आर्थिक 📈

बाराही हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २६ मंसिर । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेबाट बिमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि ल्याएकाे २ लाख ५० हजार कित्ता सेयरमध्य बिक्री हुन बाँकी रहेकाे १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि ४ लाख ५० हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । कम्पनीले २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । ११ हजार… पुरा पढौ

गण्डकीका सहकारीलाई लक्षित कोपोमिस र सम्पत्ति शुद्धिकरण तालिम शुरु

पोखरा, २६ मंसिर । गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबारदेखि पोखरामा शुरु भएको छ । नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्था संगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गतेसम्म पोखरामा सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली… पुरा पढौ

गुल्मीको कफी जापान र फ्रान्स निर्यात

गुल्मी, २५ मंसिर । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ… पुरा पढौ

पहिलो दिनमै नेप्से राताम्मै, कारोबारमा शिवम् सिमेन्ट अब्बल

काठमाडौं, २५ मंसिर । निर्वाचन आएसंगसंगै बजार चलायमान हुने र त्यसको प्रभाव सेयर बजारमा देखिने अपेक्षा गरेको भएपनि अझैं पनि पर्ख हेरको अवश्थामा रहेको छ । निर्वाचन परिणाम पनि आईसकेकोले अब नयाँ सरकार बनाउने कसरत शुरु हुनेछ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार राताम्मै भएको छ । लगानीकर्ताहरु यहीबीचमा मौद्रिक नीतिको पहिलो समिक्षाको प्रतिक्षा गरेर बसे पनि मौद्रिक नीति सार्वजनिक भईसकेको र अर्थतन्त्रमा सुधारको संकेt देखिन थालेको अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएपछि सकारात्मक… पुरा पढौ

राष्ट्र बैंकले माघ १ देखि सम्पत्ति शुद्धीकरण निवारण महाशाखा सञ्चालनमा ल्याउँदै

काठमाडौं, २५ मंसिर । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको जनाएकाे छ । बैंकले माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी बैंकभित्र अलग्गै विशिष्टि सुपरीवेक्षकीय संरचनाकाे रुपमा छुट्टै सम्पत्ति शुद्धीकरण निवारण (Money Laundering Prevention Supervision Division) महाशाखा स्थापना गरिने जनाएको छ । राष्ट्र बैंकका अनुसार अब बनाइने साे महाशाखाले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणका कामहरु गर्ने भएकाे छ । राष्ट्र बैंकले प्रकाशित गरेकाे सूचना AMLDownload पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से १ अंकले घट्यो

काठमाडौ, २५ मंसिर । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात अघिल्लो साताको अन्तिम कारोबार दिन १६.६१ अंक घटेर १९१७.२८ विन्दुमा बन्द भएको नेप्से, आजको प्रि-ओपन सेसनमा १.२४ अंक घटेर १९१६.०४ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ । आजको प्रि ओपन सेसनमा १४ वटा स्टकको ३ लाख ८० हजार ७३५ रुपैयाँ बराबरको ८९६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ७ वटा… पुरा पढौ

अमलेखगञ्जमा पेट्रोल भण्डारण ट्याङ्की निर्माण गर्दै आयल निगम

अमलेखगञ्ज, २५ मंसिर । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा थप पेट्रोल भण्डारण ट्याङ्की बनाउने भएको छ । गत २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजल ल्याउन सुरु गरेको निगमसँग पेट्रोल भण्डारणका लागि छुट्टै ट्याङ्की नभएका कारण थप गर्न लागिएको हो । एउटै पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याउन मिल्ने भए पनिभण्डारणका लागि छुट्टै ट्याङ्की नहुँदा पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउन समस्या हुँदै आएको छ । अमलेखगञ्ज डिपोमा पेट्रोल र मट्टितेलका लागि… पुरा पढौ

सुन र चाँदीको भाउ बढ्दै, कति पर्छ तोलाको ?

काठमाडौं, २५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साताको अन्तिम कारोबार भएको दिन शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख ३ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो । तेजाबी सुनमा पनि… पुरा पढौ

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले डाक्याे साधारण सभा

काठमाडौं, २५ मंसिर । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि पुस २० गते १०औं साधारण सभा डाकेकाे छ। कम्पनीले साधारण सभा काठमाडौं थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा डाकेकाे हाे । सभा अनलाइनबाट पूर्वान्ह ११ बजे शुरु हुनेछ। साधारण सभामा चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० रुपैयाँ बराबरकाे ५.२६ प्रतिशतका दरले हुने ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने संचालक समितिको अनुमाेदन हुनेछ । यस्तै विभिन्न… पुरा पढौ

दाङमा किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

तुलसीपुर, २५ मङ्सिर । दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो । सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई… पुरा पढौ