आर्थिक 📈

२.५७ अंकले घट्याे नेप्से, कारोबार करिब ७८ करोडमा सीमित

काठमाडौं, २७ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयरबजारमा पुनः गिरावट देखिएको छ । अघिल्लो दिन सकारात्मक लयमा देखिएको नेप्सेमा दोश्रो दिनमै दोहोरो अंकको गिरावट भएको हाे । वाणिज्य बैंकहरुले पुसमा ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको भएपनि बजारमा त्यसको प्रभाव परेको देखिएन । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेको छ । सोमबार ब्याज घट्ने आकलन भएपनि सो अनुसार नभएपछि नेप्से पुनः ओरालो लागेको छ । नेपाल स्टक… पुरा पढौ

सुनको भाउ १ लाख पुग्यो, चाँदीको स्थिर

काठमाडौं, २७ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । संयोगले सुनको भाउ घटेर ताेलाको ठ्याक्कै १ लाख कायम भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले घटेको छ । सेतो धातु चाँदीको भाउमा भने कुनै फेरबदल भएको छैन । मंगलबार छापावाल सुनको भाउमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल… पुरा पढौ

एशियन हाइड्रोकाे आईपीओ आवेदन आजबाट

काठमाडौं, २७ मंसिर। एशियन हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर निष्काशन गरिएकाे हाे । कम्पनीले ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी गरेकाे छ । यस्तै इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ र सूर्योदय नगरपालिका वडा नं. ११ का जनताका लागि १ लाख ३६ हजार कित्ता रहेकाे छ… पुरा पढौ

स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाख संकलन

म्याग्दी, २७ मङ्सिर । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ । यसका लागि यही मङ्सिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले आम्दानी विवरण सार्वजनिक गरेका छन् । “रु ३५ लाख ५९ हजार छ सय सहयोग घोषणा भएको छ”, उनले भने, “घोषणा भएको मध्ये रु ३१ लाख नगद प्राप्त भइसक्यो ।” ४४ मुरी धान र छ मुरी… पुरा पढौ

जसले धेरै कर तिर्यो, उसैले पाउँदैछन विद्युतीय चुलो

प्युठान, २६ मङ्सिर । १० वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ । प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम रु पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए। उनले भने, “गत आवमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब… पुरा पढौ

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने

नवलपरासी, २६ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो । मेलामा दुई सय कक्ष रहने र ३ करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । करिब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको मेलाको आवश्यक तयारी तीव्ररुपमा भइरहेको उनको भनाइ छ । “यसवर्ष मेलामा विशेष आकर्षणका रुपमा… पुरा पढौ

ब्याजदर घट्ने अपेक्षासँगै नेप्से १९०२.२८ विन्दुमा उक्लियो

काठमाडौं, २६ मंसिर । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सुधार देखिएको छ । वाणिज्य बैंकहरुले आगामी पुस महिनादेखि निक्षेपमा ब्याजदर घटाउने आकलन सेयर बजारमा गर्न थालिएपछि त्यसको सकारात्मक प्रभाव परेको छ । निर्वाचनका प्रक्रियाहरु सकिएर अब दलहरु सरकार गठनको आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । लगानीकर्ताहरु नयाँ बन्ने सरकार र नियुक्त हुने नयाँ अर्थमन्त्रीको कार्यशैली बजारमा सकारात्मक तरङ्ग पैदा गर्ने खालको होस् भन्ने अपेक्षामा रहेका छन् । काम चलाउन सरकारका अर्थमन्त्री र राष्ट्र बैंक… पुरा पढौ

३ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २६ मङ्सिर । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताेला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १० ले… पुरा पढौ

नेपाली कच्चा पदार्थबाट नेपालमै टायल उत्पादन सुरु

चितवन, २६ मङ्सिर । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो । यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्योगका… पुरा पढौ

माउन्टेन इनर्जिको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २६ मंसिर । माउन्टेन इनर्जि नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको बाँकी रहेकाे छ। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २७ गते मंगलबार बुकक्लोज गरिने भएकाे छ । सेयर लगानीकर्ताले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायमा भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन याेग्य मानिनेछन् । माउन्टेन इनर्जि नेपालको साधारण सभा पुस ८ गते बाेलाइएकाे छ । सभाबाट गत आर्थिक… पुरा पढौ