काठमाडौं, १ मंसिर । नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीले बजारको माग धान्न नसकेको बताएका छन् । विश्व बजारमा नेपाली हस्तकलाको राम्रो माग रहेकाले यहाँ उत्पादित वार्षिक १२ अर्बका हस्तकलाका सामग्री निर्यात हुने गरेकाे बताइएकाे छ । अहिले नेपाली बजारमासमेत यस्ता सामग्रीको माग बढ्दै गएकाे छ । अध्यक्ष शाक्यका अनुसार, “हातले बनाएका सामग्रीमध्ये फेल्कबाट उत्पादित सामग्री मात्र वार्षिक रु पाँच अर्बभन्दा माथिको कारोबार हुने गरेको छ । त्यसैगरी पश्मिना, हातेकागज, काष्ठकलालगायत सामग्रीको व्यापार पनि बढी हुने…
पुरा पढौ