि विपनाले एक कप चिया २०… पुरा पढौ

पोषणयुक्त अण्डाकाे किन बढेन उपभोग ?

काठमाडौं, २ पाैष । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । तर यसप्रति चासाे बढिरहेकाे पाइदैन । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भने, “गेँडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।” अण्डाको प्रोटिन आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको… पुरा पढौ

सुकुटे क्षेत्रलाई पर्यटकीय ‘हव’ बनाउन नगरपालिकाको पहल

सिन्धुपाल्चोक, २ पुस । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो समय लोकप्रिय सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले पहल थालेको छ । सुकुटे क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन चौतारा साँगाचोकगढी नगरपालिकाले शुक्रबार सुकुटेमा सरोकारवाला निकायसँग अन्तक्र्रिया गरेको छ । राजधानीबाट नजिकको दूरीमा रहेको सुकुटेलाई व्यवस्थित बनाउँदै अझै पर्यटकको आकर्षण बढाउने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिकाले चासो दिएको हो । कार्यक्रममा नवनिर्वाचित सांसद माधव सापकोटाले सुकुटे क्षेत्रलाई व्यवस्थितसँगै पर्यटकको चाहनाअनुसार सुविधासहितको पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। बागमती प्रदेशसभा सदस्य सरल सहयात्री… पुरा पढौ