आर्थिक 📈

अचार बिक्रीबाट वासुकलाकाे आम्दानी मनग्य

म्याङ्लुङ, २५ मङ्सिर । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो । जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ… पुरा पढौ

आठौं संस्करणको खिचरा महोत्सव पुस २९ गतेदेखि माघ ९ गतेसम्म हुने

भरतपुर, २५ मङ्सिर । चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यसवर्ष आकर्षणहरु थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक भेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको… पुरा पढौ

नेपालमा किन सुस्तायाे चीनकाे बिआरआई परियोजना ?

पोखरा, २४ मंसिर । एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले चीनकाे बेल्ट एण्ड रोड ईनिसिएटिव (बिआरआइ) नेपालमा किन लागू हुन सकेन भनेर परियोजनामा हस्ताक्षर भएदेखिका सरकार प्रमुखहरुसंग जवाफ माग्नुपर्ने बताएकी छन् । सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेड्रालिज्मले शनिबार पोखरामा आयोजना गरेको “नेपालमा चीनको सहभागिता र बिआरआई विषयक छलफल कार्यक्रममा बोल्दै सांसद भट्टराईले बिआआरआई परियोजनाका बारेमा किन केपि शर्मा ओली वा अघि पछिका सरकारको नेतृत्व गर्नेहरुसंग प्रश्न नगरिएको हो भन्ने बारेमा बुझ्न नसकिएको बताईन्। सांसद भट्टराईले नेपालको राजनीति नीति निर्माणको… पुरा पढौ

सहकारीको बचत लिएर विदेश हिँड्ने सञ्चालक, कर्मचारीलाई कानूनी दायरामा ल्याइने

चरिकोट (दोलखा), २४ मङ्सिर । सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष काशीराज दाहालले बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएरसमेत बचत फिर्ता गर्ने गरी काम थालिएको जानकारी दिए। स्वदेशमै लुकेर बसेका समस्याग्रस्त… पुरा पढौ

सार्वजनिक सम्पत्ति संरक्षण : नगरपालिकाले छुट्यायो ४० लाख

कीर्तिपुर, २४ मङ्सिर । कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर काम सुरु गरिसकिएको छ । गत वैशाखमा निर्वाचित भएर नगरपालिकाको कार्यभार सम्हालेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रवक्ता एवं उपप्रमुख शुभलक्ष्मी शाक्यले नगरभित्रका सार्वजनिक जग्गा पाटी, चोक र वन क्षेत्रमा अतिक्रमण बढदै गएको गुनासो बारम्बार आउन थालेपछि बजेट विनियोजन नै गरी सार्वजनिक सम्पत्ति सुरक्षणमा लागिएको जानकारी दिइन। “अहिलेको… पुरा पढौ

भ्रष्टाचार नियन्त्रणमा सरकारी-गैरसरकारी क्षेत्रको समन्वय जरुरी: अख्तियार प्रमुख राई

काठमाडौं, २३ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धका राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा तथा कार्यान्वयन मूल्याङ्कनमा सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुनु पर्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक समुदाय सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने… पुरा पढौ

सुनको भाउ तोलाको १ लाख माथि, चाँदीको पनि बढ्यो

काठमाडौं, २३ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख माथि पुगेको छ । चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको रुपैया १ हजार ४ सय नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ… पुरा पढौ

मेगा बैंक नेपालकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, २३ मंसिर । मेगा बैंक नेपालकाे सेयरमूल्य आज नेपाल स्टक एक्सचेन्जमा समायाेजन भएकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि बैंककाे सेयरमूल्य नेप्सेमा समायोजन भएर नयाँ मूल्य कायम गरिएकाे छ । बैंकको ४ प्रतिशत बोनस सेयर समायोजन भएकाे हो। सेयरमूल्य समायोजन भएपछि बैंकको सेयरमूल्य प्रतिकित्ता २०४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएकाे छ। बैंकको अघिल्लो कारोबारको अन्तिम मूल्यकाे आधारमा नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरेको हो। बैंकको अघिल्लो कारोबार प्रतिकित्ता २१२ रुपैयाँ ८० पैसामा भएको थियो।… पुरा पढौ

ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारण सभाले मर्ज र लाभांशकाे प्रस्ताव पारित गर्दै

काठमाडौं, २३ मंसिर । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू मर्ज हुने भएपछि दुवै बैंकले आज साधारण सभा आयाेजना गरेका छन् । ग्लोबल आइएमई बैंकको साधारण सभा काठमाडौं गैह्रीधारामा रहेकाे सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टरमा पूर्वान्ह १० बजेदेखि हुँदैछ । बैंक अफ काठमान्डूको साधारण सभा त्रिभुवन आर्मि अफिसर्स क्लबमा पूर्वान्ह १० बजेदेखि हुँदैछ । दुबै बैंकका साधारण सभाले १ः१ अनुपात रहेकाे मर्जर प्रयोजनको स्वाप रेसियो प्रस्तावलाई अनुमाेदन गर्ने भएकाे छ । दुबै बैंक मर्ज भएपछि बैंकको नाम ग्लोबल… पुरा पढौ

माया खोला हाइड्रोपावरकाे आईपीओमा अनलाइनमार्फत आवेदन दिन सकिने

काठमाडौं, २३ मंसिर । माया खोला हाइड्रोपावर कम्पनीले आजबाट सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनता तथा श्रम स्वीकृती लिएर वैदेशिक रोजगार गएकाहरुकाे लागि सेयर जारी गरेकाे हाे । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याएकाे छ । यस्तै देशिक रोजगारमा गएका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता सेयर निष्काशन गरेकाे हो। कम्पनीले आयाेजनाबाट धेरै प्रभावित मानिएका संखुवासभाकाे चैनपुर नगरपालिकाका वडा नम्बर ८ र ९, धर्मदेवी… पुरा पढौ